युनाइटेड फाइनान्सको सञ्चालक समिति सदस्यमा अधिकारी नियुक्त
काठमाडौँ । युनाइटेड फाइनान्स लिमिटेडको सञ्चालक समितिको सदस्यमा रोशन अधिकारी नियुक्त भएका छन् । पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले राहुल इन्फ्रास्ट्रक्चर(नेपाल) प्रालिको तर्फबाट अधिकारीलाई सञ्चालक समितिको सदस्य नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका सदस्य सञ्जु अधिकारीले दिएको राजीनामा बैठकले स्वीकृत गर्दै अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव शेषकुमार ढुंगानाले जनाएका छन् ।
ललितपुर र काठमाडौंमा सानिमा लाईफ इन्स्योरेन्सको ३ शाखा उद्घाटन
काठमाडौं । ललितपुर र काठमाडौंमा सानिमा लाईफ इन्स्योरेन्सको ३ शाखा कार्यालयकाे उद्घाटन भएकाे छ । सानिमा लाईफ इन्स्योरेन्सको शाखा ललितपुरको ग्वार्काेमा इन्स्योरेन्सका संचालक घनश्याम थापाले उद्घाटन गरेका छन् । काठमाडौं महानगरपालिका गोङ्गबु शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स संचालक भरतबहादुर थापाले गरेका हुन्र । त्यस्तै किर्तिपुर शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स अध्यक्ष गंगाराम महर्जन र संचालक घनश्याम थापाले संयुक्त रुपमा गरेका थिए । उक्त अवसरमा सद्भावना दुत कलाकार जीतु नेपाल, कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना, कम्पनीका नायव महा प्रबन्धक केशवराज केसी, मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा समेतको उपस्थिति रहेको थियो ।
सनराइज बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सनराइज बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम ग्राहकहरुले सनराइज बैंकका देशभरिका शाखाबाट गुराँस लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । साथै, यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने बैंकको विश्वास छ ।