२५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलको सुरुमा लगाएको २५ प्रतिशत अटो ट्यारिफले सन् २०२५ मा अमेरिकास्थित अटो निर्माता कम्पनीहरूले करिब १०८ अर्ब डलरको थप लागत बेहोर्नुपर्ने देखिएको छ । अटोमोटिभ रिसर्च केन्द्रले गरेको नयाँ विश्लेषणले यस्तो देखाएको हो । मिशिगन राज्यको एन आर्बरमा आधारित संस्थाले बिहीबार सार्वजनिक गरेको अध्ययनमा फोर्ड मोटर, जनरल मोटर्स र स्टेलान्टिस (जीप र राम ट्रक बनाउने कम्पनी) लगायत डिट्रोइटका प्रमुख तीन अटो कम्पनीहरूलाई मात्र ४२ अर्ब डलरको अतिरिक्त लागत पर्ने देखिएको छ । अध्ययन अनुसार यी डिट्राेइट थ्री कम्पनीहरूले अमेरिकाभित्र उत्पादन गरिएका प्रत्येक सवारीका लागि आयात गरिएका पार्टपुर्जामा औसत करिब ५ हजार डलर ट्यारिफ तिर्नुपर्नेछ र आयात गरिएका सवारीका लागि करिब ८ हजार ६०० ट्यारिफ तिर्नुपर्नेछ । ट्रम्पको २५ प्रतिशत अटो आयात ट्यारिफ अप्रिल ३ देखि लागू गरिएको थियो, जसले विश्वभरबाट आउने आपूर्तिमा आधारित अटो उद्योगमा ठूलो असर पारेको छ ।  मेक्सिको र क्यानडामा बनेका सवारीसाधनहरूमा पनि यो ट्यारिफ लागू भए पनि युएस-मेक्सिको-क्यानडा सम्झौताअनुसार अमेरिकी सामग्रीको मूल्य घटाएर ट्यारिफ गणना गर्न सकिन्छ । यी ट्यारिफहरूले अटो निर्माता कम्पनीहरूलाई उत्पादन रणनीति फेरबदल गर्न बाध्य पारेका छन् । जीएमले इन्डियानाको प्लान्टमा ट्रक उत्पादन बढाएको छ भने स्टेलान्टिसले मेक्सिको र क्यानडाका दुई प्लान्ट अस्थायी रूपमा बन्द गरेको छ । यी परिवर्तनहरूले ती प्लान्टहरूसँग सम्बन्धित पाँच अमेरिकी प्लान्टहरूमा प्रभाव पारेका छन् । अध्ययन अनुसार डिट्रोइट थ्री कम्पनीहरूले प्रत्येक सवारीका लागि पार्ट्समा औसत ४ हजार ९११ ट्यारिफ तिर्नुपर्नेछ, जुन सम्पूर्ण अटो उद्योगको औसत ४ हजार २३९ भन्दा बढी हो । आयात गरिएका सवारीहरूमा सम्पूर्ण अटो उद्योगको औसत ट्यारिफ लागत  ८ हजार ७२२ देखिएको छ भने डिट्रोइट थ्रीको लागि  ८ हजार ६४१ । अमेरिकन अटोमोटिभ पोलिसी काउन्सिलका अध्यक्ष म्याट ब्लन्टले एक विज्ञप्तिमा भने, '२५ प्रतिशत ट्यारिफले अटो उद्योगमा पार्ने गहिरो प्रभाव यो अध्ययनले देखाउँछ ।' अमेरिकी अटो निर्माता कम्पनीहरू- फोर्ड, जीएम, र स्टेलान्टिसले संयुक्त रूपमा भनेका छन् कि उनीहरूले अमेरिकी अटो उत्पादन वृद्धिका लागि प्रशासनसँग चलिरहेको संवादलाई जारी राख्नेछन् । जीएम र स्टेलान्टिसले उक्त अध्ययनबारे आफ्नो धारणा व्यक्त गर्न व्यापार समूहको टिप्पणीलाई समर्थन गरेका छन् भने फोर्ड तत्काल उपलब्ध थिएन । साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा​​​​​ टोयोटाले २०२७ सम्म १५ वटा ईभी मोडेल विकास गर्ने, १० लाख उत्पादन लक्ष्य ट्रम्प ट्यारिफ : निसानले मेक्सिकोमा बनेका इन्फिनिटी एसयूभीहरूको लागि नयाँ अमेरिकी अर्डर नलिने

