अलिशा राईको नयाँ रोजाइ : ओमोडा ई-फाइभ

काठमाडौं । चर्चित अभिनेत्री तथा उद्यमी अलिशा राईले ‘ओमोडा ई–फाइभ लक्जरी भेरियन्ट’ आफ्नो नयाँ गाडीको रूपमा रोजेकी छिन् । विद्युतीय सवारीको यात्रामा पहिलो पाइला चालेकी राईले स्टाइलिस र  जीवनशैलीसँग मेल खाने यो मोडेल छनोट गरेकी हुन् । ‘लुट २’ मार्फत चर्चामा आएकी र 'राई भाषाको फिल्म बिनायो' मा मन जितेकी अलिशाको यो छनोट नेपाली सेलिब्रेटीहरूमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दो क्रममा देखिएको प्रमाण हो । ओमोडा ई-फाइभ लक्जरी र डिलक्स गरी दुई संस्करणमा उपलब्ध छ । एक पटक चार्ज गर्दा ४३० किलोमिटरसम्म यात्रा गर्न सक्ने यस गाडीले ० देखि १०० किमि प्रतिघण्टा ७.६ सेकेन्डमा पुग्न सक्छ भने अधिकतम गति १७२ किमि प्रतिघण्टा रहेको छ । यसमा समावेश प्रविधि, सुरक्षाका अत्याधुनिक फिचरहरू र आकर्षक डिजाइनका कारण ओमोडा ई-फाइभ अहिलेका स्मार्ट र सचेत ग्राहकहरूका लागि उपयुक्त विकल्प बन्दै गएको कम्पनीले जनाएको छ । नेपालमा ओमोडा जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले इच्छुक ग्राहकहरूलाई नजिकको शोरूममा आएर परीक्षण ड्राइभ लिन आमन्त्रण गरेको छ ।

रुपनी रोडमा बजाजको बम्पर एक्सचेन्ज अफर, नेपाली नागरिकतामै बाइक फाइनान्स

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं विक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले राजविराजको रुपनीमा ‘बजाज ग्राण्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ । जेठ ११ गतेदेखि सुरू हुने यो योजना जेठ १६ गतेसम्म चल्नेछ। मेलामा जुनसुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटा–साट गर्न सकिने जनाइएको छ । मेलामा ग्राहकहरुले मात्र नेपाली नागरिकताको आधारमा बजाजका बाइकहरू फाइनान्स गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैयाँ अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आकर्षक छुटसहितको योजना ल्याइएको हो । झन्डै ७० भन्दा देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइलको यो साटासाट कार्यक्रमअन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यो योजनाअन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरुलाई निःशुल्क बजाज मोटरसाइलका सामग्रीहरु तत्काल उपलब्ध गराउने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

गभर्नर पौडेल र नाडाका अध्यक्ष चौधरीबीच भेटवार्ता, नाडाले दियो यस्ता सुझाव

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका प्रतिनिधिले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेका छन् । अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गभर्नर पौडेलसँग भेटगरी नेपालको मोद्रिक नीतिसँग सम्बन्धित अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा विस्तृत रूपमा छलफल गरेको छ । सो भेटमा अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल कार्यान्वयनयोग्य पाँचबुँदे सुझावहरू प्रस्तुत गरेका थिए । उक्त छलफलमा वित्तीय पहुँच अभाव, विद्युतीय तथा प्रिमियम सवारी साधनमा कर्जाको व्यवहारिक अवरोध, कर्जा नीतिमा देखिएको असमञ्जस्यता र निष्पक्ष वित्त प्रणालीका लागि नियमनको आवश्यकताको विषयमा गम्भीर छलफल गरेको छ । नाडाका मुख्य सुझावहरू अटोमोबाइल क्षेत्रका लागि ऋण प्रवाहको व्यवहारिक कार्यान्वयन यद्यपि राष्ट्र बैंकले अटो ऋण खोल्ने निर्णय लिएको एक वर्ष भइसकेको छ, तर व्यावहारिक रूपमा बैंकहरूबाट कर्जा प्रवाह रोकिएको छ । यसले सम्पूर्ण उद्योगलाई प्रभावित गरिरहेको भन्दै नाडाले तत्काल कार्यान्वयनका लागि स्पष्टता र सुनिश्चित गर्न माग गरेको हो । लोन टु भ्यालु अनुपात न्यूनतम ७० प्रतिशत बनाइयोस्  हालको ५० प्रतिशत लोन टु भ्यालु सीमाले ग्राहक तथा व्यवसाय दुवैलाई अवरोध सिर्जना गरेकोले सम्पूर्ण अटोमोबाइल सेग्मेन्टका लागि बढाएर यथार्थपरक स्तरमा ल्याउन नाडाले आग्रह गरेको हो ।  डेब्ट सर्भिस टु ग्रस इनकम रेसियोमा लचकता ल्याइयोस् हालको सख्त डीएसआर नीतिले मध्यम वर्र्गीय तथा तलबदरमा आधारित ग्राहकलाई ऋण पाउन कठिनाइ भएको भन्दै यसमा व्यवहारिक लचकता ल्याउनुपर्नेमा नाडाकाे जोड छ ।  ईभी तथा डाइब्रिड सवारीका लागि लक्षित कर्जा योजना ल्याइयोस् देशको दिगो ऊर्जा र वातावरणीय लक्ष्यलाई साथ दिन विद्युतीय तथा हाइब्रिड सवारी साधनका लागि विशेष कर्जा सुविधा, पुनःवित्तीयन र प्रोत्साहन कार्यक्रमहरू आवश्यक रहेको  नाडाकाे सिफारिस छ । वित्तीय प्रणालीमा निष्पक्षता सुनिश्चित गर्न नियमन कडाइ गरियोस् ग्राहकलाई निश्चित डिलर सम्बद्ध बैंकबाट मात्र ऋण लिन दबाब दिने वा प्रतिस्पर्धी संस्थामाथि अवरोध सिर्जना हुने व्यवहार रोक्न राष्ट्र बैंकले कडा नियमन गर्नुपर्ने माग  छ । सो भेटघाट तथा छलफलको क्रममा अध्यक्ष चौधरीले अटोमोबाइल उद्योग, नेपालको राजस्व, रोजगारी, प्रविधि स्थानान्तरण र दिगो विकास लक्ष्यसँग प्रत्यक्ष सम्बन्धित छ भन्दै यसलाई सबल बनाउन नीति, वित्त र व्यवहारबीच सन्तुलन अत्यावश्यक रहेको बताए । छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले दिर्घकालीन आर्थिक नीति तय गर्ने विषयमा नेपाल राष्ट्र बैंकको सहयोगमा नाडाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने विषयमा प्रस्ताव गरे । सो छलफलको अन्त्यमा गभर्नर डा. पौडेलले नाडाको सुझावहरूलाई गम्भीरताका साथ लिइने बताउँदै आवश्यक विषयहरूमा छलफल गरी समन्वय समेत गरिने आश्वासन दिए  । सो भेटघाट तथा छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्वय यमुना श्रेष्ठ तथा दीपेन्दकुमार मिश्र समेतको उपस्थिति रहेको थियो ।