पोखरामा सिद्धार्थ इन्स्योरेन्सकाे अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशको पोखरामा बीमा दावी सम्वन्धि अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले “संस्थागत सुशासन र पारदर्शिता, दावी भुक्तानीको सुनिश्चितता” विषयक उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा दावी सम्बन्धि विषयमा बीमितसँगको प्रत्यक्ष सात्क्षातकारबाट एक अर्काको कमि कमजोरी पहिचान गरि, दावी भुक्तानी कार्यलाई प्रभावकारी बनाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । कम्पनीका सञ्चालक पवन कुमार अग्रवाल सभापतित्वमा सम्पन्न कार्यक्रममा होटल, पर्यटन, मोटर व्यवसायसँग सम्वन्धित व्यवसायी तथा वीमा दावीसँग प्रत्यक्ष संलग्न रहने सर्भेयरहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले बीमितको हितलाई केन्द्रविन्दुमा राखेर बीमा दावीको भुक्तानी गर्ने लक्ष्य रहेको र बीमा दावी फर्छयौट प्रकृयालाई अझ सरल, सुलभ र पारदर्शी बनाउनेतर्फ क्रियासिल रहेको बताएका छन् ।

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण तथा बीमा दाबी रकम भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सल्यानमा बीमा जागरण तथा बीमा दाबी रकम भुक्तानी गरेको छ । पुस १३ गते सल्यानमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको हो । बीमित स्व. केवल प्रसाद वस्नेतले २०७५ श्रावण ३१ मा प्रथम बिमा शुल्क ४८ हजार ७ सय ६४ रुपैयाँ भुक्तानी गरी ५ लाख बीमाङ्कको जीवन बीमा गरेका थिए । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले स्व. बीमितको श्रीमती तीला वस्नेतलाई  ५ लाख १७ हजार ५ सयको चेक हस्तान्तरण गरेका छन् । गोरख बहादुर के.सीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कम्पनीका महाप्रबन्धक कमलराज गौतम थिए भने कार्यक्रम सञ्चालन दाङ शाखा प्रबन्धक मोतिलाल भट्टराईले गरेका हुन् । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका थिए ।

राष्ट्रिय बीमा कम्पनी एक वर्षदेखि कामचलाउको भरमा, सीईओ छिट्टै खोज्ने अध्यक्षको दाबी

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) खोजी गर्न थालेको छ । करिब १ वर्षदेखि अर्थमन्त्रालयले पठाएका डा. डिल्लीराज अर्यालले सीईओको रुपमा काम गरेका भएपनि कम्पनी बल्ल सीईओ खोज्न लागेको हो । अर्थमन्त्रालयले पठाएका प्रतिनिधिको भरमा कम्पनी चलाउनु संस्थागत सुशासन विपरित भएको भन्दै नियामक निकाय बीमा समितिले प्रश्न उठाएपछि कम्पनी नयाँ सीईओको खोजीमा लागेको हो । नयाँ सीईओ खोजीको प्रक्रिया छिट्टै सुरु हुने कम्पनी संचालक समिति अध्यक्ष उमेशचन्द्र उपाध्यायले जानकारी दिए । कम्पनीमा लामो समयदेखि लेखापरीक्षण बाँकी रहेकोले सरकारी प्रतिनिधिले नै कम्पनीको नेतृत्व लिदा काम गर्न सहज होला कि भन्ने अनुमानले सीईओ छनोटमा केही ढिलाई भएको अध्यक्ष उपाध्यायले वताए । ‘सीईओ नियुक्ति प्रक्रिया केही ढिला भएको हामीले महसुस गरेका छौं, लेखापरीक्षण लगायतका पुराना केही काम बाँकी रहेकोले पनि ढिलाई भएको हो, नियामकले पनि सीईओ नियुक्ति प्रक्रिया छिटो सुरु गर्न भनेको छ, त्यसैले छिट्टै नै प्रक्रिया अगाडि बढाउँदैछौं,’ अध्यक्ष उपाध्यायले भने । सेकेन्डमेनको पनि खोजी कम्पनीले व्यवस्थापन सम्हाल्ने सेकेन्डमेन पनि नियुक्त गर्न सकेको छैन । सीईओ र डेपुटी सीईओ नै नहुँदा प्रशासनिक काम कारवाहीमा असर पुगेको कर्मचारीहरुको भनाइ छ । बीमा समितिले जारी गरेको विमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा टेकेर भएपनि चाढै नै डेपुटी सीईओ नियुक्त गर्ने तयारी भएको अध्यक्ष उपाध्यायले जानकारी दिए ।