साक्षरता र जीवनपर्यन्त सिकाइ
शिक्षा जीवनको तेस्रो आँखा हो । हाम्रा दुुई आँखाले बाहिरी संसार नियाल्न सहयोग गरेजस्तै शिक्षारुपी आँखाले जीवन बुुझ्न मद्दत गर्दछ । शिक्षारुपी आँखा बिना जीवन अन्धकारमय बन्नपुुग्ने हुुँदा जीवनमा शिक्षाको अतुुलनीय महत्व रहेको तथ्य घामजत्तिकै छर्लङ्ग छ । शिक्षा विना सुन्दर र बास्तविक जीवनको परिकल्पना गर्न सकिदैन जसरी पानी बिना माछाको परिकल्पना गर्न सकिदैन । शिक्षा जीवनरुपी फूलको सौरभ हो अनि जीवनको गौरव पनि । शिक्षाको अर्थ देखेर, सुनेर, पढेर, सिकेर,वा अनुभव र अनुभूतिबाट प्राप्त हुने ज्ञान भन्ने हुन्छ हो त्यही शिक्षा जसले सफल र सुन्दर जीवन दिनसक्छ विशेष आच।रण सरल वा विशिष्ट लक्षण सहित सरल र सहज रुपले प्राप्त गर्न सकिन्छ वा पाइन्छ त्यो सिकाइ नै जीवनपर्यन्त बन्नपुग्छ । साक्षरता र सिकाइ दुबै शिक्षाका पाटा हुन् अनि जीवनका सजिला बाटा पनि । साक्षरताबाटै शिक्षा आर्जनको मार्ग प्रशस्त हुन जान्छ । साक्षरताको अर्थ अक्षर सहितको वा पढ लेख गर्न सक्नुु हो । सत्य र शिक्षाको आधारभूमि साक्षरता भएकाले साक्षरता विना शिक्षाको विस्तार र सभ्य, सुसंस्कृत, समृद्ध मुलुकको परिकल्पना समेत गर्न सकिँदैन । आवश्यक सामग्री सजिलै प्राप्त हुँदाको स्थितिले सुविधालाई सङ्केत गर्दछ भने वञ्चितले रोक, अलग हुनुु वा नपाउनुलाई जनाउँछ । गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको परिपूर्ति नहुनु नै सुविधा वञ्चित हुनु हो । नेपालमा अझै पनि यस्ता सुविधा वञ्चित समूहको सङ्ख्या ठूलो छ । महिला, अपाङ्ग, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका समुदायका व्यक्ति, फरक लिङ्ग र क्षमताका व्यक्तिहरुले अझै पनि आधारभूत सुविधा पाउन नसकेको स्थिति छ । गरिबीका कारण हातमुख जोर्नै कठिन यिनका लागि शिक्षा स्वास्थ्य र मनोरञ्जनका कुरा त आकासको फल आँखा तरी मर झै बनेको पाइन्छ । जबसम्म गरिबी हटाउन सकिँदैन तबसम्म तिनमा साक्षरताका लागि गरिएको पहल निरर्थक बन्न जान्छ । अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन थालिएको ५४ वर्ष वितिसक्दा पनि साक्षरता दरमा उल्लेख्य सुधार हुन नसक्नु दुःखद कुरा हो । विश्वमा अझै पनि ७७ करोड निरक्षर रहेको तथ्य अध्ययनहरुले देखाइरहँदा लज्जाबोध हुन्छ । २१ औँ शताब्दीको विज्ञान र प्रविधि सम्पन्न यो समयमा समेत निरक्षरको सङ्ख्या यति धेरै रहेको अवस्थामा सभ्यता र आधुनिकताको नारा रट्नु निरर्थक हुँदैन र ? शिक्षाको यो हविगत रहिरहनु बजेटको धेरै हिस्सा अनेत्र खर्चनु हो । साक्षरता विनाको विकास र समृद्धिको अर्थ छैन भन्ने बुझेर पनि विश्व समुदायका बुजु्रकहरु बुझ पचाइरहे झै लाग्छ । नेपालका सन्दर्भमा पनि यही अवस्था विद्यमान छ । सबैका लागि शिक्षा कार्यक्रम लागु भएपनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा उचित नतिजा आउन सकेको देखिँदैन । महलमा बसेर सुविधा भोग्दै बनाइएका नीतिले सुविधा वञ्चितको वास्तविक समस्या नसमेट्न सक्छ जसका लागि तत्स्थलमै गएर तिनका समस्या पहिचान गरेर साक्षरतार जीवनपर्यन्त सिकाइको पहुँच विस्तार गर्न जरुरी छ । एकफेर यसो परिकल्पना गरौं, यदि हामीले अक्षर कोर्न नजान्ने भएको भए, संसार कति अप्ठेरो हुन्थ्यो होला । यी अक्षर, कथा, कविता, पैसा, सूचना लगायत केही पनि बुझ्न सकिने थिएन । आधूनिक विश्वमा शिक्षा अनि साक्षरतालाई आधारभूत मानव अधिकारसँग जोडेर हेर्ने गरिएतापनि हाम्रा छेउछाउमा वसोवास गरिरहेका हरेक उमेर समूहका कोही न कोही निरक्षर सजिलै भेटिन्छन् । सामान्य अक्षर चिनेर लेखपढ गर्न र अङ्कहरु अनि सामान्य हिसाब बुझ्न पाउनु सबैको मौलिक अधिकार हो तथापि यी कुराहरु कागजका पानाहरुबाट बाहिर आएर वास्तविक जीवनशैलीमा साकार भएर आउन जरुरी छ । राष्ट्रिय जनगणना अनुसार नेपालको साक्षरता दर जम्मा ६५.