मेडिकल शिक्षा सुधार हुनै सकेन, स्वदेशमै पढेका ३५ प्रतिशत फेल
काठमाडौं । गोविन्द केसी पटक–पटक किन आमरण अनशन बस्छन्, उत्तर थाहा पाउन मुलुककै मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेकाहरूको लाइसेन्स परीक्षाको परिणाम हेरे छर्लंग हुन्छ । गत वर्ष स्वदेशी मेडिकल कलेजबाट एमबीबीएस गरेका ३५ प्रतिशतभन्दा बढी विद्यार्थी मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा पास हुन सकेनन् । २ सय ७६ जनाले परीक्षा दिएकामा १ सय ७८ मात्र उत्तीर्ण भए । काउन्सिलका अनुसार यो अनुत्तीर्ण प्रतिशत हालसम्मकै उच्च हो । ११ मुलुकका विश्वविद्यालयबाट एमबीबीएस पढेर आएका ८ सय ८९ जनाले उक्त परीक्षा दिएकामा ३ सय ९१ (४४ प्रतिशत) मात्रै सफल भए । काउन्सिलको परीक्षा समितिका अध्यक्ष डा। गणेश गुरुङले यो परिणाम हेर्दा मेडिकल कलेजहरूको परीक्षा प्रणालीबारे समीक्षा गर्नुपर्ने अवस्था आएको बताए । ‘नेपालका जुनसुकै मेडिकल कलेजमा पढाइको गुणस्तर राम्रो छ भनेर हामी छाती फुलाउँछौं,’ उनले भने, ‘३५ प्रतिशतभन्दा माथि फेल भएपछि यसमा शंका उत्पन्न भयो ।’ शिक्षाविद् केदारभक्त माथेमाले लाइसेन्सिङ परीक्षाको परिणामलाई मुलुकमा चिकित्सा विज्ञानको पढाइ र गुणस्तर कमजोर रहेको संकेतका रूपमा व्याख्या गरे । ‘यो परिणामले हाम्रा विश्वविद्यालयको परीक्षा प्रणाली र पढाइको गुणस्तरमा प्रश्न उठाइरहेको छ,’ उनले भने, ‘एकरदुई जना पास हुन नसक्नु भिन्दै कुरा हो, यतिका संख्यामा फेल हुनुले पढाइ राम्रो छैन भन्ने देखाउँछ ।’ लाइसेन्स परीक्षालाई सामान्यस्तरको मानिन्छ । बर्सेनि यस्तो परीक्षा पास गर्न नसक्ने डाक्टरको ठूलो संख्या भइसकेको छ । तीमध्ये केहीले मात्र पटक–पटक परीक्षा दिएर मुस्किलले पास गर्छन् । ‘गोविन्द केसी त्यसै ११ औं पटक मृत्यु शय्यामा सुतेका होइनन्,’ काउन्सिलकै एक पदाधिकारीले भने, ‘थुप्रै विज्ञहरूले वर्षौंदेखि चिकित्सा शिक्षाको गुणस्तर, नियम कानुन आदिबारे त्यसै कराएका होइनन् ।’ चिकित्सा शिक्षा र सेवामा सुधार प्रयासप्रति हालसम्म मुलुकका सबै प्रमुख दल सकारात्मक हुन नसक्दा डा। केसी आधा दशकदेखि बारम्बार अनशन बस्नुपर्ने अवस्था आएको हो । लाइसेन्स परीक्षामा एक सय ८० वटा वस्तुगत प्रश्न सोधिन्छ । ठीकरबेठिकमा चिनो लगाउँदा पुग्छ । ५० प्रतिशत अंक ल्याउने उत्तीर्ण हुन्छ । कतिपय उत्तर त अनुमानका भरमा पनि मिल्छन् । ‘परीक्षाको प्रश्न एकदम सामान्य र पाठ्यक्रमभित्रकै हो,’ काउन्सिलका प्रवक्ता डा। कृष्ण अधिकारीले भने, ‘त्यसमा पनि फेल हुनु सोचनीय हो ।’ काउन्सिलले लाइसेन्सका लागि लिने गरेको सैद्घान्तिक परीक्षा मात्र पर्याप्त नरहेको जनाउँदै माथेमाले क्लिनिकल दक्षता ९प्राक्टिकल० परीक्षासमेत लिनुपर्ने सुझाए । उनले प्राक्टिकल परीक्षा लिइए परिणाम झन् भयावह आउने उल्लेख गरे । ‘हामीले लाइसेन्स परीक्षाअन्तर्गत सैद्धान्तिकमा उत्तीर्ण विद्यार्थीलाई प्राक्टिकल परीक्षा लिनुपर्ने हो र दुवै पास गरे मात्र लाइसेन्स दिनु गुणस्तरीय हुन्छ’, डा. अधिकारी भन्छन्, ‘प्राक्टिकल परीक्षासमेत लिनुपर्नेबारे एक वर्षअघिदेखि बहस जारी भए पनि हामी निर्णयमा पुग्न सकेका छैनौं । कान्तिपुर दैनिकबाट ।
प्रतिव्यक्ति २० लाख रुपैयाँ खर्च गरेर वर्षेनी ३० हजार विद्यार्थी विदेश जान्छन्-प्रकाश पाण्डे
नेपाली युवाहरु रोजगारीको लागि मात्र होइन, अध्ययनको लागि पनि वर्षमा लाखौ विद्यार्थी विदेश जाने गरेका छन् । नेपाल शैक्षिक परामर्श संघको अध्यक्ष प्रकाश पाण्डेका अनुसार प्रतिव्यक्ति २५ लाख रुपैयाँसम्म खर्च गरेर वर्षमा ३० हजार विद्यार्थी विदेश जाने गरेका छन् । उनीहरु किन विदेश जान्छन् ? कति पैसा लैजान्छन् ? कति पैसा नेपाल पठाउँछन् ? पढ्न जानेहरु पढेर नेपाल फर्कन्छन् कि विदेशमै जीवन विताउँछन् ? रोजगारीको लागि खाडी मुलुक जाने नेपाली अध्ययनको लागि किन यूरोप, अमेरिका र अष्ट्रेलिया ? यिनै विषयमा प्रकाश पाण्डेसँग विकासन्यूजको लागि भूमिका तिमल्सिनाले गरेको कुराकानी । प्रकाश पाण्डे, अध्यक्ष–नेपाल शैक्षिक परामर्श संघ नेपालमा राम्रो शिक्षा नभएरै हो नेपाली विद्यार्थी विदेशमा जाने गरेको ? नेपालबाट शिक्षाका लागि विद्यार्थीलाई विदेश पठाउन थालिएको इतिहास ५० वर्ष पुरानो भईसक्यो । विद्यार्थीहरुको बाहिरिने क्रम पनि बढ्दो छ । शुरुका वर्षमा गुणस्तरीय शिक्षाको लागि विदेश जाने अभ्यास थियो भने अहिले पढाईको साथै राम्रो अवसर र सुखद भविष्यको खोजिमा विदेश जाने अभ्यास छ । नेपालबाट विदार्थी जाने भनेको पढ्न नै हो र पढिसकेपछि राम्रो रोजगारीको अवसर भएर नै हो । नेपालमा राम्रो शिक्षा नभएर विदेश गएका होइनन् विद्यार्थी, नेपालमा उपयुक्त सिटको व्यवस्था नभएर तथा पढाइपछि पनि राम्रो रोजगारीको अवसर सिर्जना नभएर विद्यार्थी बाहिर जान रुचाउँछन् । साथै, नेपालमा पढ्न इच्छाएको विषयहरु पढाई नहुने भएपछि पनि विद्यार्थीहरु ती विषय पढ्न विदेश जाने गरेका छन्। कोही विद्यार्थीहरु पढ्ने बाहानामा अन्यत्र काम पनि गर्ने गरेको पाइन्छ । विदेशमा काम गर्दै पढ्न पनि पाउने, काम गर्दा आम्दानी बढी हुने भएकोले उनीहरु विदेश गइरहेको पाइन्छ । नेपालमा पढ्न नपाइने मुख्य विषय कुन कुन हुन् ? रकेट साइन्स तथा अन्य धेरै विषयहरु नेपालमा पढ्न पाईँदैनन् । पछिल्लो समय नेपालमा पढ्ने विषय नै नपाएर भन्दा पनि पढाईको साथै राम्रो अवसरको खोजीमा युवाहरु विकशित देशमा जाने गरेका छन् । वार्षिक कति विद्यार्थी पढ्नको लागि बिदेश जाने गरेका