बेनेलीले ल्यायाे दशैं तिहार अफर
काठमाडौं । बेनेलीले दशैं, तिहार र छटको अवसरमा नयाँ अफर ल्याएको छ । कम्पनीले टीएनटी १५०आई र टीएनटी१५ दुई मोडलमा विभिन्न अफर ल्याएको हो । ग्राहकले कम्पनीको दुई मोडल किन्दा वा एक्स्चेञ्ज गर्दा विभिन्न अफर पाउने भएका हुन् । उनीहरुले ८ हजारदेखि १५ हजारसम्मको नगद छुट पाउने छन् । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । यसले १९११ देखीनै मोटरसाइकल पारखी बिच एक बैग्लै पहिचान बनाएको छ । नेपालको लागी बेनेलीको अधिकारित बिक्रेता के टी एम इन्टरन्यासनल ट्रेडिंग प्रा लि हो र कम्पनीले ३एस ( सेल्स्, स्पेएर, सर्भिस) को सुबिधा नेपाल को बिभिन्न ठाउँमा सजिलै सँग उपलब्ध गराउँदै आइरहेको छ । बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको कम्पनीले जनाएको छ ।
केटीएम ३९० एड्भेन्चर नेपाली बजारमा, आजैदेखि बिक्री शुरू, मूल्य कति ?
काठमाडौं । नेपालको प्रिमियम मोटरसाइकल ब्राण्ड केटीएमले ‘केटीएम ३९० एड्भेन्चर’को लञ्च गरेको छ । यो बाइकको बिक्री आजदेखि नै शुरु गरिएको छ । केटीएम ३९० एड्भेन्चर बाइक नेपालभरिका केटीएम शोरुमहरुमा ९ लाख ९९ हजार ९ सय रुपैयाँको मूल्यमा बुकिङ्ग सुरु गरिएको कम्पनीले जनाएको छ । नेपालको एड्भेन्चर बाइकिङ्गको उदाउँदो सेग्मेन्टमा केटीएम ३९० एड्भेन्चरले केटीएममा नै शानदार आगमन गरेको छ । एड्भेन्चर यात्रा र शहरको दैनिक जीवनमा राइडिङको मजा लिनको लागि केटीएम एड्भेन्चर बनाइएको कम्पनीले जनाएकाे छ । यसको “रेडी टु रेस” मन्त्र का साथ, केटीएमसँग मोटरस्पोर्टसहरूमा अतुलनीय इतिहास छ, जसमा ६६ वर्षभरिमा ३०० भन्दा विश्व च्याम्पियनशिपहरूको गौरवमय जित छ । डाकर र्याली नामक सबैभन्दा कठिन र्यालीमा केटीएमले लगातार प्रभुत्व जमाउँदै आएको छ र २००१ पछि आफ्नो केटीएम ४५० र्यालीको साथ १८ पटक च्याम्पियनशिप जितिसकेको छ । केटीएम ३९० एड्भेन्चर वास्तवमा डाकर विजयी केटीएम ४५० र्यालीबाट प्रेरित छ, केटीएमको उच्च इतिहासबाट प्रभावित र्याली रेसिंगमा चेसिस, प्रोफाइलिंग र अन्य विशेषता जस्तै कि ठूलो ईन्धन ट्यांक, एर्गोनोमिक्स र कुनै पनि सतहमा स्थिरता दिन, सुरक्षित र सजिलो सवारी सुनिश्चित गर्न विन्ड प्रोटेक्शनको व्यवस्था छ । ३९० एड्भेन्चर, एड्भेन्चर यात्राको लागि बनाइएको हो, जसमा लाइटवेट ट्रलिस् फ्रेम चेसिस्, १७० एमएम को अगाडिको व्हील भएको डब्लु पीको लङ्ग ट्राभल सस्पेन्शन छ, मेटजेलरको नोबी टायरहरु, २०० एमएमको उच्च ग्राउन्ड क्लीरेन्स, लङ्ग व्हीलबेस, विस्तारीत विन्डसिल्ड र ईञ्जिनको लागि सुरक्षित बेस प्लेट छ ।
किया बिगेस्ट सरप्राइज अफ द इयर: ४ लाख रुपैयाँसम्म नगद छुट र अन्य आकर्षक सुविधा
काठमाडौं । नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले चाडपर्वको मौका पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा चार लाख रुपैयाँसम्मको सर्वाधिक डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ । योजना अवधिमा कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले उक्त डिस्काउन्ट पाउने छन् । ग्राहकहरुको चाडपर्वलाई अझ उत्सवमय बनाउन कम्पनीले डिस्काउन्टका अतिरिक्त अन्य सुविधा पनि दिएको छ । यो योजना अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बीमा सुविधा पाउनेछन् । योजना अवधिमा बिक्री हुने गाडीको एक वर्षको सडक कर पनि कम्पनीले नै बेहोर्नेछ । कम्पनीले ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना अन्तर्गत दिएको डिस्काउन्ट र अन्य सुविधा देशभरका किया डिलरबाट लिन सकिने बताइएको छ । कम्पनीले केही दिनअघि कियाको भारतस्थित प्लान्टमा निर्मित सोनेटको मूल्य सार्वजनिक गर्दै त्यसको बुकिङ पनि खुल्ला गरेको छ । कम्पनीका अनुसार सोनेटको सुरुआती मूल्य ३५ लाख ९० हजार तोकिएको छ ।