सिन्धु बिकास बैंक र प्रभु इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सिन्धु बिकास बैंक र प्रभु इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले हस्ताक्षर गरेका छन्  । सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले प्रभु इन्स्योरेन्सका बीमा लेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्पुर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सिन्धु बिकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्ने छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्सले एकैदिन उद्घाटन गर्याे ७ नयाँ शाखा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले एकैदिन ७ नयाँ शाखाहरुको उद्घाटन गरेको छ । इन्स्योरेन्सले मंगलबार मात्रै वीरगंज, पाल्पा, नारायणगढ, हेटौंडा,घोराही, तुलसीपुर र बुटवलगरी ७ वटा शाखाहरुको उद्घाटन सम्पन्न गरेको हो । वीरगंजशाखाको उद्घाटन कम्पनीका अध्यक्ष ताराचन्द केडिया र वीरगंज महानगरपालिकाका नगर उपप्रमुख शान्ति कार्कीले संयुक्त रुपमा गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा पाल्पा शाखाको पाल्पा उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, नारायणगढ शाखाको चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष सहनलाल प्रधान र हेटौंडा शाखाको मकवानपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण कटवालले गरेका छन् । कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा घोराही शाखाको घोराही उपमहानगरपालिका नगर उप-प्रमुख, सीता न्यौपाने, तुलसीपुर शाखाको उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे र बुटवल शाखाको प्रदेशन ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरेका हुन् ।

जनरल इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी (जिआईसी) नेपाल र कामना सेवा विकास बैंकबीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत र इन्स्योरेन्सका महाप्रबन्धक एसकेतमोटले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने छ ।