९ रहनु र त्यसमा पनि महिला साक्षरता दर ५७.४ प्रतिशत मात्र रहेको पाइनुले लक्ष्य अनुसार हामी चुकेको प्रष्ट हुन्छ । परिवर्तनको गतिशीलताले केही सुधार देखिए पनि ३० प्रतिशत भन्दा बढी अहिलेसम्म निरक्षर रहनु चिन्ता र चासोको विषय हो । सन् २०१५ सम्ममा सबैका लागि शिक्षाको पहुँच पुर्याउने कार्यमा हामी असफल भइसकेका छौँ । बाल बिकास कार्यक्रमको विस्तार तथा सुधार, सबै बालबालिकाहरुका लागि प्राथमिक शिक्षामा पहुँचको सुनिश्चितता, पिछडिएका जनजाति तथा अल्पसङ्ख्यक समुदायका बालबालिका लगायत सबै बालबालिकाहरुका सिकाइ आवश्यकता पूर्ति गर्ने, प्रौढ निरक्षरतामा कमी ल्याउने, लैङ्गिक तथा सामाजिक भेदभाव हटाउने र गुणस्तरीय शिक्षाका सबै पक्षहरुमा सुधार ल्याउने लक्ष्य लिएर यसका लागि अर्बौ खर्च गरिएको भए पनि उपलब्धि खासै सन्तोषजनक देखिँदैन । नारा सुन्दर बनायौँ, लक्ष्य उच्च राखेपनि त्यस अनुसार काम नहुँदा सुविधाबाट वञ्चित समूह शिक्षा या साक्षरताको पहुँचबाट अझ पनि टाढै रहेको तथ्यहरुले देखाउँछ । साक्षरताको ग्लोवल मनिटरिङ रिपोर्टका अनुसार संसारका प्रत्येक ५ मध्ये एकजना पुरुष र दुई तिहाई महिलाहरु अझैपनि असाक्षर छन् र अझ धेरैमा अत्यन्त न्यूनस्तरको साक्षरता सीपहरु छन् । धेरै जना बालबालिकाहरु अझैपनि विद्यालय जान पाउँदैनन् र पाउनेहरु पनि दैनिक विद्यालय जान सक्दैनन, पश्चिमी र दक्षिणी एसिया लगायतका देशहरु साक्षरता दरमा अझै कमजोर देखिन्छन् । विश्वमा अझै पनि ७७ करोड निरक्षर रहेको तथ्य अध्ययनहरुले देखाइरहँदा लज्जाबोध हुन्छ । २१ औँ शताब्दीको विज्ञान र प्रविधि सम्पन्न यो समयमा समेत निरक्षरको सङ्ख्या यति धेरै रहेको अवस्थामा सभ्यता र आधुनिकताको नारा रट्नु निरर्थक हुँदैन र ? शिक्षाको यो हविगत रहिरहनु बजेटको धेरै हिस्सा अनेत्र खर्चनु हो । साक्षरता विनाको विकास र समृद्धिको अर्थ छैन भन्ने बुझेर पनि विश्व समुदायका बुजुर्कहरु बुझ पचाइरहे झै लाग्छ । नेपालमा नयाँ शिक्षा प्रणाली स्थापनाको जग भने राष्ट्रिय शिक्षा पद्धति २०२८ लाई मान्ने गरिन्छ । २०३७ देखि हालसम्म विद्यालय र उच्च शिक्षामा पहुँचको विस्तार र गुणस्तर वृद्धि गर्न विभिन्न परियोजना तथा कार्यक्रमहरू सञ्चालनमा आएका छन् । जसमा सामुदायिक विद्यालय सहयोग कार्यक्रम, शिक्षाका लागि खाद्य कार्यक्रम, विद्यालय क्षेत्र सुधार योजना, उच्च शिक्षा परियोजना प्रथम र दोस्रो, रोजगारीका लागि सीप परियोजना, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना आदि प्रमुख रहेका छन् । नेपालको इतिहासमा पहिलोपटक नेपालको अन्तरिम संविधान २०६३ ले शिक्षालाई मौलिक हकको रुपमा प्रत्याभूत गरेको थियो । योसँगै देशमा संघीय शासन प्रणाली स्थापना भएको छ र सँगसँगै शिक्षा क्षेत्रमा पनि कैयन नीतिगत सुधारहरु हुदै आएका छन् । नेपालको संविधानले मौलिक हकअन्तर्गत धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था गरेको छ, जसमा सबै नागरिकलाई आधारभूत शिक्षामा पहुँचको प्रत्याभूत गरिएको मात्र छैन शिक्षालाई मुलुकको दिगो शान्ति एवम सम्वृद्धिका लागि महत्वपूर्ण रणनीतिका रुपमा अङ्गीकार गरेको छ । यो सँगसँगै नेपाल सरकारले बाल अधिकार महासन्धि लगायतका