बजार घटेका बेला प्राइम लाइफ इन्स्योरेन्सको संस्थापक सेयर सबैभन्दा बढी कारोबार
काठमाडौं । यस साता प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको ३५ करोड ८० लाख १० हजार रुपैयाँ बराबरको संस्थापक सेयर कारोवार भएको छ । कारोवार भएको सेयर संख्याका आधारमा पनि सोही कम्पनी अग्रस्थानमा छ । सो संस्थाको १२ लाख ५२ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । धितोपत्र बजारमा यस साता १ अर्ब ४५ करोड ५१ लाख ५७ हजार बराबरको सेयर कारोबार भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जका अनुसार ४७ लाख ५४ हजार ५२० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३१.३२ प्रतिशत कम हो । गत साता १९१ कम्पनीको २ अर्ब ११ करोड ८८ लाख आठ हजारबराबरका ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.७० अंकले घटेर अन्तिम दिन एक हजार १९३ अंकमा पुगेको छ । यस साता विभिन्न पाँच कम्पनीका हकप्रद, बोनस शेयरसमेत स्टकमा सूचीकृत भएका छन् । रासस
बीमा समितिकाे केही अधिकार खाेस्दै नयाँ एेन, पुराना सीर्इअाेलार्इ फलिफाप, सञ्चालकलार्इ कडार्इ
काठमाडौं । बीमा कम्पनीका पुराना प्रमुख कार्यकारी अधिकृतहरूका लागि अवसरकाे घण्टी बजेकाे छ । बीमककाे संस्थागत सुशासन निर्देशिका अनुसार दुर्इ कार्यकाल पुरा भर्इ काम गरिरहेकाे कम्पनीबाट विदा लिनु पर्ने दिन नजिकदै गएकाे सीर्इअाेहरूका लागि बीमा एेन २०७५ फलिफापपूर्ण हुने भएकाे छ । संसद्मा पेश भएकाे बीमा एेनमा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई ८ वर्षसम्म एउटै कम्पनीमा काम गर्न मिल्ने व्यवस्था गरिएकाे छ । त्यसमा ऐन लागू भएपछि मात्रै बीमा कम्पनीहरुमा सीईओहरुको कार्यकाल गणना हुने लेखिएको छ । ऐनको मस्यौदामा सीर्इअाेकाे कार्यकाल चार बर्षको हुने र अर्काे एक कार्यकालका लागि पुनः नियुक्त हुन पाउने लेखिएको छ । सो व्यवस्था भने ऐन लागू भएपछि मात्रै कार्यान्वयनमा आउने उल्लेख छ । समितिकाे अधिकार कटाैति प्रस्तावित बीमा एेनमा हाल बीमा समितिले प्रयाेग गर्दै अाएकाे केही अधिकार खाेसेर कम्पनीकाे सञ्चालक समितिलार्इ दिएकाे छ । त्यसमा बीमा कम्पनीका सञ्चालकहरूकाे याेग्यतामा थप कडार्इ गरिएकाे छ भने सीर्इअाेहरूकाे लागि सुविधाजनक व्यवस्था राखिएकाे छ । सीर्इअाेकाे याेग्यतामा स्नातकाेत्तर गरेकाे वा स्नातक तह उत्तीर्ण गरेर व्यवथापन क्षेत्रमा १० वर्षकाे अनुभव भए हुने व्यवस्था गरिएकाे थियाे । यसअघि सीर्इअाेकाे याेग्यता बीमा समितिले जारी गर्ने संस्थागत सुशासनले निर्धारण गर्दै अाएकाे थियाे । यसका पटक पटक परिवर्तन हुँदा बीमा क्षेत्रमा याेग्यताकाे विषय नै विवादित भएकाे थियाे । सीर्इअाे नियुक्ति विधि पनि सजिलाे भएकाे छ । बीमा कम्पनीले अाफ्नाे अावश्यकता अनुसारकाे व्यक्तिलार्इ सीर्इअाे पदमा नियुक्त गरी बीमा प्राधिकरणलार्इ ७ दिनसम्ममा जानकारी दिए पुग्नेछ । हाल सञ्चालक समितिकाे निर्णय बीमा समितिले स्वीकृत गरेपछि मात्र लागू हुने व्यवस्था छ । सीर्इअाेकाे तलव सुविधा पनि सञ्चालक समितिले ताेक्न पाउने बनाइएकाे छ । यसअघि सीर्इअाेकाे तलव सुशासन निर्देशिकाले ताेकेकाे मापदण्ड अनुसार वा साधारणासभाले गरेकाे निर्णय अनुसार हुने व्यवस्था थियाे । सञ्चालकलार्इ कडार्इ बीमा कम्पनीकाे सञ्चालक बन्न स्नातक तहसम्म अनिवार्य पढेकाे हुनु पर्नेछ । त्यस्तै उच्च व्यस्थापनमा रहेर पाँच वर्ष काम गरेकाे अनुभव पनि चाहिन्छ । स्नातकाेत्तर तहकाे शिक्षा हासिल गरेकाे व्यक्तिसँग तीन वर्षकाे अनुभव भए पुग्छ । बैंककाे कालाेसूचिमा परेकाे, सेयर काराेबारी, कर बक्याैता बाँकी रहेकाे व्यक्ति बीमा कम्पनीकाे सञ्चालक बन्न पाउने छैन । बीमा एेनका धेरै विषय बैंक तथा वित्तीय संस्था सम्बन्धि एेन, राष्ट्र बैंक एेन र बीमककाे संस्थागत सुशासन निर्देशिकामा अाधारित छन् । नेपालीलाई विदेशमा बीमा गर्न बाटो खुला गरिदै, अब नेपाली बीमा कम्पनीहरुको विजनेश विदेशी कम्पनीले खोस्ने स्वास्थ्य बीमा कार्यक्रम प्राधिकरणमा तानिँदै, सञ्चय कोष र नागरिक लगानी कोषले बीमा गर्न नपाउने
राष्ट्रिय वाणिज्य बैंक र नेको इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेको इन्स्योरेन्स लिमिटेड बीच बिहिबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा नेको इन्स्योरेन्सबाट गर्न सक्नेछन् । बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब कर्जा रुपैयाँ लगानी गरेको छ ।