तरकारी खेतीबाट वार्षिक २५ लाख बढीको आम्दानी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा २५ लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन् । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आएका हु्न् । दश कठ्ठा मात्रै आफ्नो जग्गा भएका बताउँदै उनले दुई बिघा तरकारी खेतीका लागि भाडामा लिएको जानकारी दिए । उनका अनुसार वार्षिक एक सय टन बढी तरकारी उत्पादन हुने गरेको छ । मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएको भन्दै खड्काले अहिले खेतमा काउली, बन्दा, गोलभेडा, सुर्खानी, भान्टा, मुला, सिमला मिर्च, हरियो र धनियाँ लगाइएको बताए । ‘केही महिनाअघि मात्रै हरियो धनियाँ र सागपात मात्रै दुई लाख बढीको बिक्री भएको छ’, उनले भने, ‘वर्षमा १० लाख रुपैयाँ बढीको काउली मात्रै बिक्री हुने गरेको छ ।’ उत्पादित तरकारी महेन्द्रनगर बजार पुर्‍याएर बेच्दै आएको उनले बताए । खड्का वडाका एक्ला व्यावसायिक तरकारीखेती गर्ने किसानका रुपमा रहेका छन् । तरकारी खेतीसम्बन्धी तालिम नलिएको जनाउँदै खड्काले अरुका बारीमा तरकारीका लागि खेत तयार गर्ने र लगाउने गरेर सिकेको बताए । त्यसरी सिकेको सीपलाई निरन्तरता दिँदै आएको उनको भनाइ थियो । ‘कुनै निकायबाट तरकारी खेतीसम्बन्धी सीप सिक्ने अवसर पाइएन’, खड्काले भने, ‘गर्दै जाँदा सिकिँदोरहेछ । तालिम नलिए पनि तरकारी खेतीमा अरुभन्दा कम छैन । यसैबाट जीविकोपार्जन भइरहेको छ ।’ किसान परियोजना–२ बाट एउटा सिँचाइका लागि बोरिङ र सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालयबाट ५० प्रतिशत अनुदानमा एउटा खेत जोत्ने पावर टिलर सहयोग पाएको उनले जानकारी दिए । ‘तरकारी खेतीका लागि अन्य अनुदान पाइन्छ भन्छन् त्यो पनि पाएको छैन, आफ्नै सीप र पौरखमा तरकारी खेतीलाई अगाडि बढाउँदै आएका छौँ’, उनले भने । तरकारी खेतीबाट आएको आम्दानीले १२ जनाको संयुक्त परिवारको जीविकोपार्जन भएको जनाउँदै खड्काले पक्की घरसमेत बनाएको बताए । ‘छोरा, बुहारी, म र श्रीमती बिहानदेखि साँझसम्म तरकारी बारीमा काम गरिरहेको हुन्छौँ’, उनले भने, ‘खेतीमा सिँचाइ गर्ने, गोडमेल गर्ने, तरकारी टिप्ने र बजारसम्म लगेर बिक्री गर्ने कार्यमा व्यस्ता हुन्छौँ ।’ तरकारीखेती गर्नु अघि खड्काले स्वामित्वको जग्गामा अरु किसानले झैँ धान, गहुँ खेती लगाउने गर्थे । परिवारका लागि वर्षभरि खान पनि मुश्किलले पुग्ने गर्दथ्यो । घर खर्च चलाउनका लागि १५ लाखसम्म ऋण लागेको उनले सुनाए । ‘सुरुआतमा एक कट्ठा जग्गामा तरकारीखेती गर्‍यौँ । २५ हजार आम्दानी भयो, धान, गहुँभन्दा निकै आम्दानी हुने भएपछि तरकारी खेतीको क्षेत्रफल बढाउँदै लग्यौँ’, खड्काले भने, ‘आम्दानी बढ्दै गयो, घर खर्च चलाउन लिइएको ऋण तिर्न भ्यायौँ ।’ केही वर्षदेखि जग्गा भाडामा लिएर तरकारीखेती गर्न थालेपछि आम्दानी थप बढ्न थालेको उनको भनाइ थियो ।

टाटा जेनुइन पार्ट्स र टाटा मोटर्स आयलका रिटेलर्सलाई नबिल बैंकले बिना धितो फाइनान्स सुविधा दिने

काठमाडौं । नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तिय सुविधा उपलब्ध गराउने भएको छ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् र नेपालकै अग्रणी बैंक नबिल बैंकबीच सहकार्य गर्ने सहमति भएको बैंकले जनाएकाे छ । सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका खुद्रा बिक्रेता तथा टाटा गुरुहरुको पनि उपस्थिति रहेको थियो । उक्त सम्झौता अनुसार अब नबिल बैंकले सिप्रदी अटोपार्टका खुद्रा बिक्रेताहरुलाई सहज र सस्तो वित्तिय सुविधा उपलब्ध गराउने छ । खुद्रा विक्रेताहरू राष्ट्रको आर्थिक अवस्था नाजुक भएको परिस्थितिमा त्यो सम्झौताबाट खुशी महसुस गरिरहेका छन् ।

इसेवाको बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा दैनिक उपहार, बम्परमा मोटरसाइकल

काठमाडौं ।  नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले लिङ्क गरिएको बैंक खाता मार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरेको छ । इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरिएको हो । भाद्र २० देखि असोज १८ गतेसम्म सञ्चालन हुने यस अफरमा बम्पर उपहार विजेताले ३५० सी सी को मोटरसाइकल जित्न सक्ने कम्पनीले जनाएको छ । यस योजनामा दैनिक, साप्ताहिक र मासिक पुरस्कारहरू जित्न सकिने जनाइएको छ । उपहार पुरस्कारहरूको लागि योग्य हुन, सहभागीहरूले योजना अवधिमा उनीहरूको लिङ्क गरिएको बैंक खाताहरू प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ । दैनिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ भने  दैनिक विजेताहरू बम्पर पुरस्कारसँगै साप्ताहिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुनेछन्। साप्ताहिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिने र साप्ताहिक विजेताहरू बम्पर पुरस्कारसँगै दैनिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुनेछन् कम्पनीले जनाएको छ ।