निर्माण र सरसफाइ सेवा एकैठाउँबाट दिन औजार र प्राईम किल्निङबीच सम्झौता

काठमाडौं । औजार र प्राईम किल्निङ बिच सम्झौता भएको छ । घर तथा व्यवसायीक भवनहरु निर्माण गर्दै आएको ओजार र घर तथा कार्यलय सरसफाइ गर्दै आइरहेको प्राईम क्लिनिन्ग बिच एकै साथ अगाडि बढ्ने गरी सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा औजारका प्रबन्धक अजय कुमार त्रिपाठी र प्राईमका सिद्धार्थ कार्कीले हस्ताक्षर गरेका छन् । दुवै कम्पनीले मिलेर ग्राहकहरुलाई अझ छिटो, छरितो र सरल तरिकाले सेवा दिने सम्झौता गरेका छन् । औजारले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, बुटवल, नेपालगन्ज जस्ता शहरहरुमा धारा, बत्ति मर्मत, टायल, फलाम तथा ट्र्स, छ्तबाट पानी चुहिने, फल्स सिलिन्ग, मोडुलर किचन, कार्पेन्टर, सिभिल आदि इत्यादिको सेवा दिँदै आएको छ । साथै, प्राईमले ठुला ठुला भवनका भित्र बाहिर, टायल तथा ग्रेनाईट, सोफा कार्पेट आदि अत्यधुनिक उपकरणद्वारा सफाई तथा पोलिस गर्ने काम गर्ने गरेको छ ।

