लिबर्टी माइक्रो लाइफले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले प्रारम्भिक सार्वजनिक निष्कासन गर्न लागेको साधारण सेयरको लागि खरिद प्रत्याभुति सेवा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड तथा आरबिबि म्युचुअल फन्ड १ ले संयुक्त रुपमा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ रकम बराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर प्रति सेयर अंकित मूल्य १०० रूपैयाँ दरमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । सोमबार एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, आरबिबि म्युचुअल फन्ड १ का तर्फबाट आरबिबि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादबले उक्त सेयर प्रत्याभुति प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरे ।

गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

‍काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएकाे छ । कम्पनीले कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हाे । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल नियुक्त भएकाे छ । आईपीओ निष्कासनसम्बन्धि कार्यका लागि गरिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले आइतबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको १०० का दरले हुन आउने कुल रकम २२ कराेड ५० लाख रुपैयाँ बराबरको प्रत्याभूति गर्ने सम्झौता भएको छ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुष १४ मा दर्ता भइ २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ । गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

सिटिजन लाइफको ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ’ को नवौं संस्करण सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ’ को नवौं संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । उक्त सीप र ज्ञान विकास मुलक कार्यक्रम २०८१ साल भाद्र महिनामा तीन दिनसम्म काठमाडौंकाे बौद्ध स्थित सिद्धार्थ बुटिक होटेलमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको मुख्य उद्देश्य विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको बिक्री विकास र व्यवसाय सञ्चालनको सन्दर्भमा सीप अभिवृद्धि गर्नु थियो । यस क्षमता वृद्धि कार्यक्रम जोखिमाङन, दाबी, बीमालेख तथा बीमाङ्कीय, ग्राहक सेवा, कानुन तथा सम्पत्ति शुद्धीकरण, सूचना प्रविधि, ब्रान्ड लगायत अन्य दैनिक व्यापार सञ्चालनका लागि महत्त्वपूर्ण विषयहरुको बारेमा मुख्य गरी नयाँ शाखा प्रमुखहरूलाई अवगत गराउनका लागि सञ्चालन गरिदै आएको छ । उक्त कार्यक्रममा उपस्थित शाखा प्रमुखहरुलाई आवश्यक कक्षा र जानकारी प्रदान गर्न प्रधान कार्यालयबाट विभिन्न विभाग प्रतिनिधिहरूको उपस्थित रहेको थियो । कार्यक्रममा ३ दिन सम्म कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल साथै कम्पनीको व्यवस्थापन टिमले ३० जना शाखा प्रमुखहरूलाई आफ्नो विशेषज्ञता प्रदान गरेका थिए । कम्पनीको सम्पूर्ण व्यवस्थापन टिमले अझै मिहेनत र लगनका साथ काम गर्न उपस्थित सम्पूर्ण शाखा प्रमुखहरुलाइ प्रेरित गरेका थिए । कम्पनीको सम्पुर्ण व्यवस्थापन टिम, डिर्पाटमेन्ट हेड, टिम हेड सहितको समुपस्थितीमा ३ दिने कार्यक्रम भव्य रुपमा सम्पन्न भयो ।