नेपाल इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा दुई जना नियुक्त भएको छ । कम्पनीको सञ्चालकमा नेपाल बैंकको संस्थापक समुह तर्फबाट लक्ष्मण पौडेल र सर्वसाधरण सेयरधनी समूहको तर्फबाट विष्णुबहादुर जि.सी नियुक्त भएका छन् । फागुन १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले कम्पनी सञ्चालकमा दुई जनालाई नियुक्त गरेको हो ।

उपहार योजना ल्याउन बीमा समितिको स्वीकृति अनिवार्य

काठमाडौ । अबदेखि बीमा व्यवसाय गर्ने (बीमक) कम्पनीले आफ्नो उपहार योजना ल्याउन बीमा समितिको स्वीकृती लिन अनिवार्य गरिएको छ । बीमा सम्बन्धी जथाभाबी उपहार योजनाको हाबी भएका कारण समिति यस्तो कडाई गर्न लागेको हो । साथै, यस्तो व्यवस्थाले अस्वस्थ प्रतिस्पर्धा रोक्न मद्दत गर्ने बीमा समितिले बताएको छ । बीमा समितिका उप–निर्देशक साम्बाराज लामिछानेले भने-‘अहिलेको बीमा बजारलाई थप व्यवस्थित बनाउन समितिले यस्तो कदम चालेको हो, यस्लै समग्र बीमा बजारमा नै राम्रो गर्नेछ ।’ उनले बीमा समितिले परिपत्र जारी गर्नु पूर्वका उपहार योजना सोही अवस्थामा नै राख्न निर्देशित गरेको जानकारी दिए । आगामी दिनमा कम्पनीहरुले नगद लगायतका अन्य उपहार वितरण गरेर बीमकको आकर्षण गर्ने प्रवृत्तिको अन्त्य गर्न बीमा समिति लागि परेको छ । अनावश्यक आकर्षणले गर्दा बीमाको छवी धमिलिने भएकाले समितिले यस्तो कदम चालेको हो । यसरी उपहार योजनामा पूर्व स्विकृती लिएपछि बीमा बजारमा सकारात्मक प्रभाव पर्ने बीमा समितिले जनाएको छ ।

एनसीसी बैंक र आइएमई जनरलबीच बैंकास्योरेन्स संझौता

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी बैंक) बीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने छन् । उक्त कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धकद्वय शरण रेग्मी तथा पवन थापा साथै नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका प्रबन्धक राजेशराज ढुंगेलको उपस्थिती रहेको थियो । सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफ्नो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए