एनएमबी बैंकले किया अटोमोबाइलका गाडी किन्न २४ घण्टाभित्रै अटो लोन दिने

काठमाडौं । एनएमबी बैंकले किया अटोमोबाइलका गाडी किन्न २४ घण्टाभित्रै अटो लोन दिने भएकाे छ । जसकाे लागि एनएमबी बैंक र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिंग ईन्टरप्राईजिङ्ग बीच किया अटोमोबाइलको प्राथमिक फाईनान्सिङ्गको रुपमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएकाे छ । समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेज प्रा. लि.का तर्फबाट निर्देशक आशिष पौड्यालले हस्ताक्षर गरेका छन् । उक्त साझेदारीको प्रावधान अनुरुप एनएमबी बैंकले कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेजद्वारा रेफर गरिएको एनएमबी अटो लोन सर्वसुलभ ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता ग्राहकहरुलाई प्रदान गर्दछ । दुबै संगठनहरूले संयुक्त रूपमा साझेदारीलाई बढावा दिनेछन् र ग्राहकसंगको अन्तक्रियाले ब्रान्ड भ्यालु बढाउन ग्राहकको अनुभव बढाउन सुनिश्चितता गर्नेछ । ‘आ मोटर्स लगातार स्थीर रुपमा दक्षिण कोरियाबाट आयातित एक सर्वोत्कृष्ट अटोमोबाइल ब्रान्डको रूपमा रहेको छ र हामी विश्वस्त छौं कि कन्टिनेन्टल ट्रेडिंग इन्टरप्राइजेज प्रा. लिमिटेड जसले एक दशक भन्दा बढी समयदेखि आफ्नोे ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको छ, जससंगको यो सहकार्यले ग्राहकहरूको लागि सहज वित्तीय सुविधा सहित एक उत्तम मोटर वाहनको ब्रान्ड प्राप्त गर्ने चाहना साकार गर्ने मद्दत गर्नेछ ।,’ बैंकले जनाएको छ ।

यस्तो छ अत्याधुनिक विशेषतायुक्त ‘जीप कम्पास ट्रेलहक’, मूख्य फिचरमा ९ गियर

काठमाडाैं । अमेरिकन अटोमेकर कम्पनी ‘जीप’ को नेपालका लागि आधिकारीक बिक्रेता एमएडब्लू लाईफले ‘जीप कम्पास’ का विभिन्न मोडेलहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । ती मोडेलहरुमध्ये उत्कृष्ट ट्रान्समिशन, पावरफुल इञ्जिन, राम्रो माइलेज, उत्कृष्ट अफरोड क्षमता र मल्टिपल टेरेन मोड्स समावेश भएको एसयूभी ‘जीप कम्पास ट्रेलहक’अत्याधुनिक विशेषतायुक्त एउटा प्रिमियम एसयूभी हो । कम्पनीले हाल नेपाली बजारमा १ करोड २८ लाख ८० हजार रुपैयाँ मूल्य तोकेको यस एसयूभीमा २.० लिटर टर्बोचार्ज्ड डिजेल इञ्जिन दिइएको छ जसले १७३ पीएसको पावर र ३५० एनएमको टर्क प्रोड्युस गर्दछ । यो इञ्जिनमा ९-स्पिड अटोमेटिक म्यानुअल ट्रान्समिशन पनि दिइएको छ । यस एसयूभीलाई जीप एक्टिभ ड्राइभ ४x४ लो सेटिङ्गको साथ पेश गरिएको छ । यसमा ड्राइवरले टेरेन सेलेक्सनमा अटो, स्नो, मड र स्यान्ड जस्ता ड्राइभिङ्ग मोडको अप्सन पाउने छन् । यस एसयूभीमा १७ इञ्चको अलोए व्हिल्स, ८.४ इञ्च यू कनेक्ट इन्फोटेन्मेन्ट सिस्टम, बिल्ट-इन-नेभिगेशन र ७ इञ्च मल्टि-इन्फर्मेशन डिस्प्ले पनि समावेश छ । त्यसैगरी, अन्य फिचरहरुको रुपमा क्रूज कन्ट्रोल, इञ्जिन स्टार्ट/स्टप र एउटा प्यानारोमिक सनरुफ पनि दिइएको छ । कम्पास ट्रेलहकमा ७० भन्दा बढि सेफ्टि र सेक्युरिटी फिचरहरु समावेस छन् । यस एसयूभीमा ६ ओटा एयर ब्यागहरु, रोल ओभर मिटिगेसन, स्पिड वार्निङ्ग, एबीएस सिस्टम, ईबीडी सिस्टम, हिल डिसेन्ट कन्ट्रोल, इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक, ट्र्याक्सन कन्ट्रोल सिस्टम, कर्नरिङ्ग फग ल्याम्प्स, पेडेस्ट्रियन प्रोटेक्सन, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, लेन डिपार्चर वार्निङ्ग प्लस, फुल स्पिड कोलिजन प्लस, फ्रन्ट एण्ड रियर पार्किङ्ग सेन्सर्स, रियर क्रस पाथ डिटेक्सन लगायतका सेफ्टि फिचरहरु पाउन सकिन्छ । यस अफरोडरको ग्राउण्ड क्लियरेन्स २०५ मिलिमिटर रहेको छ भने फ्युल ट्याङ्क क्यापासिटि चाहिँ ६० लिटरको रहेको छ । त्यसैगरी ५ सिटर यस एसयूभीले १६.३ केएमपीएलको माइलेज दिन्छ । वास्तवमा रेड एक्स्टेन्सनको साथ ओभरअल ब्ल्याक इन्टेरियर थिम दिइएको यस एसयूभीले सबैलाई लोभ्याउने निश्चित छ ।  

