सत्ता गुम्दाका कुकुर र संकटका बैंकर्स
नेपाली राजनैतिक बृत्तमा एउटा भनाई छ । जब जब देशमा सत्ता परिवर्तन हुनलाग्छ वा भनौं सत्तामा बसिरहेकाहरु आफ्नो सत्ता अरुलेनै हडप्ने होकी भन्ने सङ्केत थाहा पाउँछन् तब तब जनताका घरमा कुकुरले दुःख पाउँछन् । सत्तामा बसिरहेकाहरु आफनो सत्ता जोगाउन जोडबल गरेर प्रधानमन्त्रीले मन्त्रिलाई निर्देशन दिन्छन् । मन्त्रीले राज्यका निकायका उच्च पदस्थ अधिकारीलाई । उच्चपदस्थ अधिकारीले सचिवलाई, सचिवले सह-सचिव, उपसचिव, अधिकृतलाई, अधिकृतले सुब्बालाई, सुब्बाले खरदारलाई, खरदारले कार्यालय सहयोगीलाई । अनि कार्यालय सहयोगी चाहिँ आफूभन्दा माथिकाको हप्काईको पिडा घरमा गई श्रीमतीलाई र घरकी श्रीमतीले श्रीमान्को रिस बच्चालाई पोख्छिन् । बिचरा बच्चा कसलाई रिस पोखुन् ? घरको आँगनमा खेलिरहेको कुकुरलाई दुई लात्ती हिर्काउँदै पोख्छन्, अन्ततः बिचरा कुकुर चुईंचुईं र कुईंकुईं गर्दै घरको कुनामा गएर रुँदै बस्छ । हो, आजको नेपालको बैंकिङ क्षेत्र पनि मर्जर तथा तरलताको संकटले सीईओ, डीसीईओ, मेनेजर हँुदै झन् साना कर्मचारीले त सत्ता परिवर्तन हुँदा कुकुरले दुःख पाएँ झैं गरी दःुख पाईरहेका छन् । एकातिर नेपाल राष्ट्र बैंकको अल्पकालिन दुर दृष्टी देशमा कतिवटा बैंक चाहिने हो र कस्तो नीति बनाउँदा ठिक हुन्छ भन्ने थाहा नभइदिँदा र अर्कोतर्फ बैंकको व्यवस्थापकलाई यति नाफा कमाएर दिन्छु बरु मलाई सीईओ पद देऊ भनेर बचन दिँदा सीईओले डीसीईओ, एजीएम हुँदै बैंकका साना स्तरका कर्मचारीले दुःख पाएका छन्, ठिक त्यसैगरी जसरी आज सत्ता परिवर्तन हुन लाग्दा कुकुरले दुख पाएका छन् । आज बंैक तथा वित्तिय क्षेत्रमा काम गर्ने करिव १ लाख कर्मचारीहरुलाई आफ्नै काम थाहा नभएको आभास भएको छ । कहिले डिपोजिट टन्न हुँदा यसरी हुँदैन लोन गर्नुपर्यो, लोनको मार्केटिङ्ग गर्नुपर्यो भन्दै कर्मचारीलाई बैंक व्यवस्थापकले लोनको टार्गेट जबरजस्ती दिने अनि जवरजस्ती र सहज टार्गेट पुर्याउने नाममा जताततै ऋण लगानी गर्नाले आज नेपाली बैंकिङ क्षेत्र जोखिम मात्र होइन लिक्युडिटि क्राइसिसको अवस्थासम्म पुगेको छ । सामान्यतया कर्मचारी भन्नाले कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बसेर कार्यालयमा आएका सेवाग्राहीको काम गर्ने मान्छे भन्ने बुझिन्छ । वास्तवमा कर्मचारी त बौद्घिक श्रम गर्ने मान्छे हो । त्यो भन्दा बढी समय काम लगाउनुपर्दाको अवस्थामा व्यवस्थापकले अर्को कर्मचारी नियुक्ति गर्नुपर्ने हुन्छ कि त सोही कर्मचारीलाई ओभरटाइम दिएर लगाउन सकिन्छ । तर आज नेपालको जनसंख्या करीब ३ करोड हाराहारी हुँदा “क” वर्गको करिब सबै २१ वटा बैकहरुको व्यक्तिगत खाता संख्यानै करोड भन्दा माथि पुगेको आँकलन छ । खाता त देशभरिको सबै जनसंख्याको खुलिसकेको छ । बैंकिङ च्यानलमा आइसकेकै छ त तर पनि नयाँ खोल्नु पर्ने दवाव किन ? देशको जनसंख्या वृद्धिदर दुई प्रतिशत पुगनपुग छ । बैंकको खाता वृद्धि चाहिँ दश प्रतिशत हुनुपर्ने यो कस्तो बैंक व्यवस्थापकको महत्वकांक्षा हो ? कस्तो टार्गेट हो ? लगानी गर्न अहिले जनतालाई बैंकबाट पैसा चाहिएको बेला उल्टै कर्मचारी डिपोजिट खोज्दै घरघर मार्केटिङ्गमा कसरी जान सक्छन् ? सर्वप्रथम त कर्मचारी भनेको के हो भन्ने प्रश्नको उत्तर खोज्नु जरुरी छ । अफिसमा काम गर्ने कर्मचारी डिपोजिट खोज्दै मार्केटमा जान मिल्छ कि मिल्दैन ? मिल्छ भने कार्यालयको काम चाहिँ कसले गरिदिने ? के बैंक व्यवस्थापकले मार्केटिङ्गको लागि छुटै कर्मचारी नियुक्त गर्नु पर्दैन ? एउटै कर्मचारीलाई मार्केट पनि कुदाउने अनि कार्यालयमा पनि खटाउने ? मार्केटिङको नाममा राती अवेरसम्म कर्मचारीलाई राख्ने ? टे्रनिङको नाममा शनिवार पनि कार्यालय बोलाउने ? झन् सरकारले त अब आकस्मिक विदाको दिन पनि कार्यालय दश बजेदेखि डेढ बजेसम्म खोल्नुपर्ने ठाडो निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले चाहिँ विदाको दिनमा कर्मचारी बोलाउँदा ओभर टाइम पैशा दिनुपर्छ है भनेर बैक व्यवस्थापकलाई चाहिँ किन भन्न हिचकिचाएको ? अरु त अरु खुल्ला रुपमा नै आज व्यापारीहरु बैंकको ऋण र व्याज खाएपछि तिर्नु त कता हो कता उल्टै बैंकरलाई जहाँ देख्यो कालोमोसो दल्छौं भन्दै सार्वजनिक कार्यक्रममा भाषण गर्दा त्यसको प्रतिरक्षामा नेपाल राष्ट्र बैंक खै बोलेको ? भोलि कर्मचारीलाई कालोमोसो दलेर सार्वजनिक बेज्जती गरे भने त्यसको जिम्मेवारी कसले लिने ? हेर्दा बैंकर टाइसुट लगाएर अफिस गएको देख्छन् मान्छेहरु । राम्रो जागिर देख्छन् देख्नेहरुले । देख्नेहरुले बैंकरहरुलाई के-के देख्छन् देख्छन् तर आज अभिभावकविहीन जस्ता भएका बैकरहरु भने आफंैले आफैंलाई व्यवस्थापकले दिएको टार्गेटको पीडाले थिचिएर जागिर जोगाउन डिपोजिट खोज्दै ग्राहकको पसलपसल अनि घरघर जाँदा आफंैले आफंैलाई कोट लगाएका माग्ने भन्दा फगत केहि देख्दैनन् । भनौं, सत्ता परिवर्तन हुन लाग्दाको दुःख पाएको कुकुर झैं ।
बीमा गरिएको सम्पत्ति नोक्सानी भए कति पाइन्छ क्षतिपूर्ति ? यस्ता छन् दावी दिँदा चाहिने कागजातहरु
अचानक भवितव्यबाट हुने कुनैपनि क्षतिलाई आर्थिक सुरक्षाको माध्यमबाट उक्त हानी नोक्सानीको पूर्ति गर्दै सामान्य जिवनयापन गर्ने पारस्परिक सहयोग एवं समझदारीबाट अघि बढ्ने कानुनी प्रक्रिया नै बीमा हो । यसलाई जोखिम हस्तान्तरण गरिने माध्यम पनि भनिन्छ । लण्डनको लियोड्स कफी हाउसबाट जोखिम परेकाहरु एकजुट भई आफ्नो सदस्यहरुको पानी जहाजबाट आउने जाने सामानको दुर्घटनाबाट हुने हानी नोक्सानीको क्षतिपूर्ति स्वरुप भएको सामुन्द्रिक बीमा आजको आधुनिक समाजमा दिनानुदिन लोकप्रिय बन्दै मानिसको जीवनको आर्थिक सुरक्षाको अभिन्न अंग बन्दै गइरहेको छ । आज निर्जीवन बीमामा दुर्घटना, औषधो उपचार, अग्नि, भूकम्प, प्राकृतिक प्रकोप, हुलदंगा हडताल, आतंकवाद, मोटरसाइकल, हवाइजहाज, कृषि पैदावार, पशुधन, निक्षेप तथा ऋण सुरक्षण आदीको बीमालेखले जोखिम बहन गर्दै आएको छ । बीमा कम्पनीको दुई प्रमुख कार्य हुन्छन् । पहिलो कार्य : सम्भावित जोखिम विभिन्न शर्त पालन गर्ने गरि बीमालेख जारी गर्नु । दोस्रो कार्य : बीमालेख जारी गरे पश्चात सम्भावीत दुर्घटना क्षति भए पछि दावी भुत्तानी फर्छ्यौट गर्नु । जब कुनै पनि दावी सम्बन्धी घटना घट्न जान्छ तबमात्र बीमितको लागी बीमालेख अर्थपूर्ण हुन्छ । निर्जीवन बीमाको मुख्य उद्देश्य बीमितले बीमाशुल्क भुक्तानी गरिसकेपछि बीमा गरिएको सम्पत्ति हानी नोक्सानी भएमा सोको क्षतिपूर्ति गर्नु बीमा कम्पनीको दायित्व हो । बीमाशुल्क भनेको बीमा कम्पनीले बीमा प्राधिकरणबाट निर्दिष्ट गरेबमोजिम जोखिम ग्रहण गरेबापत लिने शुल्कलाई बुझिन्छ । जो सम्पत्तिको मूल्य बीमांक रकम (सम इन्स्योर्ड) को आधारमा बीमाशुल्क निर्धारण गरिन्छ । तर्सथ बीमितले बीमा सम्पत्तिको बजार मूल्यको आधारमा सहि मूल्य निर्धारण गरि बीमांक रकम तोक्नु पर्छ । त्यसैगरी बीमितले दावी परेको बखत दावीको उल्लेखित क्षतिपूर्ति पाउन पनि सहि बीमांक तोकिन आवश्यक हुन्छ । निर्जीवन बीमा नाफा नभई क्षतिपूर्तिको सिद्धान्तमा आधारित बीमा हो जस बमोजिम दावी परेको बखत बीमीतलाई दावी भुत्तानी गरि बीमितलाई सकभर दावी पर्नभन्दा अगाडिको यथास्थितिमा पुर्याई दिनु हो तर यदि पछि बीमितले बीमा गर्दा सम्पत्तिको बीमांक रकम मूल्यभन्दा कम तोकेको भएमा न्यून बीमा (अन्डर इन्स्योरेन्स) भएको मानिन्छ । बीमितले आफ्नो सम्पूर्ण सम्पत्तिको कम बीमांक तोकेर बीमाशुल्क पनि कम मात्र भुक्तानी गरेको हुन्छ । तसर्थ दावी पर्दा सम्पूर्ण नोक्सानीको क्षतिपूर्ति गरी दिनु बीमा कम्पनीको दायित्व हुँदैन । क्षतिपूर्तिको सिद्धान्त बमोजिम बीमांक रकम कम तोकिएको अवस्थामा जति प्रतिशतले न्यून बीमा हुन्छ सोही अनुपातमा क्षतिपूर्ति रकम पनि कम पाइन्छ । यसको सानो उदाहरण यस प्रकार छः बीमितको वास्तविक क्षति ५ लाख भएता पनि बीमितले क्षति भएको सम्पत्तिको बजार मूल्यभन्दा कम्तिमा बीमांक भएको हुँदा बीमकले २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गर्दछ । अर्थात् बीमकले समानुपातिक रुपमा क्षतिपूर्ति प्रदान गर्दछ । दावी परेको सम्पत्तिको मूल्य नाफा बाहेकको मूल्य भन्ने बुझ्नु पर्दछ । अतः आफ्नो सम्पत्तिको बीमा गर्दा सही बीमांक रकम तोकी बीमालेख खरिद गर्नुपर्छ । जसले गर्दा भविष्यमा हुने हानी नोक्सानीको वास्तविक क्षतिपूर्ति पाइन्छ । यदि बीमांक रकम वा दोहोरो बीमालेख जारी गरि बीमा भएको खण्डमा दावी पर्दा बढि क्षतिपूर्ति नदिई नोक्सानीको सहि मूल्याङ्कन गरेर मात्र भुक्तानी दिइने हुनाले बढि बीमांक वा दोहोरो बीमालेख जारी गर्दा बीमाशुल्क मात्र बढी तिर्नु पर्ने हुन्छ डबल फाइदा पाइँदैन । निर्जीवन बीमामा बीमालेखले क्षतिपूर्ति गर्ने अधिकतम सीमा बीमांक रकम नै हुन्छ, कुनै पनि बीमालेखले बीमांक रकमभन्दा बढी क्षतिपूर्ति प्रदान गर्ने छैन । सम्पत्तिको वास्तविक मूल्य निर्धारण गर्ने आधारहरु १) खरिद मूल्य- सुरुमा सामान खरिद गर्दा परेको वास्तविक मूल्य २) ह्रासकट्टी पछिको मूल्य- डिप्रिसिएटेड भ्याल्यु तोकिएको दरमा खरिद मूल्यमा नियम बमोजिम ह्रासकट्टी गरि कायम हुन आउने मूल्य ३) बजार मूल्य- दुई पक्ष समझदारीको आधारमा किनबेच हुने मूल्य ४) मूल्यांकित वस्तुहरु- बहुमूल्य धातु तथा कलात्मक वस्तुहरु तपाईंले आफ्नो भवन वा फ्याक्ट्रीको बीमा गर्नु पर्यो भने भवन वा फ्याक्ट्रीमा भएका मेसिन तथा उपकरणको बीमांक रकम तोक्दा नयाँ भवन तथा फ्याक्ट्रीमा भएका मेसिन तथा उपकरण नयाँ बनाउन लाग्ने खर्चमा भवन तथा मेसिन कति पुरानो छ त्यो बापत ह्रासकट्टी गर्दा आउने मूल्य बराबर बीमांक रकम राख्दा न्यून बीमा हुने सम्भावना कम हुन्छ । अन्य सम्पत्तिमा पनि यहि नियम लागू हुने गर्दछ । साथै, त्यसमा हालको बजार मूल्यको आधार मानेर पनि ह्रासकट्टी गरि बीमांक रकम तोक्न सकिन्छ । साधारणतया मोटर बीमा बाहेक ह्रासकट्टी पछिको मूल्यको आधारमा बीमांक निर्धारण गरि दावी पर्दा सोही आधारमानी क्षति मूल्याङ्कन गरि दावी भुक्तानी गरिन्छ । सवारी साधनको बीमा दावी गर्दा चाहिने आवश्यक कागजातहरु : – दुर्घटनाको लिखितम जानकारी – सवारी साधनको सम्पूर्ण प्रमाण पत्रहरु – चालक अनुमति पत्र – सवारी मर्मत गर्न लाग्ने अनुमानित खर्च – सवारी मर्मतको नगद बील – चालकको बयान – दावी फारम – प्रहरी प्रतिवेदन – बीमालेखको प्रतिलिपी – मिला पत्र – औषधि उपचारको बील तथा रिपोर्टहरू – अन्य कागजातहरु सम्पत्ति बीमा दावी गर्दा चाहिने आवश्यक कागजातहरू : – दुर्घटनाको लिखित जानकारी – बीमालेखको प्रतिलिपी – दावी फारम – अनुमानित खर्च – नगद बील – सरकारी निकायबाट दुर्घटना भएको प्रमाणपत्र – अन्य कागजातहरु कृषि, पशुपंक्षी, बाली तथा जडिबुटी दावी गर्दा चाहिने कागजातहरु : – दुर्घटनाको लिखित जानकारी – दावी फारम – बीमालेखको प्रतिलिपी – सरकारी निकायबाट दुर्घटना भएको प्रमाणपत्र – सर्जमिन मुचुल्का – अन्य कागजातहरु (लेखक खनाल हाल आईएमई जनरल इन्स्योरेन्समा कार्यरत छन् । उनी सो इन्स्यारेन्सको प्रवर्द्धक हुन् ।)
‘परिवारका मान्छे धनी भए, जनयुद्धका घाइते र शहिद सम्झनुभयो’
काठमाडौं । मैले एकाध पल्ट अभियान पनि चलाउन खोजे, अभियान पनि चलाउन खोजे तर धेरै मानिसहरु छेकिए, ब्लक गरिए । मैले घाइतेहरुलाई आउनुस सरकारले उपचार गराउँछु भनेर आह्वान पनि गरे, तर धेरै मानिसहरुलाई रोकियो । विभिन्न हिसाबले रोकियो । जे होस यस्ता रोक्ने किसिमका क्रियाकलापहरु विस्तारै अन्त्य हुँदै जानेछन् । स्वार्थकाे लागि काम गर्ने, देखावटी, बनावटी काम गर्ने, धोका र बेइमानिलाई आफ्नो चनाखो, कुसलता ठान्ने र जनता र देशलाई धोका दिने मानिसहरुलाई विस्तारै देश र दुनियाँले चिन्दै जान्छ । जसले, जसलाई धोका दियोस्, योद्धाहरुले देशका लागि लडेका थिए, शहिदहरुले देशका लागि लडेका थिए । कहिले कहिले लडाउनेहरुको नियम खराब हुनसक्छ, सपना देखाउनेहरुका सपनाको वितरण भ्रमपूर्ण हुनसक्छ, तर लड्नेहरुले साँचेको सुन्दर भविष्य आफ्नालागि भन्दा अरुहरुका लागि पो देखेका हुन्छन् । केही मान्छे आफ्नो सफलता, आफ्नो इगो र आफ्नो सफलताका निम्ती अरुहरुलाई भड्काइ रहेका हुन्छन् । त्यसले ठूलो क्षति ल्याएको हुन्छ । त्यहाँ त ठूलो षड्यन्त्र रहेछ, भनिएका कुराहरु साँचो होइन रहेछन् । ति कुराहरु पछि बुझिन्छ, तर बुज्दा थुप्रै मानिसको जिन्दगी गैसकेको हुन्छ । धेरैले सहादत प्राप्त गरेका हुन्छन भने धेरै बालबालिका टुहुँरा भैसकेका हुन्छन् । ति सडकमा पुगिसकेका हुन्छन् भने कुपोषणको सिकार भैसकेका हुन्छन् । सुन्दर जिवन तिनिहरुको सुन्दरता तर्फ जान रोकिसकेको हुन्छन् । यस्ता कुराहरु भैसकेपछि मात्र थाहा हुन्छ, त्यहाँ धोका भैसकेको हुन्छ । मैले लगभग ५८ वर्षको राजनीतिक जिवनमा अलिक सुरु देखिनै यस्ता कुराहरु सुन्दै देख्दै आउनुपर्याे । मसँगै काम गरिहरका साथीहरुलाई जेलबाट निकालेर, एकै ठाउँमा जेल सार्ने निर्णय गरेर एकै ठाउँमा गोलि हानेर मारिएको, हतगडी लगाएर जाने अनि गोली हान्ने र भाग्न खोजेभन्ने आरोप लगाउने, गाडीमा लगेर लगेको मान्छेलाई गाडी रोकेर, हिडाएर, निश्चित मार्ने ठाउँमा लगेर हत्या गरियो । जनयुद्धका नाममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा नयाँ हिंसाको अभियान सुरु गर्नुभयो । त्यसपछि जनता तर्फबाट र राज्यतर्फबाट थुप्रै मानिसको हत्या भयो । अमानविय ढंगले हत्या भयो । मैना सुनुवार तथा यदु गौतमको उदाहरण दिनसक्छौँ हामी । गिरफ्तार गर्ने हत्या गर्ने, लमजुङका शिक्षक अथावा खोटाङका शिक्षक गुरु लुइटेलका कुरा होस् । महिनौसम्म अपहरण गरेर, अत्यन्त अमानविय निर्मम किसिमले हत्या गरे । यो कसैलाई दुख्ला कसैलाई नदुख्ला । तर नेपाललाई दुख्छ, नेपाली जनतालाई दुख्छ । र त्यसको घाउँ अहिलेसम्म छँदैछ । त्यसका सञ्चालक सासनको कार्यकारी प्रमुख ठाउँमा छ । लामो समयदेखि लगातार, संविधान निर्माण पहिलो त २०६२ सालको आन्दोलनदेखि नै सरकारमा छदै छन् । प्रधानमन्त्री भएको ३ पल्ट भयो, सरकारमा भएको कति वर्ष भयो कति । यति निरन्तर ढंगले सायद ६२/६३ को आन्दोलनपछि कोहि