अन्तर्राष्ट्रिय सन्धिहरुको पक्षमा आफूलाई उभ्याएको छ भने विद्यालयमा सबैको सहज पहुँच स्थापना गर्ने लक्ष्य राखेको छ । नेपालले नीतिगत रुपमा उल्लेख गरेका कुराहरु अक्षरस पालनासँगै लागु गर्न नसक्दा कतिपय नीति र सम्झौता कागजमै सीमित हुन पुगेका छन । व्यवहारिक र वैज्ञानिक शिक्षा पद्धतिको अभावमा शिक्षातर्फ आकर्षण बढाउन सकिएको छैन । पढेर पनि उचित रोजगारीको अभावमा शिक्षित बेरोजगारको सङ्ख्या बढ्दो छ भने पढाइलाई बिचमै छाडेर विदेशीने युवायुवतीको सङ्ख्या बढ्दो छ जसले साक्षरता अभियानलाई गिज्याइरहेको अनुभूत हुन्छ । शैक्षिक जनशक्तिको सम्मान र उचित व्यवस्थापन नहुँदा पनि अन्यलाई सिकाइतर्फ आकर्षण गर्न गाह्रो परेको देखिन्छ । अहिले झन् कोरोना महामारीका कारण पोषणयुक्त खानेकुराको लागि विद्यालयमा भर पर्ने संसारभरीका करिव ३७ करोड विद्यार्थीहरु ४ महिना देखि सो खानपिनबाट वञ्चित भएका छन् । विशेषगरी बालबालिकाको शिक्षण सिकाइ प्रभावित हुनुका साथै सीमान्तकृत र विपन्न वर्गका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र पोषणमा नराम्रो प्रभाव परेको डब्लुएफओले जनाएको छ । साथै शिक्षा र विशेषगरी महिला शिक्षाको क्षेत्रमा सरोकार राख्ने मलाला फण्डका अनुसार करिव १० मिलियन छात्राहरु कोरोना कहर समाप्त पश्चात् नियमित रुपमा विद्यालय फर्किन नसक्ने गरि प्रभावित भएका छन् । यसमा विद्यालय उमेरका छात्रा हरुको सङ्ख्या अधिक रहने अनुमान गरिएको छ । यसलाई नियाल्दा आगामी दिनमा सुविधा वञ्चित समुदायमा साक्षरता र जीवनपर्यन्त सिकाइको पहुँच विस्तारमा चुनौति थपिने देखिन्छ । तर हरेक समस्याले आफ्नो साथमा ठूला अवसर पनि ल्याएको हुन्छ भन्ने कुरालाई हामीले विर्सनु हुँदैन । यस समस्याले समय परिवेश अनुसार आफुलाई अद्यावधिक गरि शिक्षण सिकाइका वैकल्पिक माध्यम खोजगरी तिनैमार्फत् सिक्न र सिकाउन तयारी हुनुपर्ने कुरा बोध गराएको छ । शिक्षा क्षेत्रको प्राथमिकता, मेडियम अफ कन्स्ट्रक्सन, मेडियम डेलिभरी सिस्टम, विद्यालय शिक्षामा रिफ्रमिङ, पुनः निर्माणका लागि अवसर प्राप्त भएको छ र जसले गर्दा वैज्ञानिक व्यवस्थापनमार्फत् शैक्षिक जगतको प्रतिमान स्थानान्तरण हुने देखिन्छ । साथै प्रविधिको प्रयोग गर्ने बानीको विकास हुन थालेको छ । अनलाइन तथा अफलाइन मोडमा शिक्षण सिकाइमार्फत् सिकाइलाई निरन्तरता दिने अवसर पनि प्राप्त भएको छ । सिकाइ सहजीकरण क्षमता विकासको प्रर्याप्त अवसरसँगै प्रविधिको उपयोगमार्फत् स्वअध्यायन गर्ने बानीको विकास भएको छ । यसलाई साक्षरता अभियानमा जोडेर लैजान सके फलदायी हुनसक्छ । शिक्षाको उद्देश्य मानिसलाई जीवनयापन गर्नका लागि आवश्यक ज्ञान, सिप र दक्षता प्रदान गरी सम्मानित जीवन जिउन र समाज विकासमा सहयोग पुर्याउनु हो । जीवनपर्यन्त सिकाइले बालकदेखि प्रौढहरुका लागि सहज जीवन यापनका लागि आधार तयार गर्नुपर्दछ । यसले गरिखानका लागि सिप, जीवन र जगत् बुझ्नका लागि आवश्यक ज्ञान,समाजको कुशल सदस्य हुन र समाजमा मिलेर बस्न सक्षम बनाउनुका साथै व्यक्तिलाई रुपान्तरण गर्न सहयोग पुर्याउँछ । सिकाइ निरन्तर चल्ने प्रक्रिया हो । साझेदारीता, ज्ञानमा आधारित समाज निमार्ण, पर्याप्त लगानी, पठन संस्कृतिको विकास, उत्कृष्टता जीवनपर्यन्त सिकाइका अवयवहरु हुन् । रुसोको ‘शिक्षा जीविकाका लागि होइन जीवनका लागि हो’ भन्ने भनाइबाट पनि शिक्षा जीवन बुझ्न अपरिहार्य रहेको स्पष्ट हुन्छ । साक्षरतासँगै जीवनपर्यन्त सिकाइबाटै व्यक्तिमा अन्तरनिहित प्रतिभा प्रस्फुटनमा