भ्वाक्सवागनको दशैं अफर, पोलो २९ लाख ९० हजारमा
काठमाडौं । भ्वाक्सवागन कारको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले सम्भावित कार उपभोक्तालाई आकर्षित गर्न दशैं अफर ल्याएको छ । कम्पनीले पोलो कारको मूल्य २९ लाख ९० हजार रुपैयाँ तोकेको छ । यसमा दशैंको अवसरमा ६ प्रतिशतसम्म नगद छुट गरिएको कम्पनीले जनाएको छ । साथै, कार किन्दा लिनु पर्ने अन्य एसेसरीज् निःशुल्क दिने, चार वर्षसम्म सर्भिसमा निःशुल्क हुने, चालु आर्थिक वर्षको सडक कर कम्पनीले नै तिरिदिने, दुई वर्ष जति गुडाए पनि वारेन्टी दिने कम्पनीले जनाएको छ ।
आइएमएस मोटर्सको दशैं तिहार अफरः ३ लाख रुपैयाँसम्म छुट पाइने
काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस दशैं तिहारको अवसरमा “स्याङयोङ्ग फेष्टिभ डिलाइट” ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूले ३ लाख रुपैयाँसम्म छुट पाउन सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारीसँग एक्सचेन्ज गरेको बापत २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि पाउन सक्छन् । त्यसैगरी, कम्पनीले कोभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइनेछन् । साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई एक वर्ष निःशुल्क बीमा, सात वर्ष सजिलो फाइनान्स, तीन वर्ष वारेन्टी, तीन वर्षसम्म निःशुल्क मर्मत लागत, २५ हजार रुपैयाँ बराबरको निःशुल्क एसेसरिज र निःशुल्क सर्भिसिङ्ग (रिफरल ग्राहकहरूको लागि २ वर्षसम्म)को अफर दिने भएको छ । यस स्याङयोङ्ग फेष्टिभ डिलाइट् अफर २०७७ साल असोज २८ गतेदेखि कार्तिक २६ गतेसम्म मात्र हुनेछ ।
टिभिएस अपाचेको बिक्री ४० लाख पुग्यो, नेपालमा पनि सफलता चुम्दै
काठमाडौं । टिभिएस मोटर्स कम्पनीको उत्पादन अपाचे सिरिजले विश्व बजारमा ४० लाख यूनिट बिक्री गर्दै कोशेढुङ्गा भेट्टाएको छ । कम्पनीले सन् २००५ बाट अपाचे सिरिज उत्पादन सुरु गरेको थियो । उत्पादनको १५ वर्षमा नयाँ बेन्चमार्क भेट्टाउन सफल भएको हो । नेपालमा पनि जगदम्बा मोटर्सले आधिकारीक बिक्री वितरण गर्दै आएको अपाचे सिरिज निकै सफल मोडलमा पर्छ । जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले भने, ‘हामीले अपाचे सिरिजका सबै मोडल नेपालमा बिक्री गर्दै आएका छौं । स्टाइल, पावर र युवा लक्षित डिजायनले अपाचेका हरेका सिरिजले सफलता पाएका छन् । अझै भोलिका दिनमा नेपालमा नै एसेम्बल गरेर ग्राहकको आवस्यकता र चाहना पुरा गर्ने बाटोमा हामी छौं । ४० लाख यूनिट बिक्री पुरा गरेको खुसीमा कम्पनीले नेपालमा आरटीआर १६० फोर भिको ३ नयाँ भेरियन्ट समेत सार्वजनिक गरेको थियो । भारत वेस कम्पनी टिभिएसले हिजो ९५७ फिट लामो फ्ल्याग फहराएर ४० लाख यूनिट बिक्रीको खुसीयाली मनाएको थियो । नेपालमा अहिले अपाचे सिरिजमा आरटीआर १६० टुभी, १६० फोर भी, २०० फोर भी र आरआर ३१० का विभिन्न भेरियन्टहरु बिक्री वितरण गर्दै आएको छ ।