नेको इन्स्योरेन्सले घोषणा गर्यो तीन वर्ष यताकै उच्च लाभांश, बोनस कति ?
काठमाडों । नेको इन्स्योरेन्सले सेयरधनीलाई १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जेठ ९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिको स्वीकृति एवं आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । प्रस्तावित १६.३२ प्रतिशत लाभांश गत तीन वर्ष यताकै उच्च हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ८.१६ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७३/२०७४ को नाफाबाट सेयरधनीलाई क्रमशः १२.६३ र १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सीए रिमालले पाए राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी
काठमाडाैं । राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी महेश रिमालले पाएका छन् । उनले शुक्रबार सो जिम्मेवारी पाएका हुन् । बिहीबार कवि प्रसाद पाठकको कार्यकाल सकिए सँगै चार्टर्ड एकाउन्टेण्ट रिमालले सो जिम्मेवारी पाएका हुन् । संस्थानमा हाल उप महानिर्देशक रहेका रिमाल निमित्त प्रमुख प्रशासक तोकिएका हुन् । संस्थानको सञ्चालक समितिले हिजोबाट लागू हुने गरी रिमाललाई अर्को व्यवस्था नहुँदासम्मको लागि कामु प्रमुख प्रशासकको जिम्मेवारी तोकेको हो । अहिले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा अवस्थामा नियुक्ती प्रक्रिया असहज भएकोले तत्कालका लागि सो जिम्मेवारी उनलाई अख्तियारी दिएकाे बुझिएको छ । कामु प्रशासकको जिम्मेवारी तोकिएका रिमालले आजैबाट जिम्मेवारी लिएर कार्य प्रारम्भ गरेका छन् ।
सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा झालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको हो । बैठकले जेठ ७ गतेदेखि नै लागू हुने गरी संस्थापक सेयर समूहतर्फको प्रतिनिधित्व गर्ने गरी झालाई भिजे इन्भेष्टमेन्ट कम्पनीको प्रतिनिधित्वको रुपमा नियुक्त गरेको हो ।