भ्वाक्सवागन बेस्ट कार बेस्ट डिल: मासिक २२ हजार किस्तामै पाेलाे गाडी

काठमाडाैं । नेपालकाे लागि भ्वाक्सवागनको आधिकारीक विक्रेता पुजा इन्टरनेसनलले बेस्ट कार बेस्ट डिल याेजना ल्याएकाे छ । क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै कम्पनीले यस्ताे याेजना ल्याएकाे हाे । यस याेजना अन्तर्गत ग्राहकहरुले मासिक २२ हजार ५०० किस्तामा भाेल्कस्वागनकाे पाेलाे गाडी किन्न पाउनेछन् । ग्राहकहरु गाडी खरिद गर्न सजिलाे  बनाउनकाे लागि यस्ताे याेजना ल्याएकाे कम्पनीले जनाएकाे छ । यति मात्र नभएर पाेलाे किन्ने ग्राहकहरुले ४ वर्षसम्म नि:शुल्क सर्भिसिङ, आर्थिक वर्षकाे सडक कर, सजिलै फाइनान्सकाे व्यवस्था हुनकाे साथै लाेयलटी बाेनसहरु पाउनेछन् ।    

अब चार चक्के सवारी साधन ल्याउँदै जगदम्बा मोटर्स, प्राेटाेन भित्र्याउन उत्साहित

काठमाडाैं । मुलुककै अग्रणी अटोमोबाइल कम्पनी मध्येको एक, जगदम्बा मोटर्स प्राइभेट लिमिटेड दुइ चक्के र तिन चक्के सवारी साधनमा मात्र सिमित नभएर अब चार चक्के सवारी साधन पनि नेपाल भित्र्याउने तरखरमा लागिरहेको छ। विश्वबिख्यात मलेशियाली अटोमोबाइल कम्पनी प्रोटोनको “प्रोटोन साँगा“ गाडी भित्र्याउँदै नेपाली ४ चक्के सवारी साधन अनुयायी माझ एउटा नयाँ अन्तराष्ट्रिय विकल्पको प्रस्तुति गर्न लागेकोमा जगदम्बा मोटर्स अति उत्साहित देखिएको छ। यसअघि नै नेपालमा बिलिन हुन लागेको टिभिएसको स्वामित्व ग्रहण गरेर नेपाली अटोमोबाइल बजारमा यसको अस्तित्व बरकरार राख्दै विस्तार गराएर अग्र स्थानसम्म ल्याइपुर्याउन निर्णायक भूमिका खेलेर उदयमा आएको जगदम्बा मोटर्स प्राइभेट लिमिटेड विस्तारै एक पछि अर्को नयाँ आयामहरू पस्कँदै नेपाली अटोप्रेमी माझ एक चर्चित नाम बनिसकेको छ। टिभिएस दुइ चक्के मोटरसाइकल र स्कुटरका साथै टिभिएस् किङ्ग(तिन चक्के अटो) र एडनक लुब्रिकेन्ट्सको पनि जगदम्बा मोटर्सले नै नेपालमा विक्रिवितरण गर्दै आइरहेको छ। टिभिएसमार्फत जगदम्बा मोटर्सको सफलता पछाडी यसको गुणस्तरीय सेवा र देशै भरि फैलिएका डिलरमार्फत स्तरिय ग्राहक सेवा र सम्बन्ध पनि प्रमुख कारण रहेका छन्। यसै अनुरुप प्रोटोनलाई विशेष प्राथमिकताका साथ अघि लैजाने योजना गरेको जगदम्बा मोटर्सले प्रोटोनबाट पनि टिभिएस अनुरुपकै सफलता हाँसिल गर्ने विश्वास लिएको छ। हाललाई काठमाडौंस्थित शोरुममार्फत प्रोटोनको ‘प्रोटोन साँगा’ मोडलको गाडी भित्र्याउन लागेको जगदम्बा मोटर्सले आउँदा दिनमा सेवा सुविधालाई थप विस्तार गर्दै देशका अन्य विभिन्न शहरहरु जस्तै पोखरा, बिराटनगर, विरगंज, धनगढी, नेपालगंज, इटहरी आदिमा पनि आफ्नो डिलर र सर्भिस सेन्टर सुचारु गर्ने दिर्घकालिन रणनीति बनाएको छ। साथै प्रोटोनका अन्य चर्चित मोडलहरु पनि ग्राहकका चाहना र माग बमोजिम क्रमवद्ध रुपमा नेपाल भित्र्याउँदै लैजाने जगदम्बा मोटर्सको योजना रहेको छ। विभिन्न क्षेत्रका उधोग तथा व्ययसायमा संलग्न भई आज एक सफलताको उचाइमा पुग्न सफल भएको मुलुककै अग्रणी व्यापारिक घराना मध्येको एक, शंकर ग्रुुप को मातहतमा रहेको जगदम्बा मोटर्सले प्रोटोनमार्फत नेपाली ग्राहकको ४ चक्के गाडिप्रतिको बढ्दो चाहनालाई अवश्यपनि पूर्ति गर्न सफल रहनेमा कम्पनी विश्वस्त रहेको छ।

