प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १७ करोड
काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्सले गत आवमा १७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो बीमा कम्पनीको यस्तो नाफा अघिल्लो वर्ष १५ करोड ३२ लाख रुपैयाँ मात्रै थियो । यो बीमा कम्पनीको चुक्ता पुँजी ४२ करोड ६७ लाख छ । यसले जगेडा कोषमा ३४ करोड ३२ लाख रुपैयाँ राखेको छ भने बीमा कोषमा ४० करोड रुपैयाँ राखेको छ । यो बीमा कम्पनीको गत आवसम्मको कुल बीमा शुल्क आर्जन १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यसले जारी गरेको विमालेखको संख्या १ लाख १३ हजार ९५८ रहेको छ । यसको नबीकरण भएको विमालेखको संख्या १ लाख १३ हजार छ । यो बीमा कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ६ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ४७८ रुपैयाँ ६७ पैसा रहेको पनि उल्लेख छ ।
हिमालयन जनरल इन्स्योरेन्सले कमायो १३ करोड १९ लाख
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आवमा १३ करोड १९ लाख रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो वर्ष १३ करोड ८ लाख रुपैयाँ थियो । यो बीमा कम्पनीको चुक्ता पुँजी ३८ करोड ५२ लाख रुपैयाँ छ । यसको जगेडा कोषमा १२ करोड रुपैयाँ छ । यसको बीमा कोषमा ३३ करोड रुपैयाँ रहेको छ । यो बीमा कम्पनीले गत आवसम्ममा बीमाशुल्कबाट आर्जन गरेको रकम १ अर्ब ३१ करोड रुपैयाँ छ । यसले यो अवधिसम्ममा ४४ हजार १३१ बीमालेख जारी गरेको थियो । यसको नबीकरण भएको बीमालेखको संख्या १६ हजार ४४ मात्रै छ । यसको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २७ पैसा छ भने यसको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ १६ पैसा रहेको छ ।
एभरेष्ट इन्स्योरेन्सको नाफा ४ करोड, ६२ प्रतिशतले नाफा बढ्यो
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सेले ४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । यो बीमा कम्पनीले गत आवमा कमाएको यस्तो नाफा अघिल्लो आवको तुलनामा भने १ करोड ७४ लाख रुपैयाँले बढी हो । यो कम्पनीले गत आवमा ६२ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बीमा कम्पनीको चुक्ता पुँजी १२ करोड १५ लाख रुपैयाँ छ । यसको जगेका कोषमा ११ करोड ४८ लाख रुपैयाँ छ भने बीमा कोषमा १५ करोड २३ लाख रुपैयाँ छ । यसले गत आवसम्मको बीमा शुल्क २६ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ । यसले १८ हजार ५५८ वटा विमालेख जारी गरेको छ । नबीरकण भएका विमालेखको संख्या २३६ मात्रै छ । यसको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ३८१ रुपैयाँ ५३ पैसा रहेको छ ।