छन् ? नेपालबाट वार्षिक करिव ३० हजारको हाराहारीमा विद्यार्थीहरु विदेश पढ्न जाने गरेका छन् । विदेश जानको लागि कति लाग्छ लगानी ? पढ्नका लागि विदेश जाँदा देश अनुसार तथा विषय अनुसार फरक फरक लगानी लाग्ने गरेको छ । युरोपको जर्मनी, डेनमार्क जस्ता देशमा निःशुल्क शिक्षा सेवा भएको देशमा जाने हो भने त्यहाँको निती नियम अनुसार करिब १० लाखदेखि १२ लाख खर्च हुन्छ । त्यसैगरी, अस्ट्रेलिया, अमेरिका, न्युजियल्याण्ड लगाएतका देशमा जानको लागि करिब २० देखि २५ लाख रुपैयाँ खर्च हुन्छ । धेरै मात्रामा कुन कुन देश गएका छन विद्यार्थी ? सबै भन्दा धेरै विद्यार्थी अस्ट्रेलियामा जान्छन् । अमेरिका दोस्रो स्थानमा पर्छ । त्यसैगरी जापान, युरोप लगायतका देशमा नेपाली विद्यार्थी जाने क्रम बढ्दो छ । गत आर्थिक वर्षमा जापानमा धेरै विद्यार्थी विदेश गएका छन् । गत वर्ष करिब ११ हजार विद्यार्थीले अस्ट्रेलियाको भिजा पाएका छन् भने जापानको लागि भिजा लाग्ने १० हजार थिए । त्यसैगरी, अमेरिकाको भिजा लाग्ने ३३ सयदेखि ३५ सयको हाराहारीमा थिए । नेपालीहरु पढ्न अष्ट्रिलिया, अमेरिका, यूरोपियन देशहरुमा जान्छन् , रोजगारीको लागि दुवई, कतार लगायत खाडी देशहरुमा जान्छन्, किन ? दुवई, कतार, कुवेत, साउदी अरब लगायतका देशमा पनि शिक्षाको अवसर राम्रै रहेको छ । धेरै लगानी गरेर विकसित मुलुक जान नसक्ने विद्यार्थी खाडी मुलुक गएर पनि राम्रै प्रगति गरेको देख्न सकिन्छ । विदेशमा पढ्न गएर नेपाल फर्कने क्रम कस्तो छ ? बिदेश पढ्न गएपनि पढाई सकेपछि नेपाल फर्कनै पर्ने देशमा भारत, चीन, बङ्लादेश, फिलिपीन्स लगायतका देशहरुबाट ९९ प्रतिशत नै विद्यार्थी नेपाल फर्कन्छन् । उक्त देशबाट आएर अन्य देश जान पाईन्छ तर त्यहीँ बस्न भने नमिल्ने हुन्छ । विद्यार्थीहरु विकसित मुलुक जस्तै अस्ट्रलिया, अमेरिका लगायतका मुलुक गएपछि फर्किने विद्यार्थीहरुमा १० देखि १५ प्रतिशत विद्यार्थीहरु मात्र भेटिएको छ । पढ्न जाने तर काम गर्ने विद्यार्थीले कमाएर नेपाल पैसा पठाउँछन कि पढाउँदैनन् ? नेपालबाट पढ्न जानेले पठाएको पैसाको आँकडा गर्न सकिँदैन किनकी नेपाली विद्यार्थीहरु बिदेश जाने भनेको पढ्न मात्रै भएकाले बाँच्न र पढ्न पुग्ने पैसा मात्र कमाउँछन् । कानुनमा चलेर जम्मा ४ देखि ५ घण्टा काम गरेर पैसा पठाउँछन् भन्ने परिकल्पना गरिएको छैन । विद्यार्थीहरु पढ्न जाँदा नेपालबाट वर्षेनी अर्बौ रुपैयाँ विदेशिने गरेको समाचारहरु आईरहेको छन्, वार्षिक कति पैसा विदेशिन्छ ? नेपालको तुलनामा अन्य देशको पैसा नै महंगो भएको हुनाले विद्यार्थीले धेरै पैसा बोक्न परेको हो । तर धेरै पैसा बोकेता पनि विद्यार्थीले पछि पढाई सकेर फिर्ता भने गर्न सक्ने निश्चित रहेको हुन्छ । विदेश पढ्न जाने विद्यार्थीबाट धेरै पैसा विदेशियो र अर्थतन्त्रलाई नै नकारात्मक असर परेको भन्ने भनाई सहि होइन ।
एक वर्षमा ३६५ दिन किन ? किन ७०० दिनलाई मानिएन ? – दिवाकर पन्त
दिवाकर पन्त नेपाली पत्रकारितामा डेढ दशकदेखि सक्रिय नाम हो । खासगरी देशको आर्थिक पत्रकारितामा पन्तले कलम चलाउदै आएका पन्त पछिल्लो समययता ज्योतिषका रुपमा समेत सक्रिय छन् । हालै मात्र ज्योतिषहरुको छाता संस्था “नेपाल ज्योतिष परिषद्” को सदस्य बनेका पन्त, युवा ज्योतिषका रुपमा परिचित छन् । त्रिभुवन विश्वविद्यालयबाट आमसंचार तथा पत्रकारितामा स्नातकोत्तर गरेका पन्तले नेपाल ल कलेजबाट कानूनमा एलएलबी अर्थात स्नातक गर्दै छन् । ज्योतिषको सान्दर्भिकता विषयमा केन्द्रीत रहेर ज्योतिष पन्तसंग गरेको कुराकानी । ज्योतिष दिवाकर पन्त तपाई अब पत्रकार की ज्योतिष ? म डेढ दशकदेखि पत्रकारितामा छु । पत्रकारितामा रहँदै गर्दा मैले ज्योतिष विद्या अध्ययन गरें र यसलाई अहिले म सेवामा उतारेको छु । यसरी हेर्दा यो दुई विधा मेरा लागि छुट्याएर हेर्न सकिने विधा रहेन । संगसंगै हेर्यो भने ठिक होला कि । सरल शब्दमा भन्नुपर्दा ज्योतिष के हो ? ज्योतिष हाम्रो पूर्विय जीवनको ठूलो सम्पत्ति हो । जसले विज्ञानमा आधारित गणितीय तथ्यांकमा टेकेर समाज र त्यसको सबै भन्दा सानो एकाई अर्थात हरेक व्यक्तिको विगत वर्तमान र भविष्यमाथि दृष्टि राख्दछ । खगोलिय ग्रहहरुको चाल समाजको युनिट अर्थात ब्यक्तिसम्म के कसरी पर्छ ? त्यसको प्रभाव कस्तो रहन्छ ? कुन समयमा कुन ग्रह उसको जीवनमा प्रभावी रहन्छ ? भन्ने शुक्ष्म अध्ययन यस विधाले गर्छ । अर्थात कुनै एक ब्यक्तिको समग्र जीवन अध्ययन गर्दछ । उसको सम्भावना केलाउछ, उसको कमजोरी केलाउछ, उसको अनुकुल समयबारे विश्लेषण गर्दछ, उसको कठिन समयका बारेमा अपनाउनु पर्ने सजगता दर्शाउछ । मानिसलाई केवल उसको आसपासको सराउण्डिङले मात्र प्रभाव पार्दैन । खगोलिय प्रभाव समेत उसको जीवनमा पर्छ र त्यसले उसको ब्यक्तित्व, जीवन, पारिवारिक जीवन, स्वभाव, आय आर्जन, स्वास्थ्य, पेशा ब्यवसाय लगायतका तमाम शुक्ष्म तहमा के कस्तो प्रभाव पार्दछ भनि अध्ययन ज्योतिषमा गरिन्छ । त्यसैले ज्योषित समाजको पथप्रदर्शक हो भन्दा हुन्छ । यसले जहिल्यै सकारात्मक मार्गदर्शन गर्दछ । ज्योतिषले कहिल्यै पनि नराम्रो बाटो अपनाउ भनेर कसैलाई पनि सल्लाह दिंदैन । सदैव सद्मार्गबाट जीवनलाई अघि बढाउ भन्ने थेमेटिक सन्देश ज्योतिषको रहन्छ । त्यसैले ज्योतिष ज्योति हो । आधुनिक युगमा विज्ञान प्रविधिको प्रभाव बढेको छ र ज्योतिष क्षेत्रलाई विज्ञान नभई परम्परागत विश्वास मात्र हो पनि भनिन्छ । ज्योतिष शास्त्र विज्ञान हो कि परम्परागत ज्ञान मात्र हो ? संसारमा जति सुकै विज्ञान प्रविधिको विकास भए पनि आखिर मान्छे मान्छे नै हो । विज्ञान प्रविधिले मानिसको स्वरुपलाई पनि परिवर्तन गर्न सकेको छ ? सबै कुरो भनिए झै विज्ञान प्रविधिले मात्र गरेको भए यो संसारमा दुःख भन्ने चिज नै नहुनु पर्ने तर किन छ ? संसारका विकसित देशका समाजमा देखिएका समस्या कति जटिल खाले छन । र, त्यहाँ नयाँ समस्याहरु किन पैदा भैराखेको छ । अमेरिकामा एउटा १६ वर्षको केटाले बन्दुक पड्काएर आफना स्कूलका पचासौ सहपाठी मारिदिन्छ । यता नेपालमा यति जटिलताका बीच पनि नेपाली हासेर बसिराखेको देख्न पाइन्छ । यी दुई घटनालाई केलाएर हेर्नु भयो भने पत्ता लाग्छ कि सबै भन्दा प्रमुख तत्व “मन” हो । मन ठिक हुनुपर्छ । मन ठिक हुन “दवाईको गोलि” खाएर हुन्छ त ? अहँ हुदैन । हो त्यसैले मानिसको मन ठिक पारि समाजलाई ठिक अवस्थामा राख्ने पूर्विय सभ्यतामा विभिन्न संस्कृति तथा विधि छन् । त्यसमध्येको एक वैज्ञानिक आधारमा आधारित क्षेत्र ज्योतिष हो । ज्योतिषलाई परम्परागत विश्वास मात्र हो कि भनेर आशंका गर्नेहरु पनि भेटिन्छन् हाम्रो समाजमा । विश्वास सबै भन्दा प्रमुख तत्व हो । र, त्यो मनबाट आउाछ । त्यसैले मन ठिक हुनुपर्छ । अब रह्यो ज्योतिष विश्वासमा मात्र अडेको छ त ? होईन, ज्योतिष विज्ञान हो । दुनियाका समाज आफ्नो परिवेशमा जीवन जीउने संघर्ष वरिपरि घुमिराखेका बेला हाम्रा पूर्वज ऋषिमुनिले हामी यानेकी पृथ्वीलाई केवल पृथ्वीका गतिविधिले मात्र प्रभाव पार्ने होईन खगोलले पनि प्रभाव पार्दाे रहेछ भनि अध्ययन गरे र सृष्टि गरे यो ज्योतिष विद्या । दुनियाँलाई सौर्य प्रणालीको ज्ञान वैदिक ज्योतिषले दिएको हो । यो दुनियालाई सूर्य उर्जाको स्रोत भएको जानकारी यसले दिएको हो । सौर्य प्रणालीको अर्डर यसले भनेको हो, जसलाई आधुनिक विज्ञानले उही वैदिक ज्योतिषले भनेको अर्डरलाई सदर मात्र गरेको हो । अझ अर्काे महत्वपूर्ण कुरा सौर्य वर्ष गणना जसलाई अग्रेजीमा सोलार क्यालेण्डर भनिन्छ, चन्द्र वर्ष गणना जसलाई अग्रेजीमा लुनार क्यालेण्डर भनिन्छ त्यसको प्रादुर्भाव वैदिक ज्योतिषले गरेको हो । वर्षमा १२ महिना ३६५ दिन हुन्छ भन्ने तथ्य वैदिक ज्योतिषले भनेको छ, उसो भए आधुनिक विज्ञानले किन १८ महिनाको एक वर्ष अनि ७०० दिनको एक वर्ष गणना प्रणाली भनेन ? त्यही वैदिक ज्ञानलाई नै मान्यता दिएको हो नि आखिर । उसो भए यो वैदिक ज्योतिष कसरी परम्परागत विश्वास मात्र भयो, विज्ञान भएन ? यो विज्ञान हो । अर्काे कुरा ज्योतिष विद्याले जुन दिन चन्द्र ग्रहण, खण्डग्रास र खग्रास लाग्छ भन्छ त्यो दिन लाग्छ । जुन दिन सूर्य ग्रहण लाग्छ भन्छ त्यो दिन लाग्छ । यो विज्ञान नभए त फरक पर्नु पर्ने नि ? तसर्थ तपाई हामी जुन संस्कारका आधारमा हाम्रो