सिटी सेन्टर विन्टर फेष्टमा ८० प्रतिशत सम्मको विशेष छुट
काठमाडौं । कमलपोखरीस्थित सिटी सेन्टरले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी ‘सिटी सेन्टर विन्टर फेष्ट विथ म्यासिभ सेल’ को घोषणा गरेको छ । विन्टर फेष्टको उपलक्ष्यमा ग्राहकहरुलाई ८० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ । यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् । युवा वर्गलाई लक्षित गरी ल्याइएको यस कार्यक्रममा मनोरञ्जनात्मक गेममा आकर्षक उपहार प्रदान गरिने सेन्टरले जनाएको छ । अनुप्रस्थ, प्mयुजन मन्त्र, मेलोडिक किज, रागमानी तथा जिंगल बेल्स जस्ता चर्चित ब्याण्डहरुको लाइभ प्रस्तुती विन्टर फेष्ट भरी जारी रहने सिटी सेन्टरले जनाएको छ ।
प्रोस्टाइलले ‘प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०२०’ को शीर्ष प्रायोजन गर्ने
काठमाडाैं । डाबर नेपालको एक लोकप्रिय ब्रान्ड प्रोस्टाइलले ‘प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०२०’ प्रतियोगिताको शीर्ष प्रायोजन गर्ने भएको छ। प्रोस्टाइलले ग्रुपअफ इभेन्ट ईन्टरटेनर (जीईई) सँग सम्झौता गर्दै उक्त प्रतियोगिताको शीर्ष प्रायोजन गर्न लागेकाे हाे । प्रोस्टाइलले ग्रुप अफ इभेन्ट ईन्टरटेनर (जीईई) सँगै २३ डिसेम्बर २०१९ मा जावलाखेलको रेन रेष्टुरेन्टमा आयोजना गरिएको एक समारोहबीच प्रोस्टाइल म्यान हन्टइन्टरनेशनल नेपाल२०२० को आवेदन खुला गरिएको जनाएको छ।योसँग संगै प्रोस्टाईल लगातार सातौं वर्ष यस प्रतियोगिताको प्रमुख प्रायोजक हुने भएको छ। सोही प्रतियोगितामा भाग लिनका लागि प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपालको फेसबुक पेजमा लग-इन गरी फर्म डाउनलोड गर्न सकिनेछ । त्यस्तै प्रतियोगितामा भाग लिन नेपाली पुरुष १८ देखि ३४ वर्षको हुनुपर्ने, कम्तिमा उचाई ५ फिट ८ इन्च भइ प्लस टु तह उत्तीर्ण भएको हुन पर्नेछ । प्रतियोगिताको ग्रान्ड फिनाले मार्च २०२० मा काठमाण्डुमा हुनेछ भने विजेताले नेपाललाई म्यान हन्ट इन्टरनेशनल २०२० मा प्रतिनिधित्व गर्नेछ।दोस्रो र तेस्रो हुने विजेताहरुले क्रमश: मिस्टर इन्टरनेशनल र मिस्टर ग्लोबलमा नेपाललाई प्रतिनिधित्व गर्नेछन्। डाबर नेपालका सेल्स एवं मार्केटिंग प्रमुख उपेन्द्र प्रधानले भने, “डाबर नेपालले जीईईसँग साझेदारी गरी धेरै वर्षदेखि सफलतापूर्वक यस प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । त्यस्तै प्रोस्टाइल डाबर नेपालको पुरुष लक्षित एउटा यस्तो ब्रान्ड हो जुसले स्टाइलिस, कुल र कन्फिडेन्ट बन्न मद्दत गर्छ। म विश्वस्त छु यस वर्षको प्रतियोगिता र प्रतियोगीहरुले पनि ब्रान्डको मूल मन्त्रलाई समातेर अघि बढ्नेछन् ।” साथै सोही समारोहमा प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०१९ का विजेता बिवेश श्रेष्ठलाई फेब्रुअरी २०२०मा फिलिपिन्समा हुन गइरहेको म्यान हन्ट इन्टरनेशनल २०२० का लागि विदाई गरिएको थियो। गत वर्षको प्रतियोगितामा दोस्रो तथा तेस्रो भएका प्रशान्तजंग शाह र आर्यन सिटौलाले क्रमशः मिस्टर इन्टरनेशनल २०१९, फिलिपिन्स तथा मिस्टर ग्लोबल २०१९, थाईलैंडमा नेपाललाई प्रतिनिधित्व गरिसकेका छन्। प्रोस्टाइल एउटा अद्वितीय उत्पादन हो । नेपालमै पहिलो पटक पुरुषका विशेष आवश्यकता लक्षित गरी उत्पादन गरिएको हेयर आयल हो। प्रोस्टाइलसँग अब प्रोस्टाइल डेन्ड्रफ कन्ट्रोल हेयर आयल, प्रोस्टाइल सफ्ट एण्ड शैनी हेयर आयल र प्रोस्ट्राइल हेयर क्रीम ब्रान्ड बजारमा विभिन्न प्याकहरूमा उपलब्ध छन् । इच्छुकले https://www.facebook.com/manhuntinternationalnepal/ मा लगइन गरी यो प्रतियोगितामा सहभागी हुन सक्नेछन्।
चितवनमा पहिलो पटक घर जग्गा तथा फर्निचर सम्बन्धी दुई वटा एक्स्पो हुने
काठमाडौं । आगामी माघ दोस्रो साता चितवनको भरतपुरमा पहिलो पटक घर जग्गा तथा सजावट र फर्निचरसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरका २ वटा एक्स्पो आयोजना हुने भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन प्रदर्शनीस्थलमा माघ ८ देखि ११गतेसम्म नेपाल ल्याण्ड, हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पोसँगै फर्निचर एण्ड होम डेकोर एक्स्पो आयोजना हुने भएको हो । एएस इभेण्ट एण्ड मार्केटिङ प्रालि र इभेण्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा दुबै मेलाको आयोजना हुन लागेको हो । पछिल्लो समय आधुनिक शैलीमा घर तथा आवासीय भवनको निर्माण तीब्र बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै चितवन प्रदर्शनीस्थलमा मेला आयोजना गर्न लागिएको हो । घर जग्गा तथा निर्माण मेलामा आधुनिक शैलीका गुणस्तरीय निर्माण सामग्री र प्रविधि आकार्षण बन्ने एएस इभेण्ट एण्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए । ‘जगदेखि निर्माण पछिको अन्तिम सजावटसम्मका सबै सामग्री र त्यसको प्रविधिका बारेमा सर्वसाधारण, व्यवसायी र सम्बद्ध पक्षलाई जानकारी गराउन एकै छानामुनी दुई वटा मेला आयोजना गर्न लागिएको हो ।’- श्रेष्ठले भने । फर्निचर तथा सजावट मेलाको टाइटल स्पन्सरमा जेम फ्लोरिङ रहेको छ भने हाइटेक्स कार्पेटले मुख्य प्रायोजन गर्नेछ । त्यसैगरी दुबै मेलालाई उद्योग परिसंघ र चितवन उद्योग संघले प्रवद्र्धन गर्ने छन् । रेष्ट्रोलोजी, अधिकारी क्रिएटिभ कन्सर्न र ब्रिज एजुकेशन फाउण्डेसनले दुवै मेलालाई सपोर्ट गर्ने छन् । विलासिताबाट अपरिहार्य बन्दै गएको फर्निचर तथा सजावटका उत्पादनलाई पनि एकै पटक मेलामा आकर्षणका रुपमा समावेश गरिएको अर्को आयोजक संस्थाइभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । चार दिनसम्म चल्ने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।