जनरल इन्स्योरेन्सले १५ दिनभित्र सेयर रकम भुक्तानी गर्न बोलायो, नबुझाए संस्थापक सेयर कायम नरहने

काठमाडौं । संस्थापकले लिन कबुल गरेको रकम चुक्ता नभएपछि प्रस्तावित जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले पुनः १५ दिनको समय थपेको छ । बीमा समितिबाट बीमक दर्तापत्र प्रदान गर्न आशयपत्र पाएपछि कम्पनीले गत असोज २२ गते ३५ दिनभित्र कबुल गरेको रकम भुक्तानी गर्न संस्थापक सेयरधनीलाई अनुरोध गरेको थियो । निर्धारित समयभित्र रकम भुत्तानी नगरेपछि पुनः १५ दिनको समय थप गरेको जनरल इन्स्योरेन्सले जनाएको छ । थपिएको १५ दिनभित्र पनि कबुल गरिएको रकम सानिमा बैंकमा जम्मा नगरे संस्थापकबाट हटाई सेयर अन्य व्यक्तिलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

एसियन लाइफ इन्स्योरेन्सको नयाँ योजना, दैनिक ९ रुपैंयाँले १० लाखको जीवन बीमा गर्न सकिने

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले सरल सुरक्षा नामक जीवन बीमा योजना ल्याएको छ । कम्पनीले दैनिक ९ रुपैंयाँ भन्दा पनि थोरै बचतबाट १० लाखको जीवन बीमा गर्न सकिने योजना ल्याएको हो । म्यादी जीवन बीमा योजनाका रुपमा अघि सारिएको सरल सुरक्षा योजना कात्तिक २६ गतेबाट लागु भएको हो । न्युनतम १६ बर्षदेखि अधिकतम ६० बर्ष उमेर समुहका मानिसले २ लाख ५० हजारमा बीमा शुल्क तिर्नुपर्नेछ । योजनामा बार्षिक रुपमा बीमा शुल्क तिर्नुपर्नेछ । कम्पनीले उमेर अनुसारको बीमाशुल्क भुक्तानि गरी प्रत्येक बर्ष बीमालेख नबिकरण गराउन सकिने ब्यवस्था गरेको छ । यस अघी एशियन लाईफ इन्स्योरेन्सले १५ वटा जीवन बीमा योजनाहरु प्रचलनमा ल्याइसकेको छ । हाल कम्पनीले २५ वटा शाखा छ ।

३२ करोड ४२ लाख रुपैयाँ गुमेको यूनाईटेड इन्स्योरेन्स कम्पनीको स्वीकारोक्त्ति, जगेडा काेष ७ कराेड ७६ लाख ऋणात्मक

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले कम्तिमा ३२ करोड ४२ लाख रुपैयाँ गुमाएको छ । २०७३ चैत मसान्तसम्ममा कम्पनीको जगेडा कोष २४ करोड ७४ लाख ११ हजार रुपैयाँ धनात्मक भएकोमा २०७४ असार मसान्तमा ७ करोड ७६ लाख ९१ हजार ऋणात्मक भएको छ । संस्थागत सुशासन ज्यादै कमजोर हुँदै गएको, नियामक निकायहरुको निर्देशन पालना गर्न नसकिरहेको, सेयरधनीप्रति गैरजिम्मेवार बन्दै गएको यस कम्पनीले २०७४ असार मसान्तको वासलात ४ महिना ढिला गरी सार्वजनिक गरेको छ । ढिलामा साउन मसान्तसम्ममा प्रकाशित गरिसक्नु पर्ने नियामकको निर्देशन भएपनि यस कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवारण कात्तिक २७ गते सार्वजनिक गरेको छ । संस्थागत सुशासन राम्रो भएको, नियामक निकायहरुको नीति निर्देशन पालना गर्ने, पारदर्शि रुपमा सञ्चालन भएका र सेयरधनीप्रति जवाफदेहि कम्पनीहरुले असोज मसन्तको वित्तीय विवरण पनि सार्वजनिक गर्न थालेका छन् । आर्थिक वर्ष २०७२/७३ सालमा कम्पनीले भोगेको नोक्सानीको असरले यस कम्पनीको संचित कोष ७ करोड ७६ लाख ९१ हजार ऋणात्मक हुन गएको हो । यूनाईटेड इन्स्योरेन्स कम्पनीले आफ्नै प्रवद्र्धक समूह चौधरी ग्रुपको हाउजिङ कम्पनी सिटी स्केपको बीमा दावीमा पुर्नबीमाबाट भुक्तानी हुनूपूर्व नै अग्रिम भुक्तानी दिएको थियो । सो बीमा दावीमा पुर्नबीमा कम्पनीले भुक्तानी दिन नमानेपछि कम्पनी ठूलो नोक्सानमा गएको हो । यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड पब्लिक हो । तर यस कम्पनीको सञ्चालक तथा व्यवस्थापन समिति कति सम्म गैरजिम्मेवार बन्दै आएको छ भने कम्पनी किन घाटामा भयो भन्ने विषयमा अहिलेसम्म औपचारिक रुपमा प्रष्टीकरण दिएको छैनन् । यस कम्पनीको प्रमोटर, सञ्चालक समिति र उच्च व्यवस्थापक मिलेर करोडौ रुपैयाँ घोटाला गरेको समाचार विकासन्यूजले प्रकाशित गर्दै आएको थियो । यस प्रकरणमा विकासन्यूजले प्रकाशित गरेका थप समाचारहरु पढ्न सक्नुहुनेछ । पुर्नबीमाकाे ३४ करोड भुक्तानी नपाएपछि यूनाइटेड इन्स्योरेन्स संकटमा, कम्पनी २६ करोड नोक्सानमा, बोनस र हकप्रद सेयर रद्द महत्वपूर्ण सूचना लुकाएर सेयर लगानीकर्तालाई डुबाउँदै यूनाइटेड इन्स्योरेन्स यूनाइटेड इन्स्योरेन्सको १० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर स्थगित यूनाइटेड इन्स्योरेन्सप्रति कर्मचारीको विश्वास गुम्दै, सीईओको टेबुलमा राजीनामा पत्रको चाङ ४४ करोड प्रोभिजन गर्न युनाइटेड इन्स्योरेन्स बाध्य, बीमा समितिकाे दवावले कम्पनी घाटामा गएकाे सिईओको अाराेप