सानिमा लाईफ र कैलाश विकाश बैैंकबीच वीमा सेवा संझौता
काठमाडौं । यस सानिमा लाईफ इन्स्योरेन्स र कैलाश विकाश बैंकबीच जीवनवीमा सेवा सम्वन्धि संझौता भएको छ । एक कार्यक्रमका बीच कम्पनीका तर्फबाट महा प्रबन्धक शिवराम तिमिल्सीना तथा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरन श्रेष्ठले सो संझौतामा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा वरिष्ठ अधिकृत आशिष अधिकारी समेतको उपस्थिति रहेको थिए । संझौता अनुसार ग्राहकहरुले कैलाश विकाश बैकका सम्पुर्ण ९१ शाखा हरु बाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवनवीमा सेवाउपभोग गर्न सक्ने छ ।
एनआईसी एशिया बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २८१ वटै शाखाहरुबाट महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यकारी प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । एनआईसी एशिया २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । यस बैंकमा करिब १४ लाख ५० हजार ग्राहक रहेको बैंकले जनाएको छ ।
सिभिल क्यापिटल र एनएलजी इन्स्योरेन्सबीच संझौता
काठमाडौँ । सिभिल क्यापिटल मार्केट लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच संझौता भएको छ । सिभिल क्यापिटलका कर्मचारी र उक्त क्यापिटल मार्फत शेयर कारोबार गर्दै आएका सेवाग्राहीहरुलाई निर्जीवन बीमामा विशेष छुट दिने बारेमा संझौता भएको हो । त्यसैगरी एनएलजीका कर्मचारी र सेवाग्राहीहरुलाई सिभिल क्यापिटल मार्फत शेयर कारोबार गराउने संझौता भएको हो । संझौता पत्रमा सिभिल क्यापिटलका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत शुसील महर्जन र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबहादुर पन्तले हस्ताक्षर गरेका छन् ।