२ साताभित्र नै ‘स्टार्ट अप’का लागि विशेष योजना सार्वजनिक गर्दैछौं

महासंघको ५४ औं वार्षिक साधारणसभा सम्पन्न भई विभिन्न ६४ पदका लागि भएको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षहरु र ६० कार्यकारिणी समिति सदस्यहरुका लागि निर्वाचन भएको थियो । विधानतः अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान अनुसार मेरो नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कोषाध्यक्ष र कार्यकारिणी समिति सदस्यहरु सहितको ‘फुल बोर्ड’ गठन भैसकेको छ । महासंघको निर्वाचन पनि ठूलै हुन्छ र निर्वाचनका वखत समूह समूह बनाएर निर्वाचन पनि लड्छौं । व्यालेट बक्समा मत खसालेपछि ती सवै समूह विलय भई एकै समूह मात्र हुन्छ त्यो हो– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) । अस्ति आइतवार मात्र नवनिर्वाचित कार्यकारिणी समितिका सदस्यहरुबाटै सभापति रहने गरी विधान अनुसार गठन हुने समिति तथा फोरमले समेत पूर्णता पाइसकेका छन् । र, तिनै समिति तथा फोरमहरु मार्फत विषयगत एजेण्डाहरुमाथि छलफल गरेर नेपाल सरकारमा क्षेत्रगत सुझाव दिने महासंघको अभ्यास रहदै आएको छ । महासंघमा जिल्ला/नगर उवासंघ ११३, वस्तुगत १०३, द्विराष्ट्रिय उवासंघ २० र विभिन्न उद्योग प्रतिष्ठान कम्पनी, वैंक, बीमा, होटल समेत गरी ९६९ एशोसिएट सदस्य छन् । यसरी हेर्दा महासंघ देशभरि नै प्रतिनिधित्व भएको सरकार पछिको दोस्रो ठूलो संजाल भएको संस्था हो । महासंघको अन्तराष्ट्रिय सम्बन्ध संजाल पनि बलियोे छ । महासंघसंग हालसम्म चार दर्जन भन्दा बढी अन्तराष्ट्रिय संघ/संस्थाहरुले संस्थागत सहकार्य गर्दै आएका छन् । सरकारसँग सहकार्य महासंघको स्थापनादेखि नै नेपाल सरकारसँग सहकार्य हुंदै आएको छ । महासंघले नेपाल सरकारले तर्जुमा गर्ने आर्थिक, मौद्रिक तथा वाणिज्य, वैदेशिक लगानी, श्रम, पर्यटन, उर्जा क्षेत्रसंग सम्बन्धित कानुन तथा नीति निर्माण, शंसोधन र खारेजी प्रक्रियामा निजी क्षेत्रको तर्फबाट एकवद्ध भई परामर्श दिने, सल्लाह सुझाव दिने कार्य गर्दै आएको छ । नेपाल सरकारबाट गठित विभिन्न वोर्ड, समिति, संस्थानहरुमा समेत गरी करिब चार दर्जनभन्दा बढी सरकारी निकायमा महासंघको सशक्त प्रतिनिधित्व रहेको छ । महासंघले ती निकायहरुमा रही सरकारलाई महत्वपूर्ण सल्लाह सुझाव सहित आवश्यक सहयोग गर्दै आएको छ । अर्थतन्त्रको अवस्था र निजी क्षेत्रको योगदान आज म कोभिड १९ महामारीको असरबारे धेरै चर्चा गर्न चाहन्न । किनभने हामी सबैं यो बिषयमा जानकार छौ । हामीले यसअघि कहिल्लै भोग्नु नपरेको यो सामाजिक आर्थिक स्वास्थ्य समस्या