टीभीएस रोनिन २२५–२०२५ एडिसन ‘मिडनाइट ब्लु’ नाइमा एक्स्पोमा सार्वजनिक
काठमाडौं । जगदम्बा मोटर्सले नाइमा अटोमोबिलिटी एक्स्पोमा ‘मिडनाइट ब्लु’ रंगमा टीभीएस रोनिन–२२५ २०२५ एडिसन सार्वजनिक गरेको छ । विशिष्ट डिजाइन, बहुउपयोगी प्रदर्शन र उन्नत राइडर– केन्द्रित सुविधाहरूका कारण बाइकले मोटरसाइकल प्रेमीहरूको ध्यान खिच्न सफल भयो । ‘मिडनाइट ब्लु’ रोनिन २२५ ले अत्याधुनिक प्रविधि, परिष्कृत इन्जिनियरिङ र अनुकूल प्रदर्शन संयोजन गरेको छ। बाइकमा रहेको परिष्कृत इन्जिन स्मूथ टर्क डेलिभरी र उत्तरदायी थ्रोटल प्रदर्शनका लागि ट्युन गरिएको छ । राइडरहरूले सजिलै ‘अर्बन’ र ‘रेन’ राइडिङ मोडबीच स्विच गर्न सक्ने कम्पनीले जनाएको छ । २०२५ एडिसनमा थुप्रै परिष्कृत सुविधाहरू समावेश छन् । स्मार्ट एक्स कनेक्ट, डुअल-च्यानल एबीएस मोड, अपसाइड–डाउन (यूएसडी) फ्रन्ट फोक्र्स, एडजस्टेबल लेभरहरू र राइडिङ मोड (रेन र अर्बन) रहेको छ ।
नाइमामा एनटर्क डिस्क एफआईका आकर्षक नयाँ रङहरू सार्वजनिक
काठमाडौं । टीभीएस नेपालले नाइमा अटो मोबिलिटी शोको तेस्रो दिन आफ्नो एनटर्क डिस्क एफआई स्कुटरको नयाँ कलर भेरियन्ट सार्वजनिक गरेको छ । एनटर्क डिस्क एफआई स्कुटर टर्कोइस ब्लु र नार्दो ग्रेका दुई आकर्षक रङ्गहरूमा सार्वजनिक भएको हो । आधुनिक यात्रुहरूलाई ध्यानमा राखी डिजाइन गरिएको एनटर्क डिस्क एफआईमा स्मार्ट प्रविधि र पफोर्मेंसलाई संयोजन गरिएको छ । परिष्कृत १२४.८ सिसीको ३–भल्भ फ्युल–इन्जेक्टेड इन्जिनले यो स्कूटरलाई सहज र शक्तिशाली बनाउँछ, जसले करिब ४५ किलोमिटर प्रतिलिटरको माइलेज दिने दावी कम्पनीको छ । रेसिङ शैलीबाट प्रेरित यसको आकर्षक डिजाइन र टि-आकारको एलईडी टेल ल्याम्पले नेपाली सडकहरूमा सबैको ध्यान आकर्षण निश्चित छ । नेपाली बजारको लागि २ लाख ८२ हजार ९०० मूल्य निर्धारण गरिएको नयाँ एनटर्क डिस्क एफआई भेरिएन्टहरूमा यस सेगमेन्टमै अगाडि रहने विशेषताहरू समावेश गरिएका छन् । शैली, सुरक्षा र स्मार्ट फिचरको समायोजनले यो स्कुटरलाई आफ्नो क्लासमा एक उत्कृष्ट विकल्प बनाएको छ । पाँच दिनसम्म चल्ने यो अटो शोमा ५० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले गाडी, इलेक्ट्रिक सवारी (ईभी), हाइब्रिड र वातावरणमैत्री सवारीहरू प्रदर्शन गर्नेछन् ।
नाइमा मोबिलिटी एक्स्पोमा माज्दा सीएक्स-६० सार्वजनिक, मूल्य १ करोड ५१ लाख
काठमाडौं । नाइमा मोबिलिटी एक्सपो २०२५ मा पारामाउन्ट मोटर्सले माज्दा सीएक्स-६० सार्वजनिक गरेको छ । यो मोडल ‘अल ह्विल ड्राइभ’ सिस्टमसहित नेपाली बजारमा ल्याइएको हो । माज्दा सीएक्स–६० को लम्बाइ ४५५० मिमी, चौडाइ १८४० मिमी र उचाइ १६६० मिमी रहेको छ । यसमा २।५ लिटर क्षमताको इन्जिन प्रयोग गरिएको छ, जसले अधिकतम १८५ बीएचपी पावर र २५० एनएम टर्क उत्पादन गर्छ । गाडीको टप स्पिड १८० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जानकारी दिएको छ । इन्टेरियर डिजाइन प्रिमियम स्तरको छ भने सुरक्षाको दृष्टिकोणले पनि यो गाडी निकै उन्नत छ । माज्दा सीएक्स–६० मा ६ वटा एयरब्याग, भेइकल स्टेबिलिटी कन्ट्रोल ३६० डिग्री क्यामेरा तथा विभिन्न प्रकारका सेन्सरहरू जडान गरिएको छ । कम्पनीले यस एसयूभीको मूल्य १ करोड ५१ लाख रुपैयाँ निर्धारण गरेको छ । नाइमा एक्स्पोबाटै यो गाडी बिक्री गर्न थालेको छ ।