पनि त्यति लामो समय निरन्तर सत्ता पक्षमा भैराखेको छैन होला । जता जो सँग मिलेर भए पनि सत्तामा हुने । एउटा प्रवितृ के देखिन्छ भने, बिरालो किन्न पर्दैन्, दुध र भात कचौँरामा दियो भने छिमेकीको बिरालो आफ्नो भैहाल्छ । कसले कचौँरामा कति दुध भात दिन्छ फुतरुक्क छिमेकीको घरमा सर्ने । त्यस प्रवित्तिले सरकारमा हुनु र नेतृत्व गर्ने शिलसिला जारी छ । परिवारका मान्छे धनिनै भएका होलान । भान्जा, भान्जी पनि राम्रै ठाउँमा पुग्या होलान, भाइ भतिजा, छोरी ज्वाई राम्रै ठाउँमा पुगेका होलान, तर अहिले पनि प्रधानमन्त्री जि ले घाइते सम्झनु भएको छ कि छैन, शहिदका परिवार सम्झनु भएको छ कि छैन । आफ्नै परिवार मात्र सम्झनु भएको छ कि अरु पनि सम्झनु भएको छ । उहाँले चलाएको जनयुद्ध उहाँलाई सम्झना छ कि छैन । कसलाई किन उहाँले जनयुद्ध चलाउनु भएको थियो । यस बीचमा एउटा प्रयास गरिएको थियो । देशमा लोक्तान्त्रिक , देशभक्त सरकार बनाउँ । लोकतन्त्रका निम्ती काम गरौँ, स्वस्च्छताका साथ काम गरौँ, पारदर्शीताका साथ काम गरौँ, जनताका समस्या समाधान गर्ने गरी अगाडी बढाऔं, आफ्ना स्वार्थमा केन्द्रित नभएर जनताका समस्या समाधान गर्ने गरी अगाडी बढ्न केन्द्रीत गरियो । तर पुष्पकमल दाहाल जी को । बेग्लै छ, उहाँ बोल्नुहुन्छ, भाषा बेग्लै गर्नुहुन्छ काम अर्काे । हेर्नु देब्रो तिर हुन्छ, निशाना दाहिने तिर हुन्छ । अस्तिका दिनसम्म पनि मसँग छक्काउने भाषा यद्यपी मैले पुष्पकमल दाहाललाई नचिनेको हैन । तर मैले सुनिरहे उहाँको कुरा, उहाँले मलाई छक्काइरहनुभयो । उहाँ हातमा चक्कु लिएर बस्नुभएको थियो, तर मलाई भन्नुभयो, फूल लिएर बसेको छु, तपाईलाई भ्रम नपरोस । मैले फूल लिएको हातमा, तपाईले चक्कु जस्तो देख्नुभयो होला भन्नुभयो । मैले तपाईंले भनेपछि फुल नै हो नि भन्दै बसे म । तर मेरो आँखाले धोका खाएको थिएन । उहाँ ढाँट्न, छकाउन, अप्ठ्यारो मान्नुहुन्न । जनतालाई धोका दिनुभयो, आफूलाई यस ठाउँसम्म ल्याउने सहयोद्दाहरुलाई धोका दिनुभयो । आफूलाई त्यस ठाउँमा ल्याउन जिवन दिने सहिदहरुलाई धोका दिनुभयो भने मलाई धोका दिन कुन ठुलो कुरा हो र । हिजो उहाँले भन्नुभयो, २ महिना कस्तो गाह्रो भएको थियो, हरियो देख्नै नहुने, दाम्लाे छिनाएर जान खोज्ने, मैले रोक्दिने, गाह्रो परेको थियो उहाँलाई । दाम्लाे छिनाएर झाप्पै मुख लाउन खोज्ने, तान्दिए पछि गाह्रो भएको थियो । मलाई थाहा थियो, उहाँले टिक्क सक्नुहुन्न । उहाँका गतिविधि निर्वाध चल्न पाउने, त्यो त म सँग काम गर्दा काले काले मिलेर खाउँ भाले हुन सक्दैन । जहाँ हुनसक्छ, त्यही जानु, सायद उहाँका लागि अनिवार्य थियो । ( नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार शहिद तथा घाइते परिवारको सम्मानमा आयोजित कार्यक्रममा गरेको भाषण)