द टाटा मोटर्स इम्पेर्र प्रोगाम उद्घाटन

काठमाडौँ । टाटा मोटर्स नेपालको एक मात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ्ग प्रालिले नेपालको एक मात्र लोयल्टी प्रोग्राम, कमर्सियल गाडी इन्डस्ट्रीको लागि ‘द टाटा मोटर्स इम्पेर्र प्रोगाम’को उद्घाटन गरेको छ । उक्त कार्यक्रममा नयाँ तथा पुरानो र पार्टपूर्जा, सर्भिस, गाडीको रिकन्स्ट्रक्सन तथा वार्षिक मर्मत कन्ट्रयाक्ट खरिदकर्तालाई प्रदान गरिने जनाइएको छ । ग्राहक वर्गहरुलाई सम्मान गर्दै, एक उत्कृष्ट सेवा सुविधा दिई टाटा मोटर्सको खरिद तथा मर्मत प्रक्रियालाई अविस्मरणीय बनाउने उदेश्यले यो लोयल्टी प्रोग्राम सुरु गरिएको हो । यो प्रोग्रामले व्यापारको बढावा दिने मात्र नभई ग्राहकहरुको लागि अरु सुविधाहरु पनि प्रदान गर्छ जस्तै टाटा मोटर्सको फ्याक्ट्री निरिक्षण तथा प्रदर्शनीमा समावेश पनि गराउँदछ । उक्त समारोहमा टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्राले यस्ता किसिमका कार्यक्रमले नेपाली कमर्सियल गाडी इन्डस्ट्रीमा ग्राहकको सम्वन्धलाई सुमधुर बनाई सम्पूर्ण व्यवसायलाई नै नयाँ उचाईमा पुराउने विश्वास व्यक्त गरे । त्यसैगरी उक्त समारोहमा सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले ग्राहकको पहिलो रोजाइ बन्ने लक्ष्यसँगै टाटा मोटर्ससँगको सहकार्यलाई अझ प्रगाढ र बलियो बनाउने बताए ।

नाडा अटो शोमा टोयोटाका २ हाइब्रीड मोडल सार्वजनिक

काठमाडौँ । टोयोटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिलले नाडा अटो शो २०१९ मा दुईवटा हाइब्रीड मोडलहरु र्याभ फोहाइब्रीड र क्याम्री हाइब्रीडका साथ र्याभ फो ग्यासोलिन लन्च गरेको छ । टोयोटा हाइब्रीडका सवारीहरु लन्च गर्ने पहिलो अटोमोबाइल यो कम्पनी हो । दुईवटा पावर ट्रेन इन्टर्नल कमबस्टन इन्जिन र इलेक्ट्रिक मोटरको सम्मिश्रण भएको हाइब्रीडले अधिकतम शक्ती दिनुका साथै न्युनतम फ्युलको प्रयोजन गरी थोरै धुँवा इमिसन गर्ने कम्पनीले जनाएको छ । हाइब्रीड साइनर्जी ड्राइभ टेक्नोलोजी भएको यस सवारीमा स्वचालित रुपमा ग्यास र इलेक्ट्रिक पावर समयअनुसार बदल्ने काम गर्छ । इन्टर्नल कमबस्टन इन्जिन र रिजेनेरेटिभ ब्रेकिङको सहायतामा चार्ज हुने यस सवारीको ब्याट्री लाईफ १५ वर्ष रहेको छ । हाइब्रीडका गाडीहरुमा ३ थप मोडहरु उपलब्ध छन्, सइभी मोड जसमा ब्याट्री मात्र खपत भई शुन्य इमीसन हुन्छ, इको मोडले एरसी आउटपुट कम गरी थ्रोटल गतीवद्रघन प्रतिक्रिया सीमित गर्दछ भने स्पोर्ट मोडले हाइब्रीड ब्याट्रीको सहायतामा गतीवद्रघन बूस्ट गरी पेट्रोल इन्जिनलाई मद्दत गर्छ । नयाँ र्याभ फो हाइब्रीडको चाखलाग्दो विशेषतानै साधारण ड्राइभिङमा यस सवारीले २४ किमि प्रति लिटर माइलेज दिन्छ । ८ वटा एयर ब्याग भएको यस सवारीमा ३ वटा ड्राइभिङ मोड सइको मोड, स्पोर्ट मोड र इभी मोडहरु रहेका छन् । बजारमा यो सवारीको मुल्य रु. १३,४००,०००/– रुपैँया रहेको छ । यसैगरी नयाँ क्याम्री हाइब्रीडको विशेषता भनेको साधारण ड्राइभिङमा यस सवारीले २३ किमि प्रती लिटर माइलेज दिन्छ । ९ वटा एयर ब्याग भएको यस सवारीमा पनि ३ वटा ड्राइभिङ मोड सइको मोड, स्पोर्ट मोड र इभी मोडहरु रहेका छन् । बजारमा यस सवारीको मुल्य रु. १३,१००,०००/– रुपैँया रहेको कम्पनीले जनाएको छ ।

निसान गाडीमा आकर्षक उपहार योजना

काठमाडौँ । नाडा अटो शोमा निसान गाडीका लागि “फेस्टिभ ड्राइभ” उपहार योजना समावेश गरिएको छ । निसान फेस्टिभ ड्राइभ योजना अन्तर्गत नाडा अटो शोमा आएका ग्राहकहरुलाई गाडी बुकिङ गरेवापत रु.३१,९९९/– बराबरको एमआई एट लाइट मोबाइल निःशुल्क दिने जनाइएको छ । गाडीका खरिदकर्ताहरु बीच गरिने लक्की ड्रमा छानिएका १० जोडीले मलेशिया भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाउने छन् । यसका अतिरिक्त आकर्षक नगद छुट ५ लाखसम्म र फेस्टिभ ड्राइभ नगद छुट ३ लाखसम्मको प्रावधान राखिएको छ । ९५,९०० सम्मको निःशुल्क एसेसरिज, एकवर्षसम्मको बीमा र सडक कर, ३ वर्षसम्मको सर्भिसिङ्ग, ३ वर्ष वारेन्टी, सर्भिसिङ्ग लोयल्टी र एक्सचेन्ज बोनसको समेतको प्रावधान राखिएको छ । नाडा अटो शोका लागि लागू भएको यो योजना चाडपर्वको मौसमसम्म नै रहने जनाइएको छ ।