भुजीखोलामा ७ वर्षसम्म पुल नबन्दा किसान मर्कामा

ढोरपाटन । ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने भुजीखोलामा मोटरेबल पुल सात वर्षसम्म निर्माण नहुँदा यस क्षेत्रका किसान मर्कामा परेका छन् । हिउँदको समयमा गाउँमै गाडी पुगे पनि बर्खामा भने उत्पादन गरेका तरकारी बजारसम्म पु¥याउन निकै समस्या हुने गरेको यहाँका किसान बताउँछन् । पश्चिम बागलुङमा सबैभन्दा बढी तरकारी उत्पादन हुने गाउँ हो, अधिकारीचौर । हरेक वर्ष यहाँका कृषकले तरकारी बेचेरै ५० लाख रुपैयाँ गाउँमा भित्र्याउँदै आएका छन् । ’हिउँदको समयमा गाउँमै गाडी पुग्ने हुँदा सहजै तरकारी बजार पु¥याउन सकिने भन्दै बर्खामा भारिया लगाएर बजार पु¥याउनुपर्ने बाध्यता छ’, स्थानीय कृष्णलाल कँडेलले भने । उनका अनुसार मोटरेबल पुल समयमै निर्माण नहुँदा कृषकले बर्खाको समयमा  उत्पादन भएका सबै तरकारी बेच्नबाट वञ्चित हुने गरेका छन् । भुजीखोलामा पुल बन्न थालेको सात वर्ष भएको छ । हालसम्म ४० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । पुलको दुईतिर पिल्लर उठाउने काम मात्र भएको छ । सोह्र महिनामा निर्माण सम्पन्न गर्ने गरी वाइटी रफिना जेबी कन्स्ट्रक्सनले विसं २०७३ असोज ४ मा सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरेको थियो । पटकपटक काम गर्न ताकेता गरे पनि निर्माण कम्पनीले अटेरी गरिरहेपछि केही महिना अगाडि मात्रै ठेक्का तोडिएको कार्यालयका इञ्जिनियर नवीन खरालले जानकारी दिए । उनका अनुसार म्याद थप गर्दा पनि हालसम्म पुल निर्माण सम्पन्न नभएपछि ठेक्का तोडेर निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । ’सडक डिभिजन कार्यालयले पटकपटक ठेक्का सम्झौता तोड्ने सूचना प्रकाशन गरेको थियो । सूचना प्रकाशनपछि निर्माण कम्पनीले काम गर्छौँ भनेर आउने तर काम भने नगरिदिँदा यतिका समयसम्म पुल निर्माण हुन नसकेको हो । अहिले निर्माण कम्पनीलाई कालोसूचीमा राखी ठेकेदारबाट बैंक जमानत असुलउपर गर्न लागेका छौँ’, इञ्जिनियर खरालले भने । उक्त ठेकेदारले अहिलेसम्म गरेको कामको मूल्याङ्कन गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ । ’निर्माण कम्पनीले विसं २०७४ माघ १० गते पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । निर्धारित समयसम्म काम सम्पन्न नभएपछि पटकपटक गरेर विसं २०७८ वैशाख २७ मा काम सक्ने गरी म्याद थप गरिएको थियो । कामै नभएपछि अहिले ठेक्का तोडेर नयाँ प्रक्रिया अगाडि बढाएका छौँ’, इञ्जिनियर खरालले भने, ’हालसम्म बनेका संरचना केकस्ता छन्, त्यसको मूल्याङ्कन गरेर नयाँ ठेक्का प्रक्रिया अगाडि बढाउने तयारीमा छौँ ।’ निर्माण कम्पनीले सडक डिभिजन कार्यालयसँग तीन करोड ५० लाख रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । उनका अनुसार पुलको दुवैतिर निर्माण गरेको पर्खाल भुजीखोलामा आएको बाढीका कारण भत्किएर क्षति पुगेको छ । निर्माण सुरु भएको सात वर्षसम्म पनि पुल आधा पनि नबन्दा स्थानीय आक्रोसित भएका छन् । भुजीखोलामाथि निर्माण थालिएको उक्त पुल नबन्दा अधिकारीचौर, नाथुरी, भैँसीखर्क, घैयाखेत र बाहुनगाउँका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको छ । स्थानीय कँडेलले हिउँदको समयमा गाडी वारपार गर्नसक्ने हुँदा यात्रा गर्न र तरकारी ओसारपसारमा सहज भए पनि खर्बामा बढी सास्ती खेप्नु परेको गुनासो पोखे । गाउँका अधिकांशले तरकारी उत्पादन गरेपनि बर्खामा उत्पादित तरकारी बजारसम्म पु¥याउन नसक्दा ठूलो क्षति व्यहोर्नु परेको उनले बताए । सरोकारवाला निकायलाई बारम्बार पुल निर्माण गर्न आग्रह गरे पनि सुनुवाइ नभएको कँडेलको भनाइ छ । उनका अनुसार ठेकेदारले लामो समयदेखि काम नगर्दा निर्माण भएका संरचना पनि बेवारिसे बनेका छन् । ’माथि गाउँका बारीभरि तरकारी फलेका छन्, हिउँदमा उत्पादन भएका सबै बजारमा लगेर बेचियो, अब फेरि बारीमा तरकारी तयार भएका छन्, बर्खा लाग्न थाल्यो, खोला बढ्छ, गाउँमा गाडी आउँदैनन्, बोकेर बजार पु¥याउन सकिँदैन’, कँडेलले भने, ’अहिले पुल नबन्दा उत्पादन भएका सागसब्जी, गोलभेँडा, बन्दालगायत तरकारी बारीमा कुहिएर नष्ट हुन्छन्, पुल बन्न थालेको १० वर्ष हुन थाल्यो अहिलेसम्म दुईतिर पिल्लर मात्रै उठाएको छ, अरु कामै गरेको छैन, हामी यो पुल नबन्दा निकै समस्यामा परेका छौँ ।’ बर्खाको करिब चार महिना गाडी ठप्प हुँदा स्थानीय मार्कामा पर्ने गरेको स्थानीय शिवराज कँडेलले बताए । मोटरबाटोले गाउँ नजोडिँदा हिउँदका समयमा उत्पादन गरेका फलफूल तथा तरकारी भरिया लगाएर बुर्तिबाङ बजारसम्म पु¥याउँदा कृषकले घाटा व्यहोर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । हिउँदमा तरकारी लिन व्यापारी बारीमै पुग्ने गरे पनि बर्खामा वैकल्पिक सडक तथा पुल नहुँदा समस्या हुने गरेको कँडेलले बताए । उनका अनुसार पुल नबन्दा स्थानीयले दुई मिनेटमा पुग्न सकिने ठाउँमा ४५ मिनेटभन्दा बढी यात्रा गर्न बाध्य छन् । ’गाउँभन्दा पारी मोटरबाटो भए पनि बर्खाको समयमा वारी गाउँबाट पारीसम्म तरकारी बोकेर पु¥याउन सास्ती भएको छ । तरकारी बोकेर मोटरबाटोमा पुग्दा धेरै समय लाग्छ, पुल बन्थ्यो भने वारीबाट पारी सडकमा पुग्न दुई मिनेट पनि लाग्ने थिएन् । अहिले एक घन्टा लगाएर पारी तर्ने गर्छौँ, बजारबाट सामान लिन प¥यो भने दिनैभरि लाग्छ’, कँडेलले भने । उनले गाउँमा बिरामी पर्दा अस्पताल लैजान पनि पुलका कारण सास्ती हुने गरेको बताए । दुई वर्ष अघि नै पुलको ४० प्रतिशत काम सम्पन्न भएको सडक डिभिजन कार्यालयले जनाएको छ । दुई वर्षको अवधिमा भुजीखोलामा आएको बाढीले पुलको ग्याविन, पर्खाल बगाएको छ भने पुलका अन्य संचरना पनि जीर्ण बनेका छन् । रासस

