एशियन लाइफको नाफा ५९.५१ प्रतिशत बढ्यो, जीवन बीमा कोषको आकार ४५.२३ अर्ब रुपैयाँ
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ५९.५१ प्रतिशत बढेर ३३ करोड ४७ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २० करोड ९८ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क १२.२२ प्रतिशत बढेर ६ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ५ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ८ प्रतिशत बढेर ७ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ८४ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले ९ अर्ब २३ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी गर्दा ८ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ६० करोड ७१ लाख रुपैयाँ कुल आम्दानी गर्दा ७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ कुल खर्च गरेको थियो । ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २६ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६३ करोड ८८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड १८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा कोषको आकार ११.२१ प्रतिशत बढेर ४५ अर्ब २३ करोड ३७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ४० अर्ब ७६ करोड ४४ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.२३ रुपैयाँबाट बढेर १३.१३ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२८.५७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५६.४५ गुणा रहेको छ ।
२५.३९ प्रतिशत बढ्यो शिखर इन्स्योरेन्सको दाबी भुक्तानी, नाफा ३५ करोड ७० लाख रुपैयाँ
काठमाडौं । शिखर इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १.७९ प्रतिशत बढेर ३५ करोड ७० लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३५ करोड ७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क ५.८६ प्रतिशत बढेर ३ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३ अर्ब ५२ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २५.३९ प्रतिशत बढेर ७१ करोड ५० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड २ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले १ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७४ करोड रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब २३ करोड ६८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ८६ करोड ६० लाख रुपैयाँ, महाविपत्ति कोषमा १५ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड २३ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करेड ६१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा कोषको आकार ६ अर्ब ७८ करोड ७० लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ५ अर्ब २९ करोड रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १७.६२ रुपैयाँबाट घटेर १६.२९ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९५.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४६.८१ गुणा रहेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको आइतबार सम्पन्न २८औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई प्रस्ताव गरिएको लाभांश पारित गरिएको हो । सभाले गत वर्षको वित्तीय विवरण र सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गरेको छ । साथै चालु आवको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीका अध्यक्ष मनोहर दास मुलले कम्पनीले चालु आर्थिक वर्षमा ४.७९ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको बताए । जुन गत वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि भएको हो । साथै कम्पनीले चालु आवमा २.८३ अर्ब रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ । जबकी गत वर्ष २.३८ अर्ब रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो ।