पूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यविधि कार्यान्वयन गर्न बीमा समितिको निर्देशन
काठमाडौ । बीमा समितिले सहुलियत पूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ कार्यन्वयन गर्न निर्देशन दिएको छ । समितिले बीमा कम्पनीहरुलाई सो विषयमा कार्य गर्न/गराउन निर्देशन दिएको हो । समितिको परिपत्रमा उल्लेख भए अनुसार कार्यविधिको परिच्छेद-३, दफा–८(व्यवसाहको बीमा सम्बन्धी व्यवस्था) मा उल्लेख भए बमोजिम बीमा गराउनु पर्नेछ । यसरी नै सहुलियत पूर्ण कर्जा अन्र्तगत बीमालेख जारी गर्दा समितिबाट स्वीकृत लघु बीमा लेख, बाली तथा पशुपन्छि बीमा लेख, अन्तर्गतका बीमा लेखहरु मात्र जारी गर्नु पर्छ । अन्य व्यवसायको हकमा भने समितिबाट जारी गरिएको एकिकृत सम्पत्ती बीमालेख अन्र्तगत रही बीमा लेख जारी गर्नु पर्छ । यसै अन्र्तगत जारी हुने बीमा लेखमा सहुलियत पूर्ण कर्जाकालागि ब्याज अनुदान लेखिएको नामको छाप लगाउनु पर्छ । आगामी दिनमा बीमा लेख सम्बन्धी बील तथा अन्य विवरणको प्रमाणीत छायाँप्रति बीमा समितिमा पेश बुझाउनु पर्छ । संलग्न बमोजिमको ढाँचामा बीमाको सम्पूर्ण विवरण जिल्लागत रुपमा समितिमा पेश गर्नुपर्छ । यसमा (हार्ड कपी र सफ्ट कपी दुवै) पर्छ । बीमा कम्पनीहरुबाट कुनै महिनामा कुनै पनि प्रकारको बीमा लेख जारी नभएको अवस्थामा पनि सोको लिखित जानकारी समितिमा पेश गर्नु अनिवार्य मानिएको छ । साथै, यस्ता विवरण प्रत्येक महिना समाप्त भएको मितिले १० दिनभित्र बीमा समितिमा पेश गर्नु पर्ने पाईन्छ । उक्त निर्णयहरु बीमा समितिले चैत्र १७ गते गरेको समितिको पत्रमा उल्लेख गरिएको छ । यस्तै, मंसिर १० गते पत्र जारी गरेर सहुलियत पूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ उल्लेख गरिएको बीमा समितिले जनाएको छ ।
बाल भविष्य योजना अन्तर्गत सिटिजन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बाल भविष्य योजना अन्तर्गत मृत्यु दाबी भुक्त्तानी वापत बुधबार ३ लाख रुपैंया रकम हस्तान्तरण गरेको छ । बर्दिबासमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय मिनबहादुर थापाकी श्रीमती भिमकुमारी थापालाई उनका बीमित छोरीको हकमा उक्त्त रकम प्रदान गरिएको हो । बर्दिबास नगरपालिकाका मिनबहादुर थापाकी धर्मपत्नी भिमकुमारी थापालाई प्रदेश सभाका सांसद शारदा थापा तथा बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रलाद क्षेत्रीले संयुक्क्त रुपमा बीमाङ्क रकम वापत रु २लाख ५० हजार र काज क्रिया खर्च सुविधा अन्तर्गतको रु ५० हजार गरि जम्मा रु ३ लाखको चेक हस्तान्तरण गरेको हो । सिटिजन बाल भविष्य योजना अन्तर्गत प्रस्ताव कमिनबहादुर थापाको मृत्यु पश्चात बीमित छोरी सुमना थापाले बीमा शुल्क नतिरिकनै बीमा १५ वर्षसम्म मासिक रु २५सयको हिसाबले जम्मा रु ४लाख ५० हजार साथै परिपक्व मितिमा थपबीमाङ्कको रु २ लाख ५० हजार बोनस रकम प्राप्त गर्नेछन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध ५० लाख सम्मको औषधि उपचार खर्च प्राप्त गर्नेछन् । नेपालभर ६३ विभिन्न ठाँउहरुमा आफ्नो शाखा विस्तार गरेको छ ।
गुराँस लाइफको साधारण सभा, ८ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित
काठमाडौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ प्रतिशत बोनश सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको बिहीबार सम्पन्न नबौं वार्षिक साधारण सभाबाट यो प्रस्ताव पारित गरेको हो । ८ प्रतिशत बराबरको बोनश सेयर तथा कर प्रयोजनको लागि २५ लाख १ हजार ५३ रुपैयाँ नगद लाभांश वितरण गरिने भएको हो । बोनश शेयर र ५० प्रतिशत हकप्रद सेयर जारी गरे पश्चात गुराँस लाइफको चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ पुग्ने जनाइएको छ । सोही पूँजीको शत प्रतिशत १ बराबर १ हकप्रद जारी गर्ने कम्पनीको निर्णय छ । बीमा समितिले जीवन बीमा गर्ने कम्पनीहरुले आगामी असार मसान्त भित्र चुक्तापूँजी २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने निर्देशन दिई सकेको छ । कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी २ अर्ब कायम गरी आफ्नो प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि साधारण सभाबाट पारित भएको हो । साधारण सभालाई संबोधन गर्दै गुराँस लाईफका अध्यक्ष विबेक दुगडले लगानीकर्ताको हितमा आफूहरुले काम गर्ने जानकारी दिएका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्राईले लगानीकर्ता माझ भने–‘हाम्रो ध्यान नपुगेको ठाउँमा हजुरहरुले औल्याईदिनु होस्, त्यसलाई हामी सुधार गर्न तयार छौँ ।’