फोर्स मोटर्सको दशैं योजना: ५ लाख डाउन पेमेन्टमै गाडी, ९ महिना सम्म किस्ता ब्याज तिर्न नपर्ने
काठमाडौं । फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टलले दशैं आर्शिवाद उपहार योजना ल्याएको छ । दशैं र तिहारको अवसरमा ग्राहकको सुविधालाई ध्यानमा राखि यो दशैं आर्शिवाद उपहार योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यो अफर अन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्राक्स क्र्र्रुजर जीप खरिदमा ९ महिना सम्म किस्ता र व्याज तिर्न नपर्ने, ९ लाख मात्र डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिने अथवा स्क्र्याच कुपन मार्फत २ लाख देखि १० लाख सम्म नगद मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिने योजना रहेको हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापाले बताए । यसै गरी ट्राक्स कार्गोकिङ पिक अपको खरिदमा ८ महिना सम्म किस्ता ब्याज तिर्न नपर्ने, ५ लाख ५० हजार मात्र डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिने अथवा स्क्र्याच कुपन मार्फत १ देखि ५ लाख सम्म पक्का नगद मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिनेछ । त्यस्तै २६ सिट क्षमता भएको ट्राभलर टि २ मिनीबसको खरिदमा ७ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने, १२ लाख मात्र डाउन पेमेन्टमा गाडि लिन सकिने अथवा स्क्र्याच कुपन मार्फत २ देखि ६ लाख सम्म पक्का मध्ये कुनै एक अफर रोजेर लिन सकिने सुबिधा रहेको छ । विगत ७ बर्ष देखि फोर्स मोटर्स लि. ले नेपालमा आफ्नो आधिकारीक आयातकर्ता÷विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.ली मार्फत आफ्ना गाडिहरुको विक्रि वितरण गर्दै आईरहेको छ । कम्पनीले सबै भन्दा धेरै सिट क्षमताको जिप (१४ सिट) र ३ बर्ष वा ३ लाख कि.मि. को इन्जिन वारेन्टि भएको मर्सिडिज बेन्ज इन्जिन जडित जिप तथा पिकअप, डेलिभरी भ्यान, बस लगायतका गाडिहरुको आयात तथा विक्रि वितरण गर्दै आएको हिमालय अर्गनाइजेशन र आयाम इन्टरकन्टिनेन्ट प्रा लि का अध्यक्ष ध्रुव थापाले जानकारी दिए । आयाम इन्टरकन्टिनेन्टलले काठमाण्डौंको गैह्रिधारा, पोखराको चाउथे, सुनसरीको इटहरी, मकवानपुरको हेटौडामा आफ्नै शोरुम संचालनमा ल्याएको छ । स्थानीय डिलरको रुपमा चितवनको भरतपुर,झापाको विर्तामोड, धनुषाको जनकपुरका डिलर मार्फत फोर्सको विभिन्न मोडेलका गाडिहरु विक्रि गरिरहेको छ । यि शोरुमहरुमामा विक्रि पछिका सेवाहरु सहितको सुविधा रहेको हिमालय अर्गनाइजेशनका महाप्रबन्धक मनोज इटनीले बताए ।
भेस्पा र अप्रिलियाको दशैं अफरः ५० हजार रुपैयाँसम्म छुट पाइने
काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको अधिकारिक बिक्रेता दुगर ब्रदर्स एंड सन्स प्रा लि ले बडा दशैँ तिहारलाई लक्षित गरि बडा दशैँ तिहार योजना सार्बजनिक गरेको छ । यस योजना अन्तर्गत भेस्पा र अप्रिला किन्न इच्छुक ग्राहकहरुले स्क्रयाच कार्ड मार्फत ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको नगद छुट पाउने छन् । साथै, शुन्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्नेछन् । साथै, भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कूटर कभर र किरिङ्ग को साथै १ आर्थिक वर्षको फ्री रोड ट्याक्स र १५० सीसी भेस्पाको खरिदमा १० हजार रुपैयाँबराबरको फ्री पेरिमीटर किट पनि उपलब्ध गराएको छ । ग्राहकको सुबिधालाई मध्येनजर गर्दै कम्पनीले अनलाइनबाट नै स्कूटर बुकिङ गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्री डेलिभरी समेत गराउने गरेको छ । कोभिड-१९ को यस महामारीले गर्दा नेपाली अर्थव्यवस्था तथा उपभोक्तामा ठुलो असर गरिरहेको अवस्थामा सुरक्षित यात्रा लाई प्राथमिकता दिदै उपभोक्तालाई खरिदमा सहज बनाउनको लागि यो योजना सार्बजनिक गरिएको यस दुगर ब्रदस एंड सन्स प्रा लि का उपादक्ष्य विजय महतो बताउँछन् ।
