नेशनल लाइफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विराटनगरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमा शुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ४२५ जनाभन्दा बढी अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कोशी प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीइओ क्लब सदस्यता वितरण गरेका थिए । यस्तै प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम, द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप मधेस प्रदेश र गण्डकी प्रदेशका अभिकर्ताहरुबिच सम्मान कार्यक्रम सम्पन्न भईसकेको बताए । कोशी प्रदेशका अभिकर्ताहरूलाई पनि सम्मान गरिएको बताउँदै उनले अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराए । उनले कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सीईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट दुई हजार जनाभन्दा बढी अभिकर्ताहरु छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए । समारोहमा सीईओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

बाढीको दाबी भुक्तानी गर्न बीमा कम्पनीको आलटाल, पौने १२ अर्बमा ५ प्रतिशत मात्रै भुक्तानी

काठमाडाैं । बीमा कम्पनीहरूले बाढीपहिरोका कारण धनसम्पत्तिमा क्षति भएका बीमितको दाबी भुक्तानीमा आलटाल गरेको देखिएको छ । बाढी पहिरोबाट ठूलो क्षति बेहोरेका बीमितले बीमा रकम दाबी गरेको लामो समय भइसक्दा पनि भुक्तानी गरेका छैनन् । बाढी पहिरोबाट क्षति बेहोरेका बीमितले हालसम्म पौने १२ अर्ब बीमा रकम दाबी गरेका छन् । तर, त्यसको ५ प्रतिशत अर्थात् ६१ करोड रुपैयाँ मात्रै कम्पनीले भुक्तानी गरेका छन् । कार्तिक २८ गतेसम्म बीमा कम्पनीहरूले ६१ करोड ७ लाख ९३ हजार रुपैयाँ दाबी भुक्तानी दिएका हुन् । बीमितले बाढी पहिरोबाट क्षति भएको भन्दै बीमा कम्पनीहरुमा ११ अर्ब ८२ करोड रुपैयाँको दाबी पेस गरेका छन् । नेपालमा सञ्चालनमा रहेका चार लघु निर्जीवनसहित १८ वटा निर्जीवन बीमा कम्पनीले उक्त दाबी भुक्तानी दिएका हुन् । जसमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । शिखर इन्स्योरेन्सले २६ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । शिखरमा एक अर्ब ९८ लाख रुपैयाँ दाबी पेस भएको थियो । यसैगरी, सिद्धार्थ प्रिमियरमा २ अर्ब ६० करोड २४ लाख रुपैयाँ दाबी पेस भएको थियो । सो कम्पनीले ९ करोड ३७ लाख भुक्तानी दिएको छ । नेको इन्स्योरेन्सले ६ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । नेकोमा ७६ करोड ३९ लाख रुपैयाँको दाबी पेश भएको थियो । १ अर्ब ३६ करोड दाबी पेश भएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ करोड ८२ लाख भुक्तानी गर्दा १ अर्ब ९ लाख दाबी पेश भएको हिमालयन एभरेष्टले ४ करोड ६१ लाख रुपैयाँ भुक्तानी दिएको छ । यसैगरी, आईजीआई प्रुडेन्सियलले ३ करोड ९ लाख, सानिमा जीआईसीले २ करोड ५८ लाख र नेपाल इन्स्योरेन्सले १ करोड ८ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् । राष्ट्रिय जीवन बीमा कम्पनी र ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले एक रुपैयाँ पनि भुक्तानी दिएको छैन । उक्त कम्पनीहरूमा क्रमशः २० करोड ६७ लाख र १५ करोड २० लाख रुपैयाँ दाबी पेश भएको थियो ।  दाबी र भुक्तानीकाे तथ्यांक   

२०औं वार्षिकोत्सवको अवसरमा शिखर इन्स्योरेन्सले गर्यो कर्मचारीलाई सम्मान

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २० औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमका साथमा वार्षिकोत्सव मनाएको छ । यसैबीच कम्पनीमा २० वर्ष भन्दा बढी समय देखि कार्यरत कर्मचारीहरुलाई सुनको सिक्का तथा १० वर्ष भन्दा बढी समयदेखि कार्य गर्ने ११ जना गरी कुल ३४ जना कर्मचारीहरुलाई १०० ग्राम चाँदीको सिक्का सहित सम्मान गरिएको थियो । कम्पनीले विगतमा पनि हरेक वर्ष आफ्नो वार्षिक उत्सव कार्यक्रममा १० वर्ष भन्दा बढी समयदेखि कम्पनीमा सेवा प्रदान गर्ने कर्मचारीहरुलाई चाँदीको सिक्का सहित सम्मान प्रदान गर्दै आइरहेको छ । कम्पनीले आफ्नो २० वर्षको समयमा निम्न बमोजिमको सफलताहरु हासिल गर्न सफल रह्यो । १०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी २०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी ३०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी ४०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी ५०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी बीमा शुल्क रकममा करिब १४ प्रतिशतको बजार हिस्सा २० वर्षको समयमा २० अर्ब रुपैयाँ भन्दा बढीको दाबी रकम भुक्तानी २० वर्षको समयमा १ लाख भन्दा बढी दाबी संख्याको भुक्तानी २० वर्षको समयमा आफ्ना शेयरधनीहरुलाई २९५ प्रतिशतको लाभांस प्रदान मर्जर विना २५० करोड रुपैयाँको चुक्ता पुँजी पु-याउने पहिलो बीमा कम्पनी १०० भन्दा बढी शाखा संजाल विस्तर गर्ने पहिलो बीमा कम्पनी ६०० जना भन्दा अधिक मानव संसाधन विकास गर्ने पहिलो बीमा कम्पनी