सिटिजन लाइफको अनलाईन बीमा दाबी सेवा सजिलो, २ दिनमै हस्तान्तरण गर्यो मृत्यु दाबी रकम

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले केही दिन अघि मात्र ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाईन बीमा दाबी सेवाको शुभारम्भ गरेको थियो । जसमा बीमितका अभिकर्ताले अनलाईनबाटै दाबी प्रकृया अगाडि बढाएका थिए र सो अनुसारको दाबी रकम दाबीकर्तालाई कम्पनीले दुई कार्य दिनमै प्रदान गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी टीकापुर शाखाबाट बीमा गरेकी, टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ बस्ने श्रीमति शोभा कुमारी बमको हालसालै कोरोनाको कारण टीकापुर अस्पतालमा मृत्यु भएको थियो । लकडाउनको समयमा उनका श्रीमान धुर्ब खत्रीलाई सिटीजन लाइफ इन्स्योरेन्समा गरेको जीवन बीमाको दाबी फर्छौट भरपाइमा हस्ताक्षर गराउन घरसम्म पुगेका क्षेत्रीय शाखा प्रमुख केशव राज गिरीले उल्लेखित लाभ रकम १० लाख रूपैयाँ, बोनस रकम ३५ हजार रूपैयाँ तथा काजकृया खर्च बापत ५० हजार रूपैयाँ गरि जम्मा १० लाख ८५ हजारको रकम दाबीकर्ता  धुर्ब खत्रीको बैंक खातामा अनलाइन मार्फत जम्मा गरिएको र सोको निस्सा दाबीकर्तालाई हस्तान्तरण गरेको जानकारी गराए । बीमितले एक किस्ता बराबरको ७८ हजार ७ सय रूपैयाँ जम्मा गरेका थिए । रकम बिमितको खातामा जम्मा भइसकेको कुरा बीमितका धुर्ब राज खत्रीले जानकारी गराए । कम्पनीले परिवारका सदस्यलाई बीमा वापतको रकम हस्तान्तरण गरे पश्चात सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य काम गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उल्लेख गरे । उनले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमा सम्बन्धि चेतना बढाउनुपर्नेमा जोड दिए । उनले बीमित, अभिकर्ता लगायत अन्य सरोकारवालालाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिईने बताए । साथ साथै कोरोना भाइरसले गर्दा निम्तिएको यस विषम परिस्थितीमा सबैलाई सावधान र सुरक्षित रहन सुझाब दिएका छन् । हालको असहज परिस्थिती एवम् आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन थालिएको यस अभियान कम्पनीका सेवाग्राहीले निकै रुचाएका छन् ।

सिद्धार्थ इन्स्योरेन्सको प्रस्तावित १५.७८ प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रस्तावित १५.७८९४ प्रतिशत लाभांश पारित भएको छ । जेठ २८ गते सम्पन्न कम्पनीको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले हाल कायम रहेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद(कर प्रयोजनको लागि) गरी सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता १ अर्ब रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस सेयर पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ नाघ्ने छ । उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरे । आ.व. २०७६/७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्ब ९६ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोे थियो भने यस आर्थिक वर्षको साधारण सभा भएको दिनसम्म २ अर्ब १ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरि सकेको कम्पनीले जानकारी गराएको छ । उक्त बीमा शुल्क संकलन गत आर्थिक वर्षको सोहिको तुलनामा १६.०७ बढी रहेको छ । कम्पनीको वार्षिक साधारण सभा भच्र्युअल माध्यमबाट सम्पन्न भएको हो ।

नेरुडे लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ्ग नियुक्त भएका छन् । संस्थाले साउन १ गतेदेखि लागू हुने गरी आरबिबि मर्चेन्टलाई एक वर्षको लागि सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । उक्त निर्णय बैशाख १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । त्यस्तै, संस्थाको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडाैंकाे टेकुस्थित आरबिबि मर्चेन्टमा सम्पर्क गर्न सकिने छ ।