हो । लकडाउन र निषेधाज्ञापछि अर्थतन्त्र क्रमशः चलायमान हुन थालेको छ । हालसम्म रेमिट्यान्स बढिरहेकाले अर्थतन्त्रलाई गति दिन यसले ठूलो योगदान पुर्याएको छ । विगतदेखि नै वैदेशिक रोजगार मुलुकको संकटमा सहयोगी वन्दै आएको हो । त्यसैले यसपटक हामीले महासंघमा वैदेशिक रोजगार फोरम गठन गरेको यसलाई मर्यादित र व्यवसायिक बनाउने पहल पनि थालेका छौं । यसैगरि निर्यात पनि बढिरहेको छ । आयात घटेको छ । शोधनान्तर एक सय १० अर्बले बचतमा छ । विदेशी विनिमय संचिति १५ खर्ब नाघेको छ । यसले भोलिका दिनमा अर्थतन्त्र पुरै तंग्रिएर विदेशी मुद्राको माग हुदा पनि हामी समस्यामा पर्ने छैनांै । औद्योगिक वातावरण सुधार हुन सक्यो भने कच्चापदार्थ आयातमा कुनै समस्या हुनेछैन । यसै सन्दर्भमा उद्योग मन्त्रालयले तयारी वस्तु र कच्चा पदार्थबीचमा कति फरक गर्न सकिन्छ भनेर राय मागेको छ । यसका लागि म उद्योग मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु । चालु आर्थिक बर्षको पहिलो चार महिनामा बैंक वित्तीय संस्थाको निक्षेप र कर्जा दुवै करिब ५ प्रतिशतले बढेको छ । निजी क्षेत्रका जाने कर्जा बढ्नु भनेको आर्थिक गतिविधि बढ्न थालेको संकेत हो । तर, क्षेत्रगत रुपमा हेर्दा सेवा उद्योग र कृषि क्षेत्रमा ७ प्रतिशत बढिले कर्जा बढेको छ । जुन सुखद छ । तर उत्पादनमूलक क्षेत्रमा १.६ प्रतिशत मात्रै बढेको छ । भिजन पेपर अन्तर्गत हामी दुई साताभित्र नै ‘स्टार्ट अप’का लागि विशेष योजना सार्वजनिक गर्दैछौं । यसमा हामी ५० जना युवाहरुलाई आवश्यक तालिम सहित पुँजी जुटाएर उद्यमीका रुपमा स्थापित गर्ने योजना बनाएका छौं । यसको महत्वपूर्ण पक्ष भनेको यस्ता उद्यमी स्थापित नभएसम्म महासंघले उनीहरुको हात छोड्ने छैन । नेपालमा संचालित उद्योगधन्दामा साना तथा मझौलाको अंश लगभग ८६ प्रतिशत छ । अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान छ । कोभिडको सवैभन्दा ठूलो असर पनि यही क्षेत्रमा परेको देखिन्छ । यो क्षेत्र मुलुकको अर्थतन्त्रको व्याकबोन पनि हो । साना तथा मझौला उद्योग व्यवसाय अधिकांश असंगठित क्षेत्रमा रहेकाले कोभिडका कारण यसमा आश्रित १६ देखि २० लाख मानिस प्रभावित भएका छन । अब चालु आर्थिक बर्षको मौद्रिक नीति मार्पmत घोषणा भएको साना तथा मझौला उद्यमी लक्षित पुर्नकर्जा प्रवाह पनि शुरु भएको छ । व्यवसाय निरन्तरता कर्जा पनि शुरु हुने क्रममा छ । यसले साना मझौला उद्यमीलाई राहत पुग्नेछ । तर, पर्यटन लगायतका केही अतिप्रभावित क्षेत्रमा समस्या कम भएको छैन । त्यसैले अतिप्रभावित क्ष्ँेत्रको श्रमिक व्यवस्थापन