समेत सहयोग पुर्याइ जीवनलाई सहज र व्यवस्थित बनाउन मद्दत पुग्दछ । सुविधा वञ्चित समूहसम्म साक्षरता अभियान पुगे पक्कै पनि तिनमा आत्मविश्वास बढ्न गइ तिनलाई ठगिनबाट जोगाउन समेत सकिने कुरालाई नकार्न मिल्दैन । सन् १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको हो । विश्वभरिका विद्यालय, समुदाय र संस्थाहरुले साक्षरताका लागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्वस्फूर्त रुपमा मनाउने गर्दछन् । सबैजना साक्षर हुनु सबैजनाको दायित्व हो, नेपालको परिपे्रक्ष्यमा डिजिटल युग अनि त्यसको उपयोगिताको प्रयोग गरेर डिजिटल शिक्षा अनि साक्षरताका लागि जनजागरण अझै अपुग्दो छ । हातहातमा भएका मोबाइल अनि घरघरका इन्टरनेटहरु शिक्षा र साक्षरता भन्दा पनि नचाहिंदा सञ्चार अनि समय व्यतित गर्ने माध्यम मात्र बन्न दिनु हुँदैन । लेखिने अक्षरहरु र अङ्कहरुको महत्व धेरै छ, विकसित समाजको परिकल्पना यी अक्षर र अङ्कहरुसँग सबै मानिसको परिचय नगराइकन पक्कै पनि सम्भव छैन । साक्षरताले मानवको परिचय र उसको संस्कारलाई अझै वृद्धि गर्दछ । साक्षर नभएकै कारण हाम्रा पुर्खाहरुले धेरै दुःख व्यहोरे । उनीहरु आँखा भएर पनि दृष्टिविहीन झै बन्नु पर्यो । जिब्रो भएर पनि जिराफको नियति भोग्न विवश मात्र भएनन् कान भएर पनि बहिरो झै बन्नु पर्यो । साक्षर नहुँदा हामीले पाइलैपिच्छे ठक्कर खानुपर्ने हुँदा सबै समुदायको पहुँचमा शिक्षाको ज्योति पुर्याउनु अपरिहार्य छ । खरिपाटी अनि धुलोपाटीमा अक्षर कोरेर अक्षर उक्काउन जानेका देखि कालो पाटी अनि स्लेटसम्म प्रयोग गरेका पुस्ताहरु, भित्तामा झुण्ड्याएका चार्टमा ‘क’बाट कलम पढेका देखि कम्प्युटरमा अक्षर चिनेका पुस्तासम्म नेपाली समाजले देखेको छ तर फेरि पढ्न नजानेका अनि विद्यालय जानसम्म धौ धौ पुस्ताहरु लगायत अक्षर नै नचिन्ने अनि औंठाछाप लगाउनु पर्ने व्यक्तिहरु पनि यही समाजमा छन् । उनीहरुलाई हामीले आफ्नो तर्फबाट के गरी साक्षरसम्म बनाउन सक्दछौं चाहे अक्षरमालाका पुस्तकहरु पढाएर या निःशुल्क दैनिक पढाइ दिएर वा पढ्ने वातावरण सिर्जना गरेर स्कूलसम्म उनीहरुलाई पुर्याइ दिएर नै हुनसक्छ, सबैलाई साक्षर बनाउनु सबैको दायित्व हो । औपचारिक, अनौपचारिक जुनै माध्यमबाट भएपनि निरक्षर जनमा साक्षरता र जीवनपर्यन्त सिकाइको पहुँच विस्तार गर्नु राज्यको दायित्व हो भने नागरिकले पनि सहर्ष यसलाई स्वीकार गरेर अभियानलाई सफल पार्न सघाउनै पर्छ जुन हाम्रै लागि हो । सुविधाबाट वञ्चित समूहका लागि तिनका झुपडीसम्म, नाङ्गो आङ र भोको पेटसम्म राज्यको आँखा पुग्न जरुरी छ । नत्र काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भने झै राज्यको लगानी बालुवामा पानी बन्न पुग्ने देखिन्छ । प्रभावकारी अनुगमन गरेर सुविधाबाट वञ्चित समूहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहुँच विस्तारमा लागे साँच्चै तिनको जीवन फेरिनेमा शङ्का छैन । साक्षरतासँगै तिनमा सिप सिकाएर विश्वास जित्नु छ तिनको । ‘शिक्षा धनम् सर्वधनम् प्रधानम्’ अर्थात् विद्या नै सबैभन्दा ठूलो धन हो विद्यालाई अन्य कुनै पनि धनसँग तुलना गर्नै मिल्दैन । त्यसैले पनि यो अतुलनीय धन सबैको पहुँचमा पुर्याउनु छ । जीवन सार्थक पार्न साक्षरतासँगै जीवनपर्यन्त सिकाइ जरुरी छ । नेपाललाई साक्षर राष्ट्र बनाएर देशको गरिमा बढाउनका लागि पनि बास्तिविक रुपमा सुविधाबाट वञ्चित समूहमा साक्षरता एवं जीवनपर्यन्त सिकाइको पहुँच विस्तार गर्न अब ढिला गर्नु हुँदैन । दाङसिङ, नुुवाकोट (हालःपोखरा) [email protected]