टिभीएस एनटर्क १२५ स्कुटर नेपालमा सर्वाधिक बिक्री
काठमाडौं । ‘नाडा अटो शो २०१८’ मा पहिलो पटक सार्वजनिक भएको टिभीएस एनटर्क १२५ छोटो समयमै नेपालमा सर्वाधिक सफल स्कुटरको रुपमा स्थापित भएको छ । जगदम्बा मोटर्सले आज भर्चुअल कार्यक्रम गर्दै टिभीएस एनटर्क १२५ नेपालमा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको जानकारी दिएको छ । उक्त भर्चुअल कार्यक्रममा टिभीएस एनटर्क १२५ का ब्राण्ड एम्बेसेडर अभिनेता प्रदीप खड्का र अभिनेत्री स्वस्तिमा खड्काको पनि उपस्थीति रहेको थियो । ग्राहकका इच्छा र चाहाना अनुरुप यसले प्रदर्शन गर्न सकेका कारण यसले छोटो समयमा नेपालमा सफलता प्राप्त गरेको छ । जगदम्बा मोटर्सले नेपालमा नै पहिलो स्मार्ट कनेक्ट सहितको पावरफुल स्कुटर भित्र्याएको थियो । हाल यो स्कुटर विभिन्न ३ भेरियन्टमा उपलब्ध रहेको छ । ड्रम ब्रेक, डिस्क ब्रेक र रेश एडिशन गरि तीन भेरियन्टमा रहेको यो स्कुटर महिला वर्गमा मात्र होइन युवा तथा जुनसुकै उमेर समुहका चालकलाई सुहाउँदो रहेको छ । भारतमा स्कुटर अफ दि इयर अवार्ड, अटो कार अर्वाड, वेष्ट कम्युटर टु ह्वीलर अवार्ड जस्ता विभिन्न अवार्ड जित्न सफल रहेको एनटर्क रेसिङ्ग डिएनएबाट प्रेरित रहेको छ । नेपालमा १२५ सीसी सेग्मेन्टमा सर्वाधिक सफल स्कुटर एनटर्क १२५ सीसी सेग्मेन्टका अन्य स्कुटरको तुलनामा धेरै फिचर, बढी पावर तथा आर्कषक आवरणका कारण चर्चामा रहँदै आएको छ । एनटर्क १२५ को सफलतामा जगदम्बा मोटर्सका भाइस प्रसिडेन्ट दिपक अग्रवाल भने, ‘सेग्मेन्टमै सर्वाधिक फिचर र टीभीएसको नयाँ डिजाइनले एनटर्क १२५ लाई सफल बनाएको हो । यसमा रहेका हरेक फिचर चालकलाई सहज बनाउन सहयोग गर्ने किसिमका छन् । यसको पावर र डिजाइनले जो कोहीलाई सहजै लोभ्याउने किसिमको छ ।’ यस सेग्मेन्टमा नै पहिलो स्मार्ट कनेक्ट फिचर दिएको छ, जसमा चालकलाई हेल्मेट वार्निङ, ब्लुटुथ कनेक्ट, कल अर्लट, एमएस अर्लट, जीपीएस, टन वाइ टर्न नेभिगेशन जस्ता कि फिचर रहेको छ । एनटर्कको सिग्नेचर हेड ल्याम्प र टेलिथ एयरक्राफ्ट डिजाइनको टेलल्याम्पले यसलाई स्पोर्टी मात्र बनाएको छैन सडकमा जो सुकैको ध्यान खिच्न सफल भएको छ । एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यो पावर फिगर अन्य प्रतिस्पर्धी १२५ सीसीको भन्दा केहि धेरै र १५० सीसीभन्दा केहि मात्र कम हो । यसको पावर तथा स्मार्ट कनेन्ट फिचरले एनटर्कलाई छोटो समयमा नेपालको नम्बर १ स्कुटर बन्न सफल भएको कम्पनीले जनाएकाे छ । यससंगै दशैं तिहारलाई लक्षित गर्दै कम्पनीले “टिभीएस दशैंको आशा” योजना पनि ल्याएको छ । ग्राहकहरुले टिभीएस मोटरसाइकलकाे खरिदमा ९ हजार रुपैयाँ नगद छुट पाउनेछन् भने स्कुटरको खरिदमा ७ हजार रूपैयाँ नगद छुट पाउँनेछन् । साथै ग्राहकहरुले शून्य प्रतिशत ब्याजमा फाईनान्सको सुविधा पनि पाउँन सक्नेछन् र एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत आरआर ३१० मोटरसाइकल पनि जित्न सक्नेछन् । यो योजना देशभरका टिभीएसको शोरुमहरुमा उपलब्ध हुनेछ ।