लगायतका क्षेत्रमा सरकारको सहकार्य खोजिरहेका छौं । महासंघको भिजन पेपर अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा करिव ७० प्रतिशत र रोजगारी सृजनामा करिव ८० प्रतिशत रहेको छ । निजी क्षेत्रको योगदान र जिम्मेवारीलाई अझ बढाउन महासंघको वर्तमान नेतृत्वले ‘सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक’को अभियानलाई अगाडी सारेको छ । हामीले महासंघको नेतृत्व सम्हालेदेखि नै मुलुकको आर्थिक बिकासका लागि ३, ५ र १० बर्षे रणनीति सहितको भिजन पेपर तयार गरीरहेका छौ । वृहत्तर छलफलका माध्यमबाट उक्त पेपर तयार गरी वर्तमान नेतृत्वको हनीमुन पिरियड अर्थात १०० दिनमा त्यसको सार्वजनिक गर्ने कार्यक्रम छ । उक्त भिजन पेपरमा मुलतः १) दोहोरो अंकको आर्थिक वृद्धि, २) वार्षिक ४ लाखलाई रोजगारी ३) आयात प्रतिस्थापन र व्यापार घाटा नियन्त्रण ४) दिगो र उत्थानशील अर्थतन्त्र निर्माणमा महत्वपुर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्ने लक्ष्य लिइएको छ । भिजन पेपर अन्तर्गत हामी दुई साताभित्र नै ‘स्टार्ट अप’का लागि विशेष योजना सार्वजनिक गर्दैछौं । यसमा हामी ५० जना युवाहरुलाई आवश्यक तालिम सहित पुँजी जुटाएर उद्यमीका रुपमा स्थापित गर्ने योजना बनाएका छौं । यसको महत्वपूर्ण पक्ष भनेको यस्ता उद्यमी स्थापित नभएसम्म महासंघले उनीहरुको हात छोड्ने छैन । हामी पेपर पुरै तयार नहुदै पनि आवश्यकता अनुसार कार्यक्रम सार्वजनिक गर्दै जाने तयारीमा छौ । भिजन पेपरले पूर्णता पाएपछि सरकारसंगको सहकार्यमा कार्यान्वयन गर्ने योजना छ । यस वारेमा हामीले सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, राजनीतिक दलका शीर्षस्थ नेताज्यूहरुलाई समेत जानकारी गराइसकेका छौं । र, सरकारका सबै अधिकारी तथा निकायहरुबाट अर्थपूर्ण सहयोगको अपेक्षा हामीले गरेका छौं । (नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नेपाल सरकारका सचिवसँगको परिचयात्मक कार्यक्रममा अध्यक्ष गोल्छाले राखेको विचारको सम्पादित अंश)

यस कारण नेपालमा उद्यमशिलताको वातावरण बन्न सकेन: विनोद चौधरीको विचार

उद्योग व्यवसाय क्षेत्रमा हात हालेको मेराे ४५ वर्ष भइसकेको छ । याे ४५ वर्षको यात्रामा मैले नेपालको निजी क्षेत्रमा विविध पक्षहरुलाई केलायर सरकारसँग लगानीमैत्री वातावरण सिर्जना गर्ने कूरामा अगाडि बढिरहेको छु र अझै पनि बढि रहने नै छु । मैले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्दा होस् वा नेपाल उद्योग परिसंघको नेतृत्व गर्दा किन नहोस् नेपालको निजी क्षेत्रको विकास र विस्तारका निम्ति  र लगानीमैत्री वातावरण सिर्जना गर्नको लागि मैले ठूलो योगदान गरेको सबैलाई थाहा नै छ । नेपालको नीति निर्माणको तहमा पनि मैले काम गरेको छु । उद्याेग तथा व्यापार व्यवसायमा मात्र होइन सबै क्षेत्रमा सकारात्मक सोच र विचारका साथ अगाडि बढ्न आवश्यक छ । नकारात्मक मानसिकतालाई हटाएर ठूलो स्कीलकासाथ अगाडि बढाउन र उद्यमशिलताको वातावरण सिर्जना गर्नको लागि ठूलो संघर्षको आवश्यक हुन्छ । उद्यम र उद्यमशिलता नेपालमा अहिले दुईटा जेनेरेसन उद्यममा लागेको छ । एउटा ४५ वर्ष उमेर समूह र अर्को २५ वर्ष उमेर समूहको । पूरानो उदमीसँग अनुभव र दक्षता छ । नयाँसँग बढी ज्ञान, उर्जा र योग्यता छ । यसको सम्मिश्रणले देशमा उद्यमशिलताको विकास गर्न सहयोग पुग्छ । पहिले नेपालमा निजी क्षेत्रलाई हेर्ने सरकारी नजर भिन्नै किसिमको थियो । निजी क्षेत्रलाई असहयोग गर्ने, लगानीको वातावरण सिर्जना गर्ने खालका नीति नियम खासै थिएनन् । अहिले त्यस्तो अवस्था छैन । म आफै पनि निती नियम बनाउनमा सरिक भएको छु । नेपालमो निजी क्षेत्रको मनोपोली अन्त्य गर्ने क्रम २०४२ सालबाट सुरु भएको थियो । त्यसपछि विस्तारै काम गर्ने वातावरण बन्दै गयो । विभिन्न क्षेत्रमा नविनतम उद्यम तथा उद्यमीहरु आए । त्यसमा धेरै युवाहरुको उपस्थिती पनि रह्यो । उत्पादनशीलता पनि बढ्यो । तर, पछिल्लो फेरि उत्पादन क्षेत्र खुम्चिदै जानु दुर्भाग्य हो । अहिले प्रत्येक मुलुकमा नेपालीहरुको सहभागिता छ । देशमै पनि विभिन्न जिल्लामा उद्यमीहरु छन् । उर्जा, पर्यटन लगायतका क्षेत्रमा प्राइभेट क्षेत्रको सहभागिता रह्यो । त्यो बेलामा गरेका परिवर्तन र निजी क्षेत्रकै सहभागिताले अर्थतन्त्र चलिरहेको छ । जसरी उद्यमीहरु आइरहेका छन् त्यही अनुरुपमा रोजगारी भने सिर्जना हुन सकिरहेको अवस्था छैन । ४० लाखभन्दा बढी नेपाली युवा विदेशमा छन् । रेमिट्यान्सले एकातर्फ मुलुकलाई धानिरहेको छ भने अर्कोतर्फ लङटर्म विकासलाई धकलिरहेको छ । यो खुसीको परिसस्थिती भने हाेइन । अब युवाहरुको उद्यम र अनुभवलाई नेपालमै प्रयोग गर्न जुरुरी छ । विश्वभर जुन प्रकारका नयाँ नयाँ गतिविधि भइरहेका छन् ती बिजनेसमा युवाहरुको हात छ । समय अनुसार साँच्चीकै काम गर्न चाहनेहरुको बिचमा दलाली गर्नेहरुको हालीमुहाली बढेको छ । हामीले तिनीहरुलाई छुट्याउन चाहेनौं । दवाव दिन चाहेनौं । आज हाम्रो नीति नियम कार्यान्वनको पाटो नै समस्याग्रत छ । दलालहरुकै कारण पनि धेरै समस्या देखिरहेको छ । दलालको हालीमुहाली हुने र साँच्चीकै उद्यम गर्न चाहने व्यक्ति विस्थापित हुनु परेको अवस्था छ । यसलाई नीति नियम