दराज नेपाल र एनएमबि बैंक बिच सजिलो कर्जाको साझेदारी

काठमाडौं । नेपालको अग्रणी ई(कमर्स प्लेट्फर्मले दराज एनएमबि बैंकसँग साझेदारी गरी दराज एनएमबि कर्जा सुबिधाको सुरुवात गरेको छ । दराज एनएमबि सजिलो कर्जा नामक यो पहलले बिक्रेताहरूलाई धितोरहित ऋणमा सहज पहुँच प्रदान गरी उनीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न र वृद्धिका नयाँ अवसरहरू प्राप्त गर्न सक्षम बनाउने लक्ष्य राखेको जनाइएको छ । उक्त सम्झौतामा दराज नेपालको प्रबन्ध निर्देशक आचल कुँवर र एनएमबि बैंकका नायब प्रमुख अधिकारी गोविन्द घिमिरेले मार्च १९, २०२३ मा हस्ताक्षर गरेका थिए । दराज एनएमबी सजिलो कर्जा कार्यक्रम अन्तर्गत बिक्रेताहरूले नेपालकै प्रतिष्ठित बैंकिङ संस्थाहरू मध्येको एक एनएमबी बैंकबाट उपलब्ध गराइने ऋणहरू प्राप्त गर्न सक्छन्। सम्झौताले दराज र एनएमबी बैंकबीचको यस सहकार्यले उद्यमशीलताको भावना र देशको आर्थिक वृद्धिमा सहयोग गर्ने उनीहरूको प्रतिबद्धतालाई उजागर गर्दछ । दराज एनएमबी सजिलो कर्जाको मुख्य विशेषताहरू मध्ये एक धितोरहित ऋणको प्रावधान हो। यसको मतलब यो हो कि बिक्रेताहरूले कुनै पनि प्रकारको सुरक्षा वा धितो प्रदान नगरी धेरै आवश्यक कोषहरू पहुँच गर्न सक्छन्। यस सुविधाले साना र मझौला उद्यमहरूले वित्तीय सहायता खोज्दा सामना गर्ने परम्परागत अवरोधहरूलाई हटाउँछ, यसरी अनगिन्ती सम्भावनाहरूको ढोका खोल्छ। दराज प्लेटफर्ममा बिक्रेताहरूले आफ्नो व्यावसायिक आवश्यकता अनुसार ५ लाखसम्मको ऋणका लागि आवेदन दिन सक्छन्। यो ऋण रकमले बिक्रेताहरूलाई सूचीमा लगानी गर्न, तिनीहरूको उत्पादन प्रस्तावहरू विस्तार गर्न, मार्केटिङ गतिविधिहरू बढाउन र तिनीहरूको समग्र सञ्चालन सुधार गर्न सक्षम बनाउँछ। सो ऋण सुविधा प्राप्त गरेर, विक्रेताहरूले आफ्नो पूर्ण क्षमता अनलक गर्न र आफ्नो व्यवसायलाई ठूलो उचाइमा मापन गर्न सक्छन्। दराज एनएमबी सजिलो कर्जा सुविधा प्राप्त गर्न, विक्रेताहरूले दराज सेलर सेन्टरमा गएर अनलाइन ऋणको लागि आवेदन दिन सक्ने जनाइएको छ ।