आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक सहकारीबीच बीमा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बलाजुमा रहेको भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच संस्थाका सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात सहकारी संस्थाका भरपर्दो नियमित जीवन साहारा बचत योजना अन्तर्गतका ५ सय जनाभन्दा बढी सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा हुने जनाइएको छ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफ्ना ग्राहक हरुको रू ५० हजारको औषधोपचार बीमा तथा रू १ लाखको व्यक्तिगत दुर्घटना बीमा गरेको बताए । साथै संस्था तथा संस्थासंग आवद्ध सदस्यहरुलाइ आवश्यक सबै निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त हुने भन्दै ढुक्क भएर सेवा लिन उनको आव्हान थियो ।
नागरिक लगानी कोष, बिओके र राष्ट्रिय बीमा कम्पनीबीच पेन्सन वितरण सम्झौता
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अवकास प्राप्त कर्मचारीहरुको निवृतीभरण भुक्तानी गर्न नागरिक लगानी कोष, बैक अफ काठमाण्डौं (बिओके) र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले हस्ताक्षण गरेका हुन् । हस्ताक्षरपछि कोषका कार्यकारी निर्देशक पोखरेलले सार्वजनिक संस्थाहरुमा अवकाश प्राप्त कर्मचारीहरुको पेन्सन वितरण कार्य कोषले गरेकोले कोषे ढुङा सावित भएको बताएका छन् । उनले बीमा कम्पनीबाट अवकास भएका कर्मचारीहरुको पेन्सन वितरण कोष माफर्त बिओकले गर्ने जानकारी दिएका छन् । सम्झौतापछि निवृत्तिभरण रकम भुक्तानीका लागि बैंकमा कोषले तोकेको खाता खर्च गरी पेन्सन–पट्टामा बैंक र पेन्सन भुक्तानीलिनेको दस्तखत गरी बैकले रकम भुक्तानी गर्ने छ । निवृत्तिभरकले पाउने १२ महिनाको मासिक निवृत्तिभरण र थप एक महिना बराबरको चाडपर्व खर्च सहित १३ महिनाको निवृत्तिभरण रकम कोषको निर्देशनपछि बैकले भुक्तानी गर्ने छ । निवृत्तिभरकलाई थप अन्य सुबिधा बापतको रकम भुक्तानी गर्नु परेमा बिमा कम्पनीले कोष मार्फत गरेको अनुरोधका आधारमा मात्रै बैकले थप भुक्तानी गर्ने छ । निवृत्तिभरणको भुक्तानी प्रत्येक महिनाको १५ गते पछि गर्ने ब्यवस्था मिलाइएको छ । निवृत्तिभरण रकम भुक्तानी लिन निवृत्तिभरक पेन्सन–पट्टाका साथ प्रत्येक छ/छ महिनामा बैंकमा स्वयं उपस्थित हुनु पर्ने व्यवस्था गरिएको छ । स्वयं उपस्थित हुन असमर्थ भएमा मञ्जुरीनामाबाट भुक्तानी लिन मञ्जुरीनामाको निवेदन राष्ट्रिय बीमा कम्पनीले प्रमाणित गरेपछि मात्र पाइने कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए । कोषले यो भन्दा अघि नेपाल दुर संचार र प्रशाशनिक प्रशिक्षण प्रतिस्ठानबाट अवकाश प्राप्त कर्मचारीहरुलाई पेन्सन वितरण कार्य गरिसकेको छ । यो सँगै कोषमा निजी क्षेत्र र अन्य संस्थाको पनि पेन्सन वितरण गर्ने अनुभव रहेकोले आगामी दिनमा सरकार र अन्य निकायको पेन्सन वितरणको व्यवस्था गर्ने तर्फ पनि कोषले गृहकार्य गरिरहेको छ ।
एशियन लाईफ इन्स्योरेन्सको हकप्रद बिक्रीको म्याद थप, वैशाख २ गतेसम्म भर्न पाइने
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासनको म्याद १४ दिन थपेको छ । कम्पनीले हाल जारी गरिरहेको ५० प्रतिशत हकप्रद सेयर बिक्रीको म्याद आगामी वैशाख २ गतेसम्म थपको हो । यसअघि इन्स्योरेन्सले सो मात्राको सेयर गत फागुन १३ गतेदेखि चैत १८ गतेसम्म बिक्री गर्ने निर्णय गरेको थियो । तर कम्पनीको हकप्रद निष्कासनको प्रयोजनको लागि तयार गरिएको विवरणको दफा ‘र’ मा भएको व्यवस्था अनुसार कम्पनीले उक्त दिनसम्म म्याद थपेको इन्स्योरेन्सले जनाएको छ । कम्पनीले हाल २ बराबर १ को अनुपातमा अंकित मूल्य १०० रुपैयाँको दरले ४० लाख २७ हजार ९६६ कित्ता सेयर जारी गरिहेको छ । यसैअनुसार कम्पनीको माघ ७ गतेसम्म कायम साविक सेयरधनीहरुले बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत सो मात्राको सेयर भर्न पाउने छन् । उक्त सेयरको लागि इच्छुक सेयरधनीले अन्तिम म्याद वैशाख २ गते(बैंकिङ्ग समयभित्र भित्र) आवेदन दिन सक्नेछन्् ।