अजोड इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता

अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेडबीच सहकार्य गर्दै बैंकास्येरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मंसिर २ गते आइतवार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्री र बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन । सहमतिसंगै बैंकका ग्राहकहरूले अजेाड इन्सेारेन्स लिले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाएइको छ।

लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् । सो सम्झौता अनुसार महालक्ष्मी बैंकका सम्पत्ती तथा सो बैंकका ग्राहकहरुको बीमा लुम्बिनी जनरल इन्स्योरेन्सले गर्नेछ ।

अब एनआईसी एशिया बैंकबाटै लाईफ इन्स्योरेन्स कर्पोरेशनको सेवा पाइने

काठमाडौं । अब एनआईसी एशिया बैंक लिमिटेडबाटै लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको बीमा सेवा पाइने भएको छ । उक्त सेवा सम्बन्धि एनआईसी एशिया बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको हो । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरेका छन् ।