टिभिएसले एकैदिन सञ्चालनमा ल्यायाे १२ शोरुम, सङ्ख्या १३२ पुग्याे
काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारीक बितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो सेवा विस्तारका क्रममा एकैदिन १२ वटा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले नेपालीहरुको महान चाड बडादशैंको विशेष अवसरको समय पार्दै घटस्थापनाको साइतमा यी नयाँ शोरुम संचालनमा ल्याएको हो । कार्तिक १ गते घटस्थापनामा काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगंज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुमहरु थपिएका छन् । यी शोरुमहरु सहित अब देशभरमा टिभिएसका १३२ वटा शोरुम पुगेका छन् । ‘आजबाट टिभिएसको थ्रीएस (सेल्स, सर्भिस, स्पेर्स पार्टस) सहितका यी नयाँ शोरुम मार्फत नेपालको सबै स्थानमा टिभिएसको प्रोडक्ट पुगेको छ । नेपालमा हरेक वर्गलाई उपयुक्त हुने १०० सीसीदेखि ३०० सीसी माथिका मोटरसाइकल र स्कुटरहरुको साथले हामी अझै नेपाली ग्राहकहरुको जीवनको अभिन्न अंग बन्नेमा विश्वास लागेको छ । अब ‘एक घर एक टिभिएस‘ मात्र होइन ‘एक व्यक्ति एक टिभिएस’ बनाउने लक्ष्यका साथ हामीलाई अगाडि बढ्नमा यी नयाँ शोरुमहरुले अझ मद्दत पुर्याउने छ ।’, कम्पनीका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले बताए । अहिले टिभिएसले अपाचे सिरिज, स्टाइकर, रेडन लगायतका मोडल बिक्री गर्दै आएको छ भने एनटर्क, ज्यूपिटर र वीगो जस्ता स्कुटर विभिन्न भेरियन्टमा बिक्री गर्दै आएको छ ।
निशानको विद्युतीय गाडी ‘लिफ’ लन्च हुँदै, ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने
काठमाडौं । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित इभी ‘निशान लिफ‘ नेपालमा लन्च गर्ने घोषणा गरेको छ । विद्युतीय सवारीमा विद्यमान करलाई वृद्धि गरिए पश्चात सो गाडिको लन्च कार्यक्रम पुर्व निर्धारित समयमा हुन सकेको थिएन । तर नेपाल सरकारले विद्युतीय सवारीको करलाई पुर्नअवलोकन गर्ने व्यवस्था गरेकाले निशानको ‘लिफ’ गाडी २०२१ साल अप्रिलमा लन्च हुने भएको छ। कम्पनीका अनुसार निशान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडी हो र यो गाडी विद्युतीय गाडी मार्केटमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ। निशान लिफ संसारभर २ लाख ५० हजार भन्दा बढी बिक्री भैसकेको कम्पनीले जनाएकाे छ । यस कारणले पनि निशान लिफ सर्वसाधारणहरुको सहज पहुँचमा पुग्ने पहिलो विद्युतीय सवारी बन्न पुगेको छ । पहिलो निशान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो । उन्नत फिचरहरु र उत्कृष्ट लुक भएको निशान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारी को रुपमा परिचित छ । अधिक हर्शपावार र टर्क सहित आउने निशान लिफमा उन्नत टेक्नोलोजी र फिचरहरु छन् । ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक इ-पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ । इ-पेडलमा एक्सलेरेटर पेडल छोड्ना साथ गाडीको गति आफै कम हुँदै जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिने कम्पनीले जनाएकाे छ ।
इसेवाबाट भुक्तानी गर्दा टिभिएस अपाचे टु भी जित्न सकिने
काठमाडौं । टिभिएस मोटर्सको आधिकारीक बिक्रेता कम्पनी जगदम्बा मोटर्स र इसेवाबीच सम्झौता भएको छ । दशैंको अवसरमा गर्ने कुनै पनि भुक्तानी इसेवाबाट गर्दा धेरै उपहार जित्न सकिने योजना अन्तर्गत टिभिएस अपाचे टु भी जित्न सकिने योजना संचालनमा आएको छ । टिभिएसले धेरै क्षेत्रमा आफ्नो सहकार्य बढाउँदै ग्राहक लक्षित क्याम्पेन संचालन गरिरहेको छ । यहि क्रममा इसेवासँगको साझेदारी गरेर ग्राहकलाई दशैंमा केही नयाँ दिने कोषिश टिभिएसले गरेको छ । टिभिएस नेपालमा तिब्र विस्तार हुँदै आएको ब्राण्ड हो । नेपालमा सबैभन्दा धेरै रेञ्जमा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको कम्पनीले ग्राहकलाई १ लाख ४० हजारदेखि ७ लाखभन्दा माथि मूल्यको मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ । अहिले टिभिएसको अपाचे सिरिजमा १६० टु भी, १६० फोर भीमा ५ भेरियन्ट, २०० फोर भीमा दुई भेरियन्ट, स्टाइकर, रेडन, ज्यूपिटर क्लासिक, वीगो, एनटर्कको विभिन्न ३ भेरियन्ट, आरआर ३१० लगायतका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।