टाटा मोटर्स कार्निभल शुरु, टाटाको प्यासेन्जर गाडीमा ३ लाख सम्मको छुट

काठमाडौँ । टाटा मोटर्सले हरेक बर्ष मनाउँदै आएको कार मेलालाई यस बर्ष परिमार्जित रुपमा ‘टाटा मोटर्स कार्निभल’ नाम दिई शुरु गरेको छ । २०१९ अगस्ट १ देखि शुरु भएको ‘टाटा मोटर्स कार्निभल’ विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म टाटा मोटर्सको शोरुम थापाथली काठमाण्डौंमा सञ्चालन हुनेछ । नेपालमै पहिलो पटक सिप्रदी ट्रेडिङ्ग प्रालिे टाटा मोटर्स कार्निभल आयोजना गर्न लागेको हो । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि हो । यसअघि पनि सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो टाटा मोटर्स कार्निभल नेपालमा आयोजना हुने सबै भन्दा ठूलो र भब्य कार्यक्रम भएको कम्पनीले जनाएको छ । यस कार्यक्रमका मुख्य विषेशताहरुमा टाटाको प्यासेन्जर गाडिहरुमा ३ लाख सम्मको छुट, विभिन्न आर्कषक उपहार, लक्की ड्र, १ लाखसम्मको एक्सेन्ज बोनस, टेष्ट ड्राईभ, संगित, मनोरञ्जन र विभिन्न खानाका परिकारहरु समेत रहेको छ । यो कार्यक्रमले सुस्ताइ रहेको अटोमोबाइल बजारलाई जागरुक बनाई ग्राहक माझमा एउटा नयाँ हर्ष र उल्लासको माहोल ल्याउनेमा पूर्ण विश्वास रहेका नेपालका लागि टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजित नारायण सिंहले बताए । टाटा मोटर्स कार्निभलबाट बजारमा रहेकोभन्दा आकर्षक छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्ण रुपमा सन्तुिष्ट र लाभ प्राप्त हुने विश्वास लिएको सिप्रदी ट्रेडिङ्ग प्रालिका सिइओ राजनबाबु श्रेष्ठ बताउँछन् । लक्की ड्रबाट बुकिङ्ग गर्दाको अफरहरु यस्ता छन्ः – एक भाग्यशाली जोडिलाई यूरोप भ्रमण/एप्पलको सेट/ ३ लाखसम्मको नगद छुट । – १ लाखसम्मको लोएल्टी बोनश । – एक वर्षसम्मको लागि रोड टयाक्समा छुट । – डोर प्राईजमा एकजनालाई ब्याङकक भ्रमण । – बुकिङ्गमा लक्की ड्र मार्फत एक सामसुङ्गको ३२ ईन्च टिभी उपहार । – परीक्षण टेष्टमा एक भाग्यशालीलाई लक्की ड्र बाट हुवाईको स्मार्ट फोन । – पूरानो सवारी मूल्यांकनमाएक भाग्यशालीलाई लक्की ड्र बाट दक्षिणकाली भिलेज रिर्सोटमा एक रातको बास । – प्रत्येक टेष्ट ड्राईभमा २जनालाई फिल्मको टिकट । – प्रत्येक गाडिको डेलिभरीमाआकर्षक उपहारहरु ।

हुण्डाई एक्सचेन्ज योजना विहिबारबाट शुरु

काठमाडौँ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विहिबारदेखि हुण्डाई एक्सचेञ्ज योजना ल्याएको छ । यो योजना साउन २३ गते साँझ ६ बजेसम्म जारी रहने कम्पनीले जनाएको छ । यो जोजनामा एक्सचेञ्जका साथै स्पोट एक्सचेञ्ज एण्ड भ्यालुएशन, इजी फाइनान्स एण्ड इन्स्योरेन्स, एट्रयाक्ट्रिभ क्यास डिस्काउण्ट, लोयल्टी बोनस रु. १५००० र एक्सचेञ्ज बोनस १ लाख ५० हजारसम्म दिइने छ । साथै ४ वर्षको फ्रि सर्भिस र ३ वर्षको वारेन्टी रहने जनाइएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रवन्धक रुपेश शर्मा भट्ट भन्छन्–‘ग्राहकहरुलाई सधै उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ ।’

नयाँ ट्याक्सीमा २० वर्ष पुराना नम्बर, दर्ता नखुल्दा ११ लाखसम्ममा बिक्री

काठमाडौँ । सरकारले गत चैत्रबाट २० वर्षे सवारी साधन विस्थापित गर्ने निर्णयलाई कार्यान्वयनमा ल्यायो । २० वर्षे सवारी साधनहरुलाई खारेज गर्ने निर्णय कार्यान्वयनमा आएपछि ती पुराना सवारी साधनको नम्बर किनबेच फस्टाएको छ । पुराना नम्बर बारेमा भने सरकारले केही निर्णय नगर्दा किनबेचमा कालोबजारी भएको छ । बिचौलियाहरुले फाइदा लिइरहेका छन् । काठमाडौँ उपत्यकामा २० वर्षे सवारी साधनहरु हट्दै गएपनि २० वर्ष पुराना ट्याक्सीहरुका नम्बर खरिद बिक्रीमा भने कालोबजारी र सिण्डिकेट मौलाएको छ । सरकारले स्पष्ट मापदण्ड नल्याउँदा, नयाँ ट्याक्सी दर्ता नखोलिदिँदा र उचित नियमन नगरिँदा बिचौलियाहरुले अबैध धन्दा गरिरहेका छन् । २० वर्ष नाघेका ट्याक्सीको नम्बर प्लेटको १०-११ लाख रुपैयाँमा खरिद विक्री हुने गरेको पाइएको छ । सरकारले ट्याक्सीको संख्या उल्लेख्य रहेको भन्दै नयाँ ट्याक्सी दर्ता गर्ने काम रोकेको छ, तर ट्याक्सी चलाउन इच्छुकहरुले भने १०÷११ लाख रुपैयाँको पुरानो नम्बर प्लेट खरिद गरेर नयाँ ट्याक्सी चलाइरहेका छन् । सार्वजनिक सवारी साधन सुधार अभियन्ता रामबहादुर थापाले ट्याक्सीमा कालो बजारी र सिण्डिकेट मौलाएको गुनासो गरे । ‘पुराना नम्बर प्लेटलाई नयाँ सवारी साधनमा दर्ता गराउनु सरकारको गल्ति हो’ उनले भने–‘सरकारले नयाँ ट्याक्सी दर्ता खोल्यो भने व्यक्तिले २०÷२१ लाखमा नयाँ ट्याक्सी किनेर व्यवसाय गर्न पाउँछ, उसले त्यहि अनुसारको भाडा निर्धारण गर्छ, राज्यको राजश्व पनि थपिन्छ, मान्छेले रोजगारी पनि पाउँछ ।’ ‘अहिले सरकारले नयाँ ट्याक्सी दर्ता नखोलिदिँदा उनीहरुले नम्बर प्लेट किनेकोसहित जोडेर भाडा निर्धारण गरेको हुन्छ, त्यो महँगो भाडाले जनता मारमा पर्छन’-उनले भने । नेपाल मिटर ट्याक्सी सेवा प्रालिका अध्यक्ष हरिकृष्ण बस्नेतले राज्यले मनपरि ढंगले जे मन लाग्यो त्यही गरेको गुनासो गरे । उनले ट्याक्सीको संख्या बढी भएकोलेपनि नयाँ दर्ता नखोलेको हुन सक्ने प्रतिक्रिया दिए । यस्तै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य तेजप्रसाद गौतम पनि उपत्यकामा उल्लेख्य मात्रामा ट्याक्सीहरु भएको र त्यसको पनि व्यवस्थापन हुन नसकेको बताउँछन् । उनले सरकारको २० वर्षे गाडीलाई विस्थापन गर्ने नीलिाई साथ दिन पुराना गाडी विस्थापन र सोको सट्टामा नयाँ गाडी ल्याइराखेका बताए । यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने पुराना ट्याक्सीको नम्बर प्लेट नयाँ ट्याक्सीमा राख्ने काम उचित नरहेको बताए । विभागले अनलिमिटेड ट्याक्सी दर्ता गराउनु पर्छ, ट्याक्सीमा कोटा सिस्टम लगाउनु हुँदैन भन्ने लगायतका मापदण्डहरुको पक्षमा आफु रहेपनि त्यसको सुनुवाई भने मन्त्रालयबाट हुन नसकेको बताए । नेपाल सरकारले २०५७ सालमा बाग्मती अञ्चलमा ट्याक्सी दर्ता बन्द गरेको थियो । त्यतिखेर ट्याक्सीको संख्या ७ हजार ५ सय रहेको थियो । त्यो संख्या घटेर अहिले ५ हजार ६ सय ५० रहेको छ । त्यसपछि पुनः सरकारले विसं. २०७२ सालमा ३३ सय ५० नयाँ ट्याक्सी दर्ता खोल्यो ।