यामाहा महा-एक्सेञ्ज मेला शुरु, १ लाखसम्म नगद छुट

काठमाडौँ । शनिबारदेखि यामाहा महा–एक्सेञ्ज मेला शुरु भएको छ । यो एक्सेञ्ज मेलाको उद्घाटन हिमाँसु सान् र यामाहा मिस नेपाल अनुष्का श्रेष्ठले संयुक्त रुपमा गरेकी हुन् । मोरङ अटो वक्र्सले रणनीतिक रुपमा यसलाई फेरि दोहोर्याएको छ । यामाहाको नयाँ मोडलहरुमा अधिक मात्रामा आकर्षण देखिएको छ । मोरङ अटो वक्र्सले हालैमात्र यामाहा एफजेड भि३ र एमटि १५लाई प्रस्तुत गरेको छ । यी दुवै बाइकहरुमा परिष्कृत एबिएस र यामाहाको आफ्नै प्रमाणित प्रविधि एफआई रहेका छन् । यो एक्सेञ्ज उत्सवको आकर्षण नै ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकलतथा स्कूटर दिएर बजार मुल्याङ्कनको सबैभन्दाउच्च रु.२०,०००/- अतिरिक्त ग्यारेन्टी मुल्यका साथनयाँ ब्राण्डको यामाहामाआफ्नो स्तरोन्नति गर्न पाउनु हो । ६ दिनसम्म चल्ने महा–एक्सचेञ्ज मेला भदौ १४ देखि १९ गतेसम्म राष्ट्रिय सभा गृहभवन काठमाडौंमा आयोजना हुँदैछ, जहाँ ग्राहकहरुलाई आश्चर्य चकितबनाउने कारोबार उपलब्ध हुनेछ । रु.१,००,०००/-सम्मको नगद छुट, सामग्रीहरु सित्तैंमा, स्थलगत फाइनान्स सुविधा र टेष्ट राइडमा आकर्षक उपहारहरु रहेका छन् । महा–एक्सेञ्ज मेलामा सेलिब्रेटी वाक–इन्, लाइसेन्स ट्रायल सित्तैंमा, टेष्ट राइड, हाँक्ने प्रतिस्पर्धाहरु, डोर प्राइज र फूड स्टलहरु पनिविशेष आकर्षण रहेका छन् । एक्सेञ्ज कारोबारका अलावा महा–एक्सेञ्ज मेलामाआउनु हुने ग्राहकहरुले सबै ब्राण्डका मोटरसाइकलहरुका लागि अन्य निःशुल्क सुविधाहरु जस्तैः सित्तैंमा बाइक धुने, निःशुल्क परीक्षण क्याम्प सेवापनि प्राप्त गर्नु हुनेछ । अब नयाँ बाइक र दशैंअफरको साथमा यो एक्सेञ्जले बाइकका शौखिनहरुलाई प्रमाणित यामाहा प्रविधिको उत्कृष्ट मोडलमा आफ्नो स्तरोन्नति गर्न एक मञ्च प्रदान गरेको जनाएको छ ।

कोलकातामा नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेशन(सीएफएस) संचालन

काठमाडोँ । भारतको कोलकाता बन्दरगाहमा विहीबारदेखि आफ्नै कन्टेनर फ्रेट स्टेशन(सीएफएस) संचालनमा आएको छ । नवनिर्मित सीएफएस शुभारम्भ समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरूको सहभागिता रह्यो । सीएफएस, ट्रान्जिट बन्दरगाह नजिक मालबाहक कन्टेनर राख्न र वैधानिक औपचारिकता पूरा भएपछि त्यसलाई अगाडि बढाउन प्रयोग हुने निश्चित ठाउ हो । सीएफएस निर्माण र संचालनमा नेपाल सरकारबाट भएको महत्वपूर्ण पहल र प्राप्त सफलताका लागि नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारप्रति धन्यवाद ज्ञापन गरेको छ । कोलकाता बन्दरगाहलाई सहज र सुव्यवस्थित बनाई आयात निर्यात व्यापारमा नेपालले तिर्नुपरेका अतिरिक्त शुल्क कम गर्ने तर्फ पहल गर्नुपर्ने आवाज महासंघले उठाइरहेको सन्र्दमा नेपालको आफ्नै सीएफएस संचालनबाट ठूलो राहत पुग्न जाने महासंघको विश्वास छ । आफ्नै सीएफएसबाट नेपाली आयातकर्ताले अव कम खर्चमै कार्गो राख्न सक्ने छन् । उक्त सीएफएसमा करिव ५ सय कन्टेनर राख्न सकिने वुझिएको छ । सीएफएसको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले विहीवार एक समारोहका बीच शुभारम्भ गरे । शुभारम्भ समारोहमा मन्त्रालयका उच्च अधिकारीहरू, कोलकत्तास्थित महावाणिज्य दूत, नेपाली उद्यमी व्यवसायीहरू, कोलकाता पोर्टका उच्च अधिकारीहरूको उपस्थिति थियो । उक्त समारोहमा भाग लिइरहनु भएका महासंघका उपाध्यक्ष प्रधानले नेपालको आफ्नै सीएफएस संचालनबाट ठूलो राहत पुग्ने बताउनु भयो । कोलकातामा आयातकर्ताले सीएफएस भाडावापत प्रतिटन÷प्रतिदिन भारतीय रुपैया ४५ देखि ६५ तिर्दै आएकोमा नेपालको सीएफएसमा आधा सस्तो पर्ने भएकाले निकै ठूलो राहत हुने उनको दावी छ । यसले एकातिर व्यवसायीको लागत घटाउंछ भने अर्कोतिर त्यसको फाइदा अन्ततोगत्वा नेपाली उपभोक्तामा पर्ने उनले बताए । २०७५ फागुन ३ गतेदेखि तेस्रो मुलुकबाट भारतको कोलकाता/हल्दिया बन्दरगाह हुदै रेलमार्गबाट नेपालका लागि आउने सामान क्लियर गर्दा गर्नुपर्ने सबै कागजी प्रक्रियाहरू हटाई विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली लागू भएबाट नेपालको आयात र निर्यात व्यापारमा क्रमशः सुधार हुंदै आएको छ ।

एमभी दुगड ग्रुपले ल्यायो जी ९० मोटर ग्रेडर, नेपाली सडकमा बहुउपयाेगि

काठमाडौं । एमभी दुगड ग्रुपले जी ९० मोडलको ९१ एचपीको नयाँ मोटर ग्रेडर रिप्पर एट्याचमेन्ट र लोडर बजारमा ल्याएको छ । तराईको फाँट, खोला नाला तथा पहाडका अप्ठ्यारा बाटोमा समेत सजिलै चलाउन सकिने जी ९० मोटर ग्रेडर समय सापेक्ष, सरल र सस्तो भएको कम्पनीले जनाएको छ । नेपालको ८६ प्रतिशत सडक सिङ्गल वा डबल लेनको मात्र रहेको, उकालो, ओरालो, घुम्तीहरु धेरै भएको सडकमा यो मोटर चलाउन सजिलो हुने कम्पनीले जनाएको छ । २ वर्षको वारेन्टी, त्यसअवधिमा असीमित घण्टा वारेन्टी भएको यो मोटरका ग्राहकलाई स्पोर्ट सर्भिस सुविधा हुने, स्पेयर पार्ट सजिलै उपलब्ध हुने र मूल्य पनि सरल हुने कम्पनीले जनाएको छ । फोर ह्विल ड्राइभ विथ डिफिरेन्सियल लक, ९१ एचपी पावरका साथ २२०० आरपीएच, ट्रान्सिमिसन फोर स्पीड, ६ ह्विल इक्वयल साइज लगायत सुविधा भएकोले यो मोटर उपभोक्ताबीच आकर्षक बन्ने कम्पनीको अध्यक्ष मोतिलाल दुगडले बताए । १३७ वर्षको व्यवसायिक इतिहास भएको यस ग्रुपले बैकिङ, बीमा, मोटर, ट्रेडिङ, जलविद्युत लगायतका क्षेत्रका लगानी विस्तार गर्दै आएको छ । यस ग्रुपले यसअघि पनि व्याक हो लोडर, रोलर, ग्रेडरको बिक्री तथा बिक्री पछिको सेवा दिदै आएको छ ।