नेपाल लाइफको नाफा ८.६५ प्रतिशत बढ्यो, २.२५ खर्ब रुपैयाँ पुग्यो जीवन बीमा कोष
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ८.६५ प्रतिशत बढेर ६५ करोड २२ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ६० करोड ३ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क ११.७१ प्रतिशत बढेर ३२ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २९ अर्ब ४३ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १३.८२ प्रतिशत बढेर ४१ अर्ब ९ करोड ७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३६ अर्ब ९ करोड ७५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले ४७ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ कुल आम्दानी गर्दा ४४ अर्ब ९० करोड ५५ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४२ अर्ब ७९ करोड २९ लाख रुपैयाँ कुल आम्दानी गर्दा ३९ अर्ब ७० करोड ८८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३२ करोड ३१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १८ करोड ३१ लाख रुपैयाँ र अन्य इक्विटीमा ७२ करोड ६३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १९.९२ प्रतिशत बढेर २ खर्ब २५ अर्ब ६७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा १ खर्ब ८८ अर्ब १८ करोड ५७ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७५ रुपैयाँबाट घटेर ९.६३ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३५.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ७०.०१ गुणा रहेको छ ।
१०.७७ प्रतिशत बढ्यो सानिमा रिलायन्सको नाफा, जीवन बीमा कोषको आकार १७.८९ अर्ब पुग्यो
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १०.७७ प्रतिशत बढेर ३३ करोड ७६ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३० करोड ४८ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमाशुल्क १२.२१ प्रतिशत बढेर ४ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ४ अर्ब २७ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । चालु आजको तेस्रो मासमा कम्पनीनीको खुद बीमा शुल्क १५.८८ प्रतिशत बढेर ४ अर्ब ६५ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब १ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २२.३८ प्रतिशत बढेर ४ अर्ब ६९ करोड ७२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले ६ अर्ब १२ करोड ३४ लाख रुपैयाँ कुल आम्दानी गर्दा ५ अर्ब २२ करोड ७१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ७८ करोड ७९ लाख रुपैयाँ कुल आम्दानी गर्दा ४ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३० करोड ९९ लाख रुपैयाँ र अन्य इक्विटीमा ६ करोड २१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४४.२४ प्रतिशत बढेर १७ अर्ब ८१ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा १२ अर्ब २६ करोड ५६ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७१ रुपैयाँबाट घटेर ८.९८ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११०.६० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४६.०३ गुणा रहेको छ ।
सन नेपाल लाइफको खुद बीमा शुल्क ३४.३७ प्रतिश बढ्यो, २.८९ अर्ब रुपैयाँ गर्याे दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ३३.३६ प्रतिशत घटेर ३२ करोड ८९ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ४९ करोड ३६ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमाशुल्क ३३.११ प्रतिशत बढेर ३ अर्ब ७१ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २ अर्ब ७८ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । चालु आजको तेस्रो मासमा कम्पनीनीको खुद बीमा शुल्क ३४.३७ प्रतिशत बढेर ३ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ४९ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४१.३८ प्रतिशत बढेर २ अर्ब ८९ करोड ९७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५ करोड ९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले ४ अर्ब ५४ लाख रुपैयाँ कुल आम्दानी गर्दा ३ अर्ब ७२ करोड १५ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब १७ करोड ४७ लाख रुपैयाँ कुल आम्दानी गर्दा २ अर्ब ६८ करोड १० लाख रुपैयाँ कुल खर्च गरेको थियो । ३ अर्ब ९६ करोड १६ लाखन रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा १ अर्ब २४ करोड ९७ लाख रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड २७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८१ करोड ९४ लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड २७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४६.४८ प्रतिशत बढेर ९ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ६ अर्ब ४९ करोड ८१ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २०.५७ रुपैयाँबाट घटेर ११.०७ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५७.८४ गुणा रहेको छ ।