एम भि अगष्टाकाे चार नयाँ मोडल नेपाली बजारमा, यस्ताे छ मूल्य

काठमाडौं । नेपालमा प्रिमियम स्पोर्टस् बाइकको क्रेजलाई मध्यनजर गर्दै भेलोसिटी प्रा.लि. ले बजारमा एम भि अगष्टाको ४ नयाँ मोडलहरु नेपाली बजारमा भित्राएको छ । सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेको एम भि अगष्टा आजको दिनमा इटालियन मोटरसाइकल उत्पादन गर्ने एक बहुप्रतिष्ठित कम्पनीको रुपमा स्थापित भएको छ । नेपाली बजारमा प्रवेश गरेका ब्रुटेल ८००आरआर, ड्रागस्टर ८०० आरआर पिरेल्ली(लिमिटेड इडिसन), टुरिज्मो भीलभ ८०० र ड्रागस्टर ८०० आरआर अमेरिका(लिमिटेड इडिसन) एम भि अगष्टाका उष्कृष्ट बाइकहरु हुन् । ८०० सि सि इन्जिन क्षमता रहेको ब्रुटेल ८००आरआर, ड्रागस्टर ८०० आरआर पिरेल्ली(लिमिटेड इडिसन) र ड्रागस्टर ८०० आरआर अमेरिका(लिमिटेड इडिसन) मा १४० बीएचपीको पावर र ८७ एनएमको टर्क रहेको छ । नेपाली बजारमा ब्रुटेल ८००आरआरको मूल्य ४८ लाख ९० हजार रुपैयाँ रहेको छ र ड्रागस्टर ८०० आरआर पिरेल्ली(लिमिटेड इडिसन) को मूल्य ५९ लाख ९० हजार रुपैयाँ रहेको छ भने ड्रागस्टर ८०० आरआर अमेरिका(लिमिटेड इडिसन) को मूल्य ५७ लाख ९० हजार रुपैयाँ रहेको छ । त्यसैगरी ८०० सीसीको टुरिज्मो भीलभ ८००मा ११० बीएचपीको पावर र ८० एनएमको टर्क रहेको छ । निलो र डार्क ग्रे रंगमा उपलब्ध यस बाइकको मूल्य ५७ लाख ९० हजार रुपैयाँ रहेको छ । एमभि अगष्टामा सर्वोत्कृष्ट पर्फमेन्सका साथै प्रतिष्ठित डिजाईन रहेको छ र यसमा एडभान्स तथा उच्चस्तरीय पदार्थ र इन्जिनीयरिङ्ग टेक्नोलोजी प्रयोग गरिएको छ । एम भि अगष्टाको हरेक मोटरसाइकलहरु अटोमेसन नभई दक्ष व्यक्तिहरुको हातबाट जडान गरिएको छ । काठमाडौंको एस जे मोटो, कान्तिपथ मार्फत ग्राहकहरुलाई भेलोसिटी प्रा.लि.ले बिक्री–वितरण, सर्भिस, स्पेयर पार्टस् तथा एसेसोरिजहरु प्रदान गर्दै आएको छ ।