बनाउनेहरुबाट पनि केलाउन सकिरहेको अवस्था छैन । सिस्टमलाई नै प्ले गर्ने ब्रोकरहरुकै हालिमुहालीले यो क्षेत्र बदनामी बन्दै गइरहेको अवस्था पनि छ । यो सबै कारण भनेको गलत मान्छेको विरुद्ध हामीले बोल्न नसक्नु नै हो । दुधलाई पानीसँग छुट्याउन हामीले जति मेहेनत गर्नुपछ्र्र त्यति मिहेनत हामीले गर्न दलाल र उद्यमीबिच गर्न सकेनौं । नेपालमा काम गर्न सकिँदैन । परिवर्तनका लागि नेपालमा युवाहरु गर्न सक्ने नै वातावरण नै छैन । यो हाम्रा लागि गम्भीर संकट हो । काम नलाग्ने नेपालमै थुप्रीएर बस्छन् र राम्रा र क्वालिटी भएका मानिस विदेश जाने मुख्य कारण नै यही हो । नेपालका उत्पादनशील वस्तु पनि अनुत्पादनशील भइरहेकाे अवस्था छ । यिनै समस्याले हाम्रो अर्थतन्त्र र लगानीकर्ताको उर्जा घट्ने र निरुत्साहित हुने अवस्था देखिएको हो । नीति नियम हाम्रो मुख्य समस्या नीति नियमको कार्यान्वयनमा नै छ । मैले निजी क्षेत्रलाई सौताको रुपमा हेर्ने सरकारको नजरलाई परिवर्तन गर्न धेरै भूमिका खेलेँ । म राजनीतिमा गएको कारण पनि त्यही हो । सुरुमा मैले कुनै पनि पार्टीको पहिले सदस्यता लिएको थिएन । संविधानसभाको समयमा संविधान लेख्ने मौका रुपमा मेले पनि अवसर मैले पाएँ । राजनितीक रुपमा एउटा जेल नेल भन्ने मानसकिता छ । पहिले २५ वर्षमा २६ सरकार आए त्यसैले काम भएन भन्थे । खै त अहिले विकास हुन सकेन ? अहिले ३ वर्षदेखि एउटै सरकार छ त ? नेतृत्व नै मुख्य कूरा हो । नेपालमानयाँ पिँढी अर्थात उद्यमीलाई स्थान दिने वातावरण बन्नु पर्छ । केही क्षमता भएका युवाहरुलाई प्लेटफर्म दिनु पर्छ । पेशागत माध्यमबाट उत्पादनशिल बनाउन पनि त्यति सजिलो छैन । यो जमातलाई स्थान नदिँदासम्म परिवर्तन आउन सक्दैन । नयाँ उद्यमीलाई स्थान दिन आवश्यक छ । परिवर्तन ज्ञानबाट आउँछ । निजी क्षेत्रबाट सञचालित जुनसुकै क्षेत्र र सरकारी तवरबाट सञ्चालन भएका हेर्नुस् । सबै रिसोर्सेज म्यानेजमेन्टको कारणले हो । यी विविध पक्षहरु बुझेर मात्र परिवर्तन हुन सक्छ । नेपालका युवाहरु कुनै पनि दृष्टिकोणबाट कुनै पनि विषयमा कमजोर छैनन् । सबैले विश्वका घटनाहरुलाई नजिकबाटै हेरिरहेका छैन् । कुन वस्तु वा सेवा कहाँ बिक्री वितरण हुन्छ भने भौगलिक रुपमा बुझन् आवश्यक नै छैन । हिजो सम्म फिजिकल्ली गर्ने कामह आज भच्र्युअल्ली गरिरहेका छौं । नयाँ डिजिटल्ली रुपमा काम गर्ने कम्पनीहरु काम गरिहरेका छन् । मानिसको जिवनशैली पनि बढ्दै गएको छ । सबै क्षेत्रमा नयाँ प्रविधिको विकास भइरहेको छ । सर्पोट सिस्टम वातवारणको समस्या छ । मिसिङि लिंक कहाँ छ ? नयाँ अभियानका साथ अगाडि बढ्नु पर्छ । नयाँ सोच र चिन्तनको आवश्यकता छ । उद्यमीहरु जन्माउनु पर्यो । बजारमा उत्पादन नै छैन । रिसोर्स म्यानेजमेन्टको कमजोरी छ । राजनीति र पोलिसी मेकिङमा परिवर्तन गर्न आवश्यक छ । खाडल कहाँ छ ? त्यसको महसुस गर्न अपरिहार्य छ । युवाहरु र नयाँ उद्यमीहरुलाई व्यावसायिक वातावरण सिर्जना गर्नको लागि लागि पर्नु पर्छ । फरक पृष्ठभूमिबाट आउनु राम्रो हो । तर, उसलाई सही ट्रयाकको वातावरण सिर्जना गर्न सरकारले तदारुकता दिनु पर्छ । प्रत्येक घरमा एउटा उद्यमी जन्माउनको लागि के के गर्ने त्यसतर्फ ध्यान दिनु पर्छ । अब केही वर्षभित्रै ६० लाख युवाहरु बजारमा आउँदैछन् । तिनीहरुलाई कसरी व्यवस्थापन गर्ने ? तिनीहरुलाई उद्यमतर्फ कसरी लैजाने? एउटा सफल उद्यमीले १० वटा उद्यमी जन्माउँछ । विश्वका उद्यमीले कसरी काम गरेका छन् ? तिनीहरुको नीति के छ ? त्यसतर्फ हामीले ध्यान दिनु पर्छ । पूरानो जेनेरसनले बनाएको रिसोर्सज महत्वपूर्ण स्ट्रेन्थ हो । लगानीको बाधक को ? पहिले धेरै समस्याहरु थिए । अहिले तयति धेरै समस्याहरु पनि छैनन् । लगानी बोर्ड पनि बन्यो । तर, अझै पनि हाम्रो देशमा लगानीकर्ताको लागि लगानीमैत्री वातावरण नै छैन । उद्यमी व्यवसायी भनेको देशको रिसोर्स दुरुपयोग गर्नको लागि हो भन्ने गलत मानसिकता छ । म इमान्दार र उद्योगी चोर भन्ने मानसिकता नै यसको बाधक हो । उद्योगको उ नजान्ने व्यक्ति नै दशकौं देखि व्यवसाय गर्दै आएको व्यक्तिलाई लेक्चर दिनु नै आजको समस्या हो । यो मानसिकता नै लगानीको बाधक हो । यो मानसिकताबाट जब मुक्ती पाइँदैन तब सम्म लगानीको वातावरण बन्दैन । यही कारणले नै नेपालमा लगानीको बातावरण बन्न सकेन । यही कारण हो सक्षम ब्य्िक्त नै हार खाएर विदेशिन बाध्य हुनु परेको । नेपालमा भित्र वा नेपाल बाहिर गर्ने लगानी फरक–फरक कूरा हुन् । आज हाम्रो ग्रुपले विभिन्न समस्याका बाबजुत पनि विभिन्न समयमा ११ वटा सेक्टरमा काम गरिरहेका छौं । हामीले सकेजति लगानी गरिररहेका छौं । हाम्रो पनि विदेशमा नेपाली झण्डा फहराउनु पर्छ भन्ने हाम्रो मान्यता हो । त्यसमा पनि नियम कानुनमा बाधा गर्छ भने त्यसले के नोक्सान भयो । यसलाई विभिनन कारणले विवादित गर्ने राष्ट्रबाद देखाउने भन्ने मानसिकतालाई हटाउनु पर्छ । एसएमई किन आइरहेका छैनन् ? नेपालमा अहिले बजेट सक्नैको लागि तालिम आयोजना हुन्छन् । त्यो ५/१० दिनको बजेट सक्ने तालिमले एउटा राम्रो उद्यमी बन्न सकिँदैन । त्यसले योग्य उद्यमी बन्न सकिँदैन । तर, अहिले पनि धेरे योग्य जनशक्ति हामी सँग छ । तर, त्यसको सदुपयोग हुन सकेको छैन । सबै प्रदेश स्थानीय तहले एसएमई उत्पादन गर्न सक्ने क्लास चलाउनु पर्छ । यो काममा उद्यमी अर्थात बाहिरबाट आएकाहरुलाई फ्रण्टमा राख्नु पर्छ । योग्यलाई सही ट्रयाक फर्म दिन नसक्नु पनि मुख्य कारण हो । (नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अर्थनीति वहसमा चौधरीले रोखेको विचार)

लगानीकर्ताको धैर्यताको बाँध टुटे कसले जिम्मा लिन्छ ? तारा फुल्लेलको विचार

लगानीकर्ताहरुले ब्रोकर कमिशन कम हुनुपर्छ भनेर पटक-पटक भन्दै आएका छौं । नेपाल धितोपत्र बोर्डलाई यस भन्दा अगाडि पनि लिखित तथा मौखिक रुपमा पनि ब्रोकर कमिशन घट्नु पर्छ भनेर अनुरोध गर्दै आएका छौं । धेरै पटक आग्रह तथा अनुरोध गर्दा गर्दै पनि अब हाम्रो धैर्यताको बाँध टुटिसकेको छ । सोही अनुरोध अनुरुप आज हामीले नेपाल धितोपत्र बोर्डमा दवाव स्वरुप कार्यक्रम गर्यौं । नेपालको पुँजी बजार संचालन गर्नको लागि आवश्यक पर्ने नीति नियम तर्जुमा गरी लगानीकर्ताहरुको हित र लगानीको संरक्षण गर्दै देशको आर्थिक विकासमा छरिएर रहेका पुँजीहरुलाई एकतृत गर्दै सो पूँजीलाई राष्ट्र निर्माणमा परिचालन गर्ने मुल उद्देश्यबाट नेपाल धितोपत्र बोर्ड स्थापना भएको व्यहोरा सबैलाई अवगत नै छ । यसले हामी लगानीकर्ताका पिर मर्का र समस्याहरु बुझ्न पनि आवश्यक छ । लगानीकर्ताहरुको हित संरक्षण र उनीहरुको लगानीको लागत कम गरी पुँजी बजारमा लागेको लगानीको सुनिश्चितता र प्रतिफलको सम्भावना देखाई दिनु पर्ने पनि बोर्डको कार्य क्षेत्र पर्छ । सोही उद्देश्य प्राप्तीका लागि हालै बोर्डले अन्तर्राष्ट्रिय लगानीकर्ता सप्ताह पनि मनाएको छ । लगानीकर्ताहरुले आफ्नो लगानीको लगानी लागत कम गरी बढी भन्दा बढी प्रतिफल चाहना राख्नु हाम्रो नैसर्गिक अधिकार हो र हरेक लगानीकर्ताहरुको मुख्य उद्देश्य पनि त्यही हो । देशको पुँजी बजारको विकास र विस्तारका लागि गरिएका विगतका विभिन्न आन्दोलनहरु मध्ये नेपाल सरकार र लगानीकर्ता संघ संगठनहरु बिच भएको ५८ बुँदे सम्झौतामा उल्लेख भएको दलाल कमिशन पुनरावलोकन गर्ने भन्ने बुँदा नम्बर ३४ को बुँदालाई कार्यान्वयनम ल्याउन नेपाल सरकार अर्थ मन्त्रालयबाट धितोपत्र बोेर्डमा प्रेशित भई सो बाेर्डबाट कमिशन पुनरावलोकनको लागि अध्ययन समिति समेत गठन भइ समितिबाट प्रतिवेदन समेत बोर्डमा पेश भइसकेको छ । ब्रोकर कमिशन सम्बन्धि एउटा अध्ययन समिति पनि गठन भएको छ । सो अध्ययन समितिले समेत प्रतिवेदन तयार गरेर धितोपत्र बोर्डका अध्यक्षकोमा पुगि सकेको धेरै महिना भइसक्यो । सो प्रतिवेदनको रिपोर्ट पनि आइसक्यो भन्ने हामीले सुनेका छौँ । त्यति हुँदा पनि आजसम्म त्यसको कुनै वास्ता छैन । हिजो दैनिक १०/२० करोडको कारोबार हुने ठाउँमा अहिले ९/१० अर्बको कारोबार हुने स्थिति आइसकेको छ । अझै पनि त्यही पूरानै कमिशन हुनु विडम्बना हो । यो अवस्थामा हामीलाई कुनै राहत महशुस भएको छैन । अहिलेको ०.