‘रेनो शुभ दिन छ’ अफर घोषणा

काठमाडौँ । रेनोको लागि नेपालको आधिकारिक वितरक एड्भान्स अटो मोवाइल प्रालिले दशैँ तिहार चार्डपर्व अफर घोषणा गरेको छ । कम्पनीले ‘रेनो शुभ दिन छ’ स्किम संचालनमा ल्याएको हो । यो स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्ने छन् । यो स्किम दशैँ तथा तिहारलाई मुख्य लक्ष्य बनाएर ‘अब रेनो सँग हरेक दिन शुभ दिन’ भन्ने नारा सहित सार्वजनिक गरिएको हो । ‘रेनो शुभ दिन छ’ लाई शुभ र दिनबाट लिइएको हो, जसले रेनो गाडी भएमा हरेक दिन शुभ हुन्छ भन्ने बुिझन्छ । हरेक रेनो गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको नगद छुटका साथ विभिन्न फाइदाहरु पउन सक्नेछन् । यस योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्सयोरेन्स, फ्रि एशेसरिज, लोयल्टी बोनस, एक्सचेन्ज बोनस र ५ वर्षको वारेन्टी रहेको छ । यस्ता मुख्य सुविधाहरु कम्पनीले आफ्ना ग्राहकको खुसीको लागि ल्याउने गरेको छ । यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागु हुने छ ।

जगदम्बा मोटर्सले ल्यायो ‘टिभिएस दशैंको दौड’ योजना

काठमाडौँ । टिभिएस टू-ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले उपभोक्ता प्रवद्र्धन योजना ‘टिभिएस दशैंको दौड’ प्रारम्भ गरेको छ । यो योजना अन्तरगत ग्राहकहरुले नगद पुरस्कारहरु जित्ने अवसरहरु प्राप्त गर्नेछन् । टिभिएस शोरुममा नगई वा टिभिएस बाइक नकिनेर नै यस योजनामा सहभागी बन्न सकिन्छ । यस योजनामा सहभागीबन्न इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने स्थानबाट जततउकस्ररतखकलभउब।िअयmरमबकजबष्ल मा लग अन गर्नु पर्नेछ र त्यहाँदिइएको स्थानमा आफ्नो विवरणहरु भर्नु पर्नेछ । यसरी प्रविष्ट गराउने व्यक्तिले बाइकन किन्दा नै रु.५,०००/- देखि रु.१,००,०००/-सम्म नगद राशी जित्न सक्नेछ । यो रकम उक्त व्यक्तिले नेपालभर रहेको कुनै पनि टिभिएस शोरुमबाट टिभिएस टू–ह्वीलर किन्दा छुटको रुपमा प्राप्त गर्नेछ । यो रकम जितेपछि पनि ग्राहकले थप पुरस्कार जित्ने अर्को अवसर प्राप्त गर्नेछ । जब ग्राहकले कुनै पनि टिभिएस टू–ह्वीलर खरिद गर्नेछ, त्यो समयमा ग्राहकको खरीद विवरणहरु वितरकले फेरि सिस्टममा प्रविष्ट गर्नेछ र ग्राहकले फेरि लाखौं नगद पुरस्कार जुन १०० प्रतिशत नगद फिर्ता जस्तो अचम्मित पार्ने पुरस्कारसम्म पनि हुन सक्नेछ, । हरेक ग्राहकले दोस्रो चरणमा केही न केही रकम पुरस्कार प्राप्त गर्न सक्नेछ र किन्नु अघि पहिलो र किन्दा दोस्रो दुवै चरण गरी जितेको कूल नगद पुरस्कार रकम बाइक खरीद मुल्यमा छुट स्वरुप प्रदान गर्नेछन् । प्रवद्र्धन योजना शुभारम्भ समारोहका अवसरमा जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवालले केही नवीनतम विचारका साथ प्रस्तुत भएको बताए ।

यती एअरलाइन्समा विद्युतीय भ्यानको प्रयोग सुरु

काठमाडौं । नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं विमानस्थल परिसरमा विद्युतीय भ्यानको प्रयोग सुरु गरेको छ । यती एअरलाइन्सका कार्यकारी निर्देशक चन्दा शेर्पा र युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागांगोडा लेबले शुक्रवार एक समारोह बिच विद्युतीय भ्यान प्रयोगको शुभारम्भ गरेका हुन् । वातावरण संरक्षणमा महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षामा यती एयरलाइन्सले विद्युतीय सवारी साधन प्रयोगमा ल्याएको हो । अमेरिकी वातावरण संरक्षण निकाय (युएसईपीए)को एक शोधका अनुसार एउटा सामान्य यात्रु वाहक सवारी साधनले वार्षिक ४.६ टनका दरमा कार्बनडाइअक्साइड ग्याँस उत्सर्जन गर्छ । यो सुरुवातले सकारात्मक प्रतिक्रिया पाए पेट्रोलबाट चल्ने विद्यमान सबै (२० वटै) भ्यानलाई महिन्द्रा इ–सुप्रो विद्युतीय भ्यानले स्थानान्तरण गर्ने योजना यती एयरलाइन्सको रहेको छ । यती एअरलाइन्सले ‘’कार्बन क्रेडिट” खरिद गरेर आफ्नो “हरितगृह ग्याँस” उत्सर्जनको भर्पाइ गर्दै आएको छ । यो जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय संयन्त्र महासन्धी (युएनएफसीसीसी) बाट प्रमाणित उत्सर्जन न्युनिकरणको उपाय हो । विगतमा पनि यती एअरलाइन्सले “हरियो सुदूर पश्चिम परियोजना” र “सगरमाथा सफाइ अभियान” जस्ता महत्वपूर्ण वातावरणीय र सामाजिक अभियानहरु संचालन गर्दै आएको थियो । ‘विद्युतीय भ्यानको सुरुवात कार्बन न्युट्रलिटीप्रति हाम्रो प्रतिबद्धता जाहेर गर्ने एउटा अवसर हो । वास्तवमा कार्बन न्युट्रलिटी वातावरण संरक्षणको दिशामा हाम्रो इमान्दार र व्यवहारिक प्रयत्न हो । एउटा सकारात्मक परिवर्तनको अग्रज बन्न पाउँदा हामी गौरवान्वित छौं । हामीलाई विश्वास छ, यसले सबैलाई हाम्रो पृथ्वीको रक्षार्थ चेतनशिल कदम चाल्न उत्प्रेरणा दिनेछ,,’’ यति एअरलाइन्सका प्रबन्ध निर्देशक चन्दा शेर्पाले भनिन् । त्यसैगरी, युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागांगोडा लेबले यती एअरलाइन्सको यस कार्यका लागि बधाई दिँदै भने, ‘आज यतीले कार्बन न्युट्रलिटी यात्रामा एक पाइला अघि बढाएको छ । हामी निकै खुसी छौं । दीर्घकालीन विकासमा अघि बढ्ने यो यात्रामा हामी तपाईंहरुको साथमा छौं । हामीलाई विश्वास छ, यो कार्यले प्रदुषण न्युनीकरण र पृथ्वीको संरक्षणमा सामुहिक कार्य गर्न अरु धेरैलाई पनि प्रेरणा दिनेछ ।’