दशैंमा हिरोको बाइक अथवा स्कुटर किन्ने सोच्दै हुनुहुन्छ ? यस्तो छ मूल्यसूची

काठमाडाैं । इण्डियन मोटरसाइकल एवं स्कुटर मेनुफेक्चरिङ्ग कम्पनी ‘हिरो मोटोकर्प’ को नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्ग प्रा.लि.ले नेपाली बजारमा हिरोको १२५ सीसी सम्मका स्कुटर तथा २०० सीसी सम्मका मोटरसाइकलहरु विक्री वितरण गर्दै आइरहेको छ । हाल नेपालमा हिरोका स्कुटर तथा मोटरसाइकल गरी १६ अलग मोडेलहरुको विक्री वितरण भइरहेको छ । बजारमा बढिमा २ लाख १० हजार रुपैयाँ मूल्यसम्म पर्ने हिरोका स्कुटरहरु तथा ३ लाख ८८ हजार रुपैयाँ मूल्यसम्म पर्ने मोटरसाइकलहरु उपलब्ध रहेका छन् । मजबुत पार्ट्सहरु भएको, सहजै मेन्टेन गर्न सकिने, बढि माइलेज प्रदान गर्ने र उचित मूल्य पर्ने मोटरसाइकल तथा स्कुटरहरु उत्पादन गर्ने ब्राण्डको रुपमा हिरो चर्चित रहेको छ । यो दशैंमा हिरोका जुनसुकै मोडेलका बाइक तथा स्कुटर खरीद गर्ने ग्राहकहरुले रु.५००० पक्का डिस्काउन्ट पाउनेछन् भने हरेक स्क्र्याचमा १ लाख रुपैयाँसम्म पाउन सक्नेछन् । त्यसैगरी कम्पनीका अनुसार ‘सजिलै हिरो’ योजना अन्तर्गत हिरोका सवै बाइक तथा स्कुटरहरु ० प्रतिशत डाउनपेमेन्टमै उपलब्ध छ । हाल नेपालमा उपलब्ध भइरहेका हिरोको स्कुटर तथा मोटरसाइकलको मूल्य सूची भने यस प्रकार रहेको छः