सुनरा स्कुटरको नयाँ वर्ष अफर : ६० हजारसम्म छुट, निःशुल्क बीमा र हेल्मेट

काठमाडौं । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा इलेक्ट्रिक स्कुटर ब्रान्ड सुनराले ग्राहकहरूका लागि छुट योजना सार्वजनिक गरेको छ । 'सुपर सेभ अफर' अन्तर्गत ग्राहकहरूले सुनराका विभिन्न स्कुटर मोडेलहरूमा ६० हजार रुपैयाँसम्मको छुट पाउनेछन् । अफर अन्तर्गत के.५ मोडेल १ लाख ६९ हजार ९०० रुपैयाँमा, रोबो–ए ३ लाख २० हजार ९०० रुपैयाँमा र एचडब्ल्युएके २ लाख ३६ हजार ९०० रुपैयाँमा उपलब्ध छन् । साथै, प्रत्येक स्कुटरमा निःशुल्क बीमा, फ्री हेल्मेट र रोड ट्याक्स कम्पनीले तिर्ने व्यवस्था गरिएको छ । यो अफर सीमित अवधिको लागि मात्र लागू हुनेछ । इच्छुक ग्राहकहरूले नजिकको सुनरा शोरूममा सम्पर्क गरी यो अफरको लाभ लिन सक्नेछन् ।

यामाहा ब्लु फेस्ट २०८२ : भृकुटीमण्डपमा एक्सचेन्ज अफर, बाइक किन्दा १ लाख रूपैयाँसम्मको नगद छुट

काठमाडौं । नेपाल - यामाहा मोटर कम्पनीको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित 'यामाहा ब्लु फेस्ट' महोत्सव बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । सप्ताहव्यापी यस उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरेका थिए  । कार्यक्रममा यामाहा अधिकारीहरू, सञ्चारकर्मीहरू, र उत्साहित ग्राहकहरूको उल्लेखनीय उपस्थिती देखिएको थियो । विशेष एक्सचेन्ज अफरहरू एक्सचेन्ज अवसर : कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटरलाई यामाहाका नयाँ मोडेलसँग सजिलै एक्सचेन्ज गर्न सकिन्छ । न्यूनतम मूल्याङ्कन : यामाहा बाइक वा स्कुटरमा ५०,००० रूपैयाँसम्मको न्यूनतम मूल्याङ्कन सुनिश्चित गरिएको छ । अतिरिक्त मूल्याङ्कन बोनस : एक्सचेन्ज गर्दा अतिरिक्त १०,००० रूपैयाँको मूल्याङ्कन बोनस प्राप्त गर्न सकिन्छ । सस्तो वित्तीय सुविधा : ७.९९ प्रतिशतको ब्याजदरमा वित्तीय सुविधा उपलब्ध छ, कुनै ग्यारेन्टर आवश्यक छैन । 'थ्रिल अफ थ्री' योजना : यामाहा बाइक खरिद गर्दा १ लाख रूपैयाँसम्मको नगद छुटको अवसर अन्य आकर्षणहरू स्मार्ट हेलमेटहरू : डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका टेस्ट राइड र उपहारहरू : यामाहा मोडेलहरूको टेस्ट राइड गरी रोमाञ्चक उपहारहरू जित्ने अवसर गेमिङ जोन : एक्शनप्याक फन र प्रतियोगिताहरूमा सहभागी हुने मौका फेस पेन्टिंग : फेस पेन्टिंग सेवाको आनन्द लिन सकिन्छ सांस्कृतिक कार्यक्रम : महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत ऊर्जावान पर्फर्मेन्सहरू फ्री एक्सेसरिज : यामाहा बाइक खरिद गर्दा निःशुल्क एक्सेसरिज प्राप्त गर्न सकिन्छ प्रदर्शनीमा यामाहाका विभिन्न लोकप्रिय मोडेलहरू प्रस्तुत गरिएको छ, जसमा नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर 'फ्येजर एफआई' प्रमुख आकर्षण हो ।  यस 'यामाहा ब्लु फेस्ट' ले एक्सचेन्ज अफर मात्र नभई, सवारी संस्कृति, प्रविधि र यामाहा समुदायको उत्सवको रूपमा आफ्नो स्थान बनाएको कम्पनीकाे भनाइ छ ।