कोरोना महामारी कि अन्तर्राष्ट्रिय षडयन्त्र ? वहसमा विज्ञ भर्सेस पब्लिक
पछिल्लो समय नेपालमा कोरोनाको सन्दर्भमा “विज्ञ” ले सर्वसाधारणसँग प्रतिस्पर्धा गरिरहेको देखिन्छ । विज्ञहरु आम सञ्चार माध्यममा कोरोना भयावह हो भन्दै विचार सम्प्रेषण गरिरहेका छन् भने सर्वसाधारण सोसियल मिडियामा कोरोना अन्तर्राष्ट्रिय षडयन्त्र हो भनिरहेका छन् । यस लेखमा यो प्रसंगलाई समाजशास्त्रीय दृष्टिबाट विश्लेषण गर्ने प्रयास गरिएको छ । चीनको वुहानमा देखा परेको भनिएको अहिलेको कोरोना भाइरसको सम्बन्धमा विश्व स्वास्थ्य संगठन, विश्वका सरकारहरु, मूलधारका ठूला मिडिया र एलोपेथिक स्वास्थ्य प्रणालीका रणनीतिक पात्रहरु एक धारमा प्रस्तुत भएका छन् । उनीहरुले कोरोनालाई विश्व महामारी घोषणा गरेका छन् । यसको नियन्त्रणका लागि भन्दै लक डाउन (घरबाट निस्कन नपाउने नियम) लगायत नागरिकहरुका मौलिक अधिकार निलम्बन गराएका छन् । कोरोनाका सम्बन्धमा फरक धारमा विचार, तथ्य, तर्क र प्रश्नहरु उठाउने वैकल्पिक उपचार पद्दतिका पात्र, एलोपेथिक प्रणालीभित्रकै चिकित्सक र नागरिक समाजका सदस्यका भनाइलाई आम मानिससम्म पु¥याउन रोक लगाइएको छ । त्यस्तो भनाइ सामाजिक सञ्जालमा व्यक्त गर्ने र सार्वजनिक रुपमा बोल्ने व्यक्तिलाई सरकारहरुले कारबाही समेत गर्ने गरेका छन् । त्यस्ता भिडियोहरु सरकारहरुको रिपोर्टमा युट्युबले डिलिट गर्ने गरेको छ । कोरोना फैलियो भने स्वास्थ्य प्रणालीले धान्न सक्दैन र भयावह स्थिति हुन्छ भन्ने एकधारको भनाइ मात्र सर्वसाधारणसम्म पु¥याइएको छ । सामान्यतया चिकित्सकले भनेको कुरामा सर्वसाधारणले अन्धविश्वास (कारण सोधखोज नगरी, शंका नगरी गरिने विश्वास) गर्छन् । त्यसमा प्रश्न गरिंदैन किनकि चिकित्सकले भन्ने कुरा रिसर्चबाट पुष्टि भएका हुनुपर्छ र चिकित्सक उच्च संवेदनशील र व्यावसायिक पेशा भएको हुनाले उनीहरुले ठगी गर्दैनन् भन्ने मान्यता छ । लेखक विश्व स्वास्थ्य संगठनका पक्षधर विज्ञहरुले सर्वसाधारण नागरिकसँग प्रतिस्पर्धा गरेर ठूला मिडियाहरुमा भनाइ राखेको पाइन्छ । उनीहरुले सर्वसाधारणले कोरोनालाई हल्का रुपले लिनु ठूलो गल्ती भएको बताउने गरेका छन् । फरक धारका विज्ञहरुले आम रुपमा भनाइ राख्न पाएका छैनन् । त्यसैले मूलधारका विज्ञहरुको प्रतिस्पर्धा सर्वसाधारणसँग भएको देखिन्छ । स्वास्थ्य र मृत्युलाई अति संवेदनशील मानी मूलधारका चिकित्सकको भनाइ शिरोपर गर्दै आएका आम सर्वसाधारणमा एक्कासी फरक धारणा कसरी सम्भव भयो ? चिकित्सकले भनेको आधारमा कति मानिसले दुध, कतिले मासु, कतिले गेडागुडी खान छोडेका छन् । आफूले रमाइलोसँग नियमित रुपले भोग गर्दै आएको जीवनशैलीमा बदलाव ल्याएर कष्टपूर्ण शैली अवलम्वन गरिरहेका छन् । तर कोरोना सर्न सक्छ, जथाभावी नहिंड्नुस् भन्दा पालना गरेको देखिंदैन । प्रहरी बल र जरिवानाको डरले मात्र पालना भएको छ । विश्वभर दैनिक अन्य रोगले कति मानिस मर्छन् ? कोरोनासमेत लागेर कति मर्छन् ? र कोरोना मात्र लागेर कति मर्छन् ? यो प्रश्न सर्वसाधारणको मनमा उठ्यो । मूलधारका विज्ञ र मिडियाले यसको उत्तर दिदैनन् । सर्वसाधारणको मनमा शंका हुन्छ , “कोरानाको मार्ने क्षमता कति हो त ? यो महामारी नै हो त ?” जुनसुकै प्रश्नमा पनि मूलधारका विज्ञको एउटै उत्तर हुन्छ, “रोग फैलियो भने भयावह स्थिति आउँछ ।” आधिकारिक निकाय र विज्ञले हचुवाका भरमा बोल्नु हुँदैन । कोरोनाको संक्रमण दर र मृत्यु दर कति हो ? यो यो कारणले विश्व महामारी हो भनेर