६ प्रतिशत कमिशन धेरै हो । ०.४ देखि ०.६ प्रतिशत धेरै भयो । अब बजार सुहाउँदो बनाउन ०.२५ प्रतिशत बनाउन आवश्यक छ । यसमा नै लगानीकर्ताहरुको हित छ । ब्रोकर कमिशन घटाउँदा लगानीकर्ताहरुले राहत प्राप्त गर्न सक्छन् । यही लगानीकर्ताहरुलाई राहत दिलाउनु नै हाम्रो कार्यक्रमको मुख्य उद्देश्य हो । उक्त लगानीकर्तालाई राहत मिलाउने हिसाबले नै हामीले ज्ञापन पत्रपनि तयार पार्यौं । अहिले धितोपत्र बोर्डको अध्यक्ष विदेश जानु भएको बेला परेकाले बोर्डको कार्यकारी निर्देशकलाई ज्ञापन पत्र बुझाउने योजना हामीले बनायौं ।  लगानीकर्ताहरुले लिखित, मौखिक तथा नियमित भेटघाटमा दलाल कमिशन घटाएर लगानीकर्ताहरुको लागत कम गरी लगानीकर्ताहरुलाई पुँजी बजारमा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्य पूर्तिकाललागि कार्य गर्न अनुरोध गर्दै आएका छौं । लगानीकर्ताहरुले सेयर बजारमा लगानी गर्दा प्राप्त हुने प्रतिफलमा तेहोरो कर लाग्ने गरेको र सो सम्बन्धमा हामी लगानीकर्ताहरुको अनुरोधलाई मनन् गर्दै ५ प्रतिशत लाभकरलाई अन्तिम करको विषयमा स्वीकार गर्ने विषयलाई कार्यान्वयनमा ल्याउन, पुँजी बजारलाई पुनरुत्थान गर्न सेयर कर्जाको मार्जिन ७० प्रतिशत सम्म दिन पाउने व्यवस्था गर्न माग गरेका छौं । चर्को कमिशनले लगानीकर्ताहरुको नोक्सानी दिनानुदिन बढ्दै गएको अवस्थामा लगानीकर्ताहरुको लागानीको धैर्यताको बाँध टुट्न गई सो कार्यले निम्त्याउने अप्रिय परिणामको भागिदारी हामी लगानीकर्ताहरु हुन सक्दैनौं । आज बजारले नयाँ उचाई र विभिन्न रेकर्ड कायम गर्दै अगाडि बढ्दै गएको छ । ब्रोकर कमिशन ०.२५ प्रतिशत कायम गरी हामी लगानीकर्ताहरुको लगानीको लागत कम गराउदै नेपालको पूँजी बजारमा भित्रिने नयाँ युवा पुस्तालाई यस क्षेत्रमा आउन प्रेरित गर्दै, छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै सो पूँजीलाई राष्ट्र निर्माणमा आवश्यक पूँजीको जोहो गर्दै, पुँजी बजार चलायमान बनाउँदै, नेप्से धितोपत्र बोर्ड, सिडीएससी र ब्राकरको पनि आयमा गुणात्मक वृद्धि हुनेछ । राष्ट्रलाई पनि पूँजीगत लाभकर अझ बढी प्राप्त भई हामी लागानीकर्ताहरुले सरकारलाई कर तिरेर गौरवान्वित हुने वातावरणको सिर्जना गरिनु पर्छ । (सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष फुल्लेलसँग गरिएको कुराकानीमा आधारित)