महिन्द्रा टू व्हीलरको दशैं स्किमको बम्पर विजेता छनौट, ताप्लेजुङ्गका हरि खतिवडाले पाए पाँच लाख नगद उपहार
काठमाडौं । महिन्द्रा टु–व्हीलर्स्को आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको बिक्री वितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा. लि. ले गत अश्विन महिनाको दशैं क्याम्पेन अन्तर्गत ल्याएको “महिन्द्रामा यस पाली, लख पति बनौं दुई ताली” नामक स्किमको विजेता बुधबार घोषणा गरिएको छ । यस योजना अनुसार विर्तामोड–७, झापा स्थित साई अटोमोबिल प्लाजा अन्तर्गत ताप्लेजुङ्गका हरि खतिवडाले पाँच लाख नगद उपहार समेत पाएका छन् । स्किम अनुसार स्क्रयाच् कार्ड मार्फत उनले सो धनराशि जितेका हुन् । यसरी समय समयमा विभिन्न चाडपर्व तथा अन्य कार्यक्रमहरुको अवसरमा कम्पनीले आफ्ना ग्राहकहरुलाई स्किम तथा अफरहरु मार्फत अतिरिक्त सेवा प्रदान गराउँदै आएको छ ।
फियाट्को ‘गेट मोर विथ पुन्टो प्युअर’ नेपाली बजारमा, मूल्य २२ लाख ८९ हजार रुपैयाँ मात्र
काठमाडौं, १२ माघ । नेपालका लागि फियाट्को आधिकारिक विक्रेता लाइफ अटोमोबाइल प्रालिले बुधबार नयाँ स्किम- ‘गेट मोर विथ पुन्टो प्युअर’ सार्वजनिक गरेको छ । नयाँ स्किममा लाइफ अटोमोबाइलले फियाट् पुन्टो प्युअरको खरिदमा भारी छुट र सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । उक्त कार खरिदकर्ताले विशेष नगद छुट, एक वर्षको लागि गाडीको विमा, एक वर्षको सवारी कर, निःशुल्क एसोसरिज, रिभर्स क्यामेरा, आठ पटक निःशुल्क सर्भिसिङ, एक्सचेन्ज बोनस र लोयाल्टी बोनस लगायतका सुविधा पाउने कम्पनीले जनाएको छ । पुन्टो प्युअर यसै वर्ष नाडा अटो शोमार्फत नेपालमा ल्याइएको थियो । त्यसयता, यो युरोपेली कारले कार पारखीहरुको मन जित्न सफल भइरहेको छ । कम्पनीका अनुसार पुन्टो प्युअर १२ सय सीसीको इन्ट्रिलेभर कार हो । युरोपियन विल्ड, फोर सिलिन्डर, स्पेसियस इन्टेरियर र क्लास लिडिङ ग्राउन्ड क्लेरेन्स यसका विशेषताहरु हुन् । पुन्टो प्युअर एक्जोटिक रेड, हिपहप ब्ल्याक र सेतो रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । दुई सय ८० लिटर बुट भएको पुन्टो प्युअरको ग्राउन्ड क्लेरेन्स एक सय ९५ सीसी रहेको छ जसले गर्दा खराब सडकमा पनि आरामदायी यात्राको अनुभव दिलाउँछ । यसमा फायर प्रिभेन्सन सिस्टम समेत रहेको छ । कम्पनीका अनुसार यो प्रविधिले दुर्घटना हुँदा इन्धनको आपुर्ति काटेर आगलागी हुनेबाट रोक्छ । फियाट् इटालियन ब्रान्डको गाडी हो जुन संसारभरि लोकप्रिय छ । यो ब्रान्डका गाडी ६६ देश र सबै महादेशमा उपलब्ध छन् । नेपालीमा लाइफ अटोमोबाइलले पुन्टो प्युअरबाहेक एभेन्च्युरा, पुन्टो इभो, अबार्थ पुन्टो र एभेन्च्युरा पावर्ड बाई अबार्थ बिक्री गर्दै आएको छ । नेपाली बजारमा पुन्टो प्युअरको मूल्य २२ लाख ८९ हजार रुपैयाँ रहेको छ ।
२० वर्ष पुराना गाडी प्रतिवन्ध, अटेर गरी चलाए सडकबाटै जफत
फाइल तस्बिर काठमाडौं १०, माघ । वातारण प्रदुषण र सडक दुर्घटनाका प्रमुख कारक बनेका २० वर्ष पुराना गाडी फागुन १८ पछि काठमाडौं उपत्यकामा चलाउन पूर्ण प्रतिबन्ध लगाईने भएको छ। त्यस्ता गाडी सडकमा निकाले सरकारले जफत गर्नेछ। यातायात व्यवस्था विभागले व्यवसायीले अटेर गरी त्यस्ता गाडी चलाए जफतसहित कारबाही गर्नेछ। विभागमा महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार काठमाडौंमा गुड्दै आएका २० वर्ष पुराना कालो नम्बर प्लेट (भाडा) का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेम्पो फागुन १८ पछि सडकमा ल्याउन पाइने छैन। यो निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले अनुगमन गर्नेछ। नागरिक दैनिकबाट ।