प्रमाणित कुरा गर्नुपर्छ । जुनसुकै रोगले मरेका भए पनि कोरोना समेत भए त्यसलाई कोरोनाको मृत्युमा गनेर तथ्यांक सार्वजनिक गरिन्छ । त्यसमध्ये कति प्रतिशत कोरोना नलागे पनि मर्ने स्थितिका थिए ? लक डाउन गर्दा कति क्षति हुन्छ ? नगर्दा कति क्षति हुन्छ ? सबै जिज्ञाशाको ब्ल्याक एण्ड ह्वाइट उत्तर नहोला तर जनतालाई चित्तबुझ्दो जवाफ दिनुपर्छ । सामान्य एक/दुई जना विज्ञको रायसल्लाहले लामो समय वा जीवनभर नै आफ्नै दैनिकी हेरफेर गर्न मानिसहरु तयार हुँदै आएका छन् । अहिले सिंगो चिकित्सा जगत नै एकमत भएर रायसल्लाह दिंदा पनि जनताले किन अस्वीकार गरेका होलान् ? विश्व स्वास्थ्य संगठन, सरकार र मूलधारका चिकित्सकले जनतालाई विश्वासमा लिन सक्नुपर्छ । उनीहरुसँग सरकारी र अन्य मूल धारका ठूला मिडिया साथमा छन् । सत्य, तथ्य र प्रमाणित कुरा गर्दा जनताले विश्वास नगर्ने आधार हुँदैन । कोरोनाको भविष्यको बारेमा भन्न सकिंदैन भन्ने कुरालाई विश्वास गरौं । तर विगतबारे पनि किन पूर्ण सूचना सार्वजनिक गरिंदैन ? महामारी फैलिएको ७/८ महिना भइसक्यो । अन्य सबै रोगको मृत्युदर पहिलेदेखि नै स्पष्ट छँदैछ । अन्य रोगीलाई कोरोनासमेत लाग्दा मृत्युदर कतिले बढेको छ ? कोरोना मात्रै लाग्दा मृत्यु कति छ ? यो जोड्दा कोरानाको वास्तविक मृत्युदर आइहाल्छ । तर यो किन सार्वजनिक गरिंदैन ? अहिले सिंगो चिकित्सा जगत नै एकमत भएर रायसल्लाह दिंदा पनि जनताले किन अस्वीकार गरेका होलान् ? विश्व स्वास्थ्य संगठन, सरकार र मूलधारका चिकित्सकले जनतालाई विश्वासमा लिन सक्नुपर्छ । उनीहरुसँग सरकारी र अन्य मूल धारका ठूला मिडिया साथमा छन् । सत्य, तथ्य र प्रमाणित कुरा गर्दा जनताले विश्वास नगर्ने आधार हुँदैन । मानिसको मनमा जिज्ञाशा नै आएन भने त ठीकै छ । जिज्ञाशा उत्पन्न भइसकेपछि आधिकारिक निकायले चित्त बुभ्mदो जवाफ दिनुपर्छ । तर अहिले जिज्ञाशा राख्नेलाई नै मुख बन्द गर्न दबाब दिइएको छ । यस्तो अवस्थामा मानिसहरुमा विभिन्न शंका उपशंका हुन्छ । सर्वसाधारणलाई बन्द कोठाभित्र तयार गरिएका यथार्थ सूचना थाहा हुँदैन । उनीहरुसँग अनुमान गर्नुको विकल्प हुँदैन । बाहिरी आँखाले हेर्दा जे देखिन्छ, त्यसकै आधारमा अनुमान गर्ने हो । सर्वसाधारण र फरक धारको आवाजलाई आम सञ्चार माध्यमले स्थान दिएका छैनन् । तर तिनै आवाजलाई खण्डन गर्न विज्ञहरुलाई स्थान दिएका छन् । यसबाट सञ्चार माध्यममाथि पनि आशंका हुनु स्वाभाविक हो । मर्ने त सर्वसाधारण नै हुन् । कसरी मर्छन् ? आप्mनो परिवेशमा भएको घटना सर्वसाधारणले देखेकै छन् । बेरोजगारी, रोग, भोक, अभाव, तनाव, इन्जाइटी, डिप्रेसन, आत्महत्या सर्वसाधारणले आफैं भोग्छन् र देख्छन् । सर्वसाधारणका आँखाले नदेखेका खतरा के हुन् र नागरिकको अधिकार निलम्वन गर्दा खतरा कसरी टर्छ ? मूलधार पक्षबाट चित्त बुभ्mदो गरी सार्वजनिक गर्नुपर्छ । [email protected]
सर्भेयरका दुःखः कमजोरी गर्ने बिमक, बिमित र एजेन्ट, दोष पाउने हामी
बीमा समितिबाट लाइसेन्स लिएका सर्भेयरको संख्या अहिले ५ सय छ । त्यसमध्ये सक्रिय सर्भेयर १ सय ५० जना छन् । दाबी परेको अवस्थामा सर्भेयर एक्सनमा आउँछन् । तर सर्भेयरलाई एकदमै गाह्रो छ । सर्भेयरलाई जताजततै दोष लाग्ने गर्दै आएको छ । तर वास्तविकता त्यस्तो होइन । मैले यही पेशा गरेको लामो समय भइसक्यो । गुनासो हाम्रा पनि थुप्रै गुनासाहरु छन् । जस्तो कि सर्भेयरको लाइसेन्स बीमा समितिले दिन्छ । यसको नवीकरण हरेक वर्ष गर्नुपर्छ । अरु देशमा यस्तो व्यवस्था छैन । जस्तो कि भारतमा ५ वर्षमा, पाकिस्तानमा ३ वर्षमा नवीकरण गर्दा हुन्छ । हाम्रोमा बर्सेनि गर्नु पर्ने व्यवस्था छ । नेपालमा नवीकरण शुल्क पनि महंगो छ । यस्तो शुल्क घटाउन आवश्यक छ । कोरोना महामारीको बेलामा हामीलाई काम गर्न निकै मुस्किल छ । किनकि अहिले फिल्डमा जान गाह्र्रो छ । एकातिर सरकारले बीमा अत्यावश्यक भन्छ, अर्कोतिर प्रहरीले पनि सर्भेयरलाई छेक्ने गरको छ । सर्भेयरलाई परिपचयपत्रको आधारमा आवागमन गर्न पाउने व्यवस्था गर्नु उचित हुन्छ । गलत बुझाइको सिकार दाबी भनेको जतिको क्षति भयो त्यति पाइन्छ भन्ने गलत बुझाई छ । बीमामा सम्पत्तीको हकमा जुन सम्पत्तीको बीमा गरेको छ, त्यो सम्पत्ती तोकिए मात्रै दाबी पाईन्छ । पोलिसीमा लेखेअनुसार बीमाले दाबी दिने हो । यो कुरा सर्भेयरले बुझायर बस्ने कुरा त होइन । तर, पनि हामीले प्रयास गर्छौं । धेरै त असन्तुष्ट नै रहनु हुन्छ । सर्भेयरले पाउने दाबी रकम कम दियो भन्ने आरोप लगाउँछन् । बीमाले जति पनि दिन्छ भन्ने सोचाइका कारणले हो । तर जहिले पनि जाहाँ पनि सम्झौता अनुसार बीमाले दिने हो । मानौ, तपाईलाई धनगढी जानु छ भने धनगढीसम्मकै भाडा दिनुपर्छ । यदि तपाईले आदि पैसा तिर्नुभयो भने त नारायणघाटतिरै तपाई झर्नु परिहाल्छ नि । बीमा पनि यस्तै हो । तर, यहाँ हुन्छ के भने नारायणघाटको भाडा तिर्नु भएको बिमितले त्यही पैसामा धनगढी जान पाउनुपर्यो भन्नु हुन्छ । अनि त बीमा पोलिसीको सम्झौता मिल्दैन, त्यस्तो बेलामा पूरै दोष जति सर्भेयरलाई आउँछ । यसरी हामीलाई सर्भेयरले पैसा दिएन भन्ने थुप्रै हुन सक्छन् । अहिले त उद्योगको बीमा बैकले आफै गर्न थालेका छन् । कच्चा पदार्थ, उत्पादन हुँदाको अवस्था तथा नयाँ प्रोडक्ट बन्दा केही करोड भएपनि बीमा त त्यही ५०, ६० लाखकै हुन्छ । यस्तो अवस्थामा ५०, ६० लाख नै दिदाँ पनि कम्पनीहरुले हामी बर्बाद भएको बेलामा, ठूलो क्षति भएको अवस्थामा पैसा किन कम आयो भनेर सबै सर्भेयरको टाउकोमा थोपरिदिन्छन् । तर पाउँनु पर्ने पैसा घटेको होइन भनेर चेतना फैल्याउन जरुरी छ । सर्भेयरलाई दोष दिँदा बीना प्रमाण सहजै दोष दिने चलन छ । बीमा कम्पनीहरुले खटाएपछि मात्र सर्भेयर फिल्डमा जाने हो । सोही कारण बीमा कम्पनीले खबर नगरी सर्भेयर काममा जान सक्दैनन् । त्यसरी काममा जाँने क्रममा नै सर्भेयरलाई सूचना छिटो आएको हुँदैन । अनि जानाजानी सर्भेयर ढिला गएको भन्ने कति पनि जायज होइन । अब थाहाँ पाउने नै ढिलो भएपछि सर्भेयर कसरी चाँडो पुग्छन् ? । दोष दिनु नै समाधान त होइन । यो सबैले बुझ्न जरुरी छ । यस्तै, रिपोर्ट बुझाएपछि मात्र सर्भेयरले पारिश्रमिक पाउँछन् । यस्तो अवस्थामा रिपोर्ट नबुझाउदा, ढिला गर्दा वा प्रमाण लुकाउदा सर्भेयरलाई केही फाइदा छ्रैन । क्षेत्र विशेषको छुट्टाछुट्टै सर्भेयर हुन्न अहिले क्षेत्र विषेशको छुट्टा छुट्टै सर्भेयर चाहियो भन्ने गरेको सुनिन्छ । यो त साँघुरो मानसकिताबाट आएको र बेकारको कुरा जस्तो मलाई लागेको छ । विभिन्न किसिमका सर्भेयर चाहियो भने पहिला विभिन्न विधाका इन्जिनियर चाहिन्छ । अनि विभिन्न विधामा काम गर्न तयार सर्भेयर चाहियो । त्यसरी भिन्न किसिमका विषयगत विधा अनुसारका सर्भेयर राख्दा एउटा विधाका सर्भेयरले वर्षमा जम्मा ४÷५ वटा केस पाउँछन् । बाँकी सर्भेयरको काम झिगा धपाएर बस्ने जस्तै हुन्छ । केही केस पाएका सर्भेयरले पनि आफ्नो जिबिका चलाउन सक्दैनन् । भन्नु र गुर्नमा धेरै अन्तर हुन्छ । नेपालका सर्भेयरलाई धेरै गाह्रो छ । तर, छिमेकी राष्ट्र भारतमै हेर्ने हो भने सर्भेयरहरुलाई यस्तो किसिमको गाह्रो छैन । नेपालमा सबैभन्दा धेरै दाबी मोटर बीमामा पर्छ । यसरी विशेष क्षेत्रकोे सर्भेयर खटाउदा अटोमोवाइलको इन्जिनियर पढेको सर्भेयर मात्र मोटर बीमामा चाहिन्छ । त्यस्ता सर्भेयरको संख्या हालसम्म जम्मा ३ जना मात्र रहेको छ । अब मोटरकोे दाबी दिनमा १० ठाउँमा पर्न सक्छ । डोटी, ताप्लेजुङ, धनुषा, रसुवामा पर्दा एकैजना मान्छे जानसक्ने सम्भावना हुुदैन । यस्तो विशेष क्षेत्रको सर्भेयर खटाउदा ३ जना फिल्डमा जान्छन् १ सय ४७ जना बेरोजगार हुन्छन् । विकृति पनि छन् केही सर्भेयरहरुले अस्पतालकोे एम्बुलेन्ससँगको साठगाठ गर्ने, अस्पतालबाट लम्ब्याएर बिल बढाउने पनि हुन सक्छन् । चाहिने कुरामा सबैको ध्यान नजादा यस्ता गतिविधि मौलाउनु स्वभाविक पनि हो । तर बिचौलियाको हर्कतमा सर्भेयरलाई मुछ्ने परिपाटी पनि कायमै छ । सबै काम सर्भेयर, इन्जिनियरको मात्रै हुदैन । घटनामा वकिल, आर्थिक सर्भेक्षण गर्ने विभिन्न व्यक्तिहरु संलग्न हुन्छन् । प्रहरीले दिएको रिपोर्ट पनि सर्भेयरले राम्रोसँग फलो गर्नुपर्छ । कहिले काही त्यसमा पनि पनि फरक परेको हुन्छ । सर्भेयर एक बौद्धिक, ज्ञाता र राम्रो अनुसन्धानकर्ता हुन जरुरी छ । कहिले वर्षातको कारण फिल्ड जाने बाटो रोकिन्छ । फेरि अन्य विभिन्न पक्षको कमजोरीका कारण पनि सर्भेयरले काम गर्न सकिरहेका हुदैनन् । तर दोष भने सहजै सर्भेयरलाई दिनु जायज होइन् । आफ्नै लेभल सर्भेयरको पनि लेभल (स्तर) हुन्छ । क्षतिको आधारमा सिनियर वा जुनियर सर्भेयर फिल्डमा खटिन्छन् । सर्भेयरले काममा ढिला पुग्दा बीमा कम्पनीले अर्को सर्भेयर खटाउन सक्छन् । सोही कारण सर्भेयर छिट्टै जाने प्रयासमा हुन्छन् । अर्को, सर्भेयरले विवरण ढिला दियोपनि भन्ने गरिन्छ । यसका के हुन्छ भने घटना घट्दैमा रिपोर्ट तयार हुदैन । कुनै एकपक्षले केही प्रमाण तलमाथि गरेमा रिपोर्ट बिग्रिन्छ । सही रिपोर्ट निकाल्न सर्भेयर हरदम खटिन्छन् । हतारमा रिर्पोट गलत भए सिधै दोष सर्भेयरलाई हुन्छ । यो त सामान्य हो । तर कुरा के हो भने सही नतिजा खोजेको सर्भेयरले पाउने भनेको आरोप, शंका र गाली मात्र हो । त्यसै कारण पहिले सबैले सर्भेयर भनेको के हो, र यसमा पनि केही चुनौति छन् भन्ने बुझ्न आवश्यक छ । पहिले दाबी पर्छ । दाबी अनुसारको घटना, प्रहरीको मुचुल्का चाहिन्छ । आगलागी हो भने वारुणयन्त्र गएको हो कि होइन हेर्नुपर्छ । विदेशबाट पठाएको सामानमा भन्सार कति तिर्यो भने हेर्न आवश्यक हुन्छ । बिमितले यस्ता डकुमेन्ट दियो भने मात्र रिर्पोट निस्किन्छ । आगलागीको हकमा रिपोर्ट निस्किन लामो समय लाग्छ । सबैभन्दा पहिला आवश्यक कागजात तयार हुन नेपालमा ६ महिना लाग्ने गर्छ । सबैभन्दा पहिला भ्याट अफिसमा दाखिला गर्न पर्यो । अन्य आवश्यक ठाउँमा जाने काम बिमितको हो । सबै ठाउँमा सर्भेयर जाने होइन, जान मिल्दैन । बीमा कम्पनीले आफ्नो दाबी भुक्तानी ढिला हुँदा केही कारण भेटेनन् भने सर्भेयरले ढिला गर्छ भन्ने साह्रै सजिलो र पुरानो जवाफ हो । नयाँलाई सुझाव यो क्षेत्र देख्दा जति राम्रो छ, भित्र अलि त्यस्तो छैन । अब यस क्षेत्र रोज्नेले यसका परिस्थितिसँग जुध्दै केही नयाँ बाटो बनाउँछु भनेर आउने हो । अलि अलि मानसिक तनाव ह्यान्डल गर्न सकिदैन भने सर्भेयर पेशा नरोज्न मेरो अनुरोध छ । अबको सर्भेयर पेशा गतिलो पेशा, दोष रहित पेशा हो भन्ने सबैले बुझ्नु पर्छ । (बीमा सर्भेयर संघ नेपालका अध्यक्ष जोशीसँग विकासन्युजका लागि नविन पोखरेलले गरेको कुराकानीमा आधारित)