जीवन पद्धति निर्धारित छ, हाम्रा पिता पुर्खा यसका सर्जक हुन यसमा गौरव गर्न सिकौ । पहिला यसको महत्व बुझौ । आज जसरी योग जसलाई पश्चिमाहरुले योगा भनि भन्छन यसको विश्वब्यापीकरण देखिरहेका छौ । त्यसैगरी शुक्ष्म रुपमा वैदिक ज्योतिष तर्फ विश्वको ध्यान मोडिंदै छ । तर तपाई हामी यो विज्ञान हो कि होईन भनि सधै एउटै वहसमा फसि रहेका छौ । खोई यसको थप विकासमा हामीले ध्यान केन्द्रीत गर्न सकेको ? यस भित्र तमाम सिमा होलान तर ज्योतिषको मूल तत्व विज्ञान हो । ज्योतिष विज्ञान शुद्ध विज्ञान हो कि सामाजिक ? ज्योतिषमा मुलत दुइ विधा छन्, गणित र फलित । यसरी हेर्दा गणितले विज्ञानमा आधारित गणितिय गणनाबाट ग्रह प्रष्टा लगायतका अन्य अध्ययन गर्दछ । त्यसमा टेकेर फलितले विश्लेषण गर्दछ । ज्योतिषका विषयमा यस क्षेत्रमा लाग्ने विद्धानहरुको आ–आफनै केही दृष्टिकोण छन् । ज्योतिषमा केही भौगोलिक, सामाजिक र क्षेत्रगत मान्यता पनि छन् । मेरो अध्ययन र विश्लेषणमा ज्योतिष ६० प्रतिशत पियोर साइन्स र म्याथमेटिकल साईन्स नै हो । २० प्रतिशत सामाजिक विज्ञान हो । १० प्रतिशत मनोविज्ञान हो । १० प्रतिशत विश्वास अर्थात फेथ हो । यी सबैको शतप्रतिशत प्रतिबिम्व ज्योतिष हो । साथै यसमा अलिकति अध्यात्म विज्ञानको कुरा पनि जोडिन आउछ, यसलाई यहाँनेर मैले प्रतिशतमा ब्यक्त गरेको छैन । एउटा राम्रो ज्योतिषले केवल गणितिय गणनाबाट ग्रह प्रष्टा गरेर कुण्डली बनाएर मात्र पुग्दैन । उसले समाजको राम्रो अध्ययन गरेको हुनुपर्छ । ज्योतिष एउटा कुशल मनोपरामर्शदाता पनि हो । ज्योतिषकोमा मानिसहरु निकै गम्भिर खाले समस्या र अन्योल बोकेर आएका समेत हुन्छन् । त्यस्तो अवस्थामा राम्रो ज्योतिषले राम्रो सल्लाह दिएर त्यो समस्याबाट मुक्ति दिलाउने उपायहरु सल्लाह दिएको हुन्छ । उनीहरुलाई सहि परामर्श दिन सक्नु राम्रो ज्योतिषको खुवी हुन आउँछ । त्यसैले ज्योतिष केवल ज्योतिष शिक्षा लिएको मात्र होईन, आधुनिक दृष्टिकोण राख्न सक्ने, विश्व डाइमेन्सनलाई पनि बुझेको हुनुपर्छ । अन्धविश्वासलाई प्रवद्र्धन गर्ने होईन विज्ञानलाई प्रवद्र्धन गर्ने खालको हुनु पर्छ । भाग्यमा मात्र निर्भर गराउने होईन कर्म र भाग्यको मेल गराउने खालको दृष्टिकोण लिएको हुनु पर्छ । त्यसैले ज्योतिष विद्याले समाजको भलाई, ब्यक्तिलाई मानसिक, शारीरिक र मनोवैज्ञानिक रुपमा स्वस्थ राख्न ठूलो भूमिका निर्वाह खेलेको हुन्छ । सामाजिक रुपमा हेर्नु हुन्छ भने समाजलाई सकारात्मक पाटोमा डोर्रयाउन भूमिका खेलेका हुन्छन् । ज्योतिषले कहिल्यै पनि नशा गर, रक्सी पिउ, चुरोट खाउ, रण्डीवाजी गर, खराब काम गर, लुट, हत्या गर, समाज बिगार, भाडभैलो मच्चाउ भन्दैन । मानिसका विभिन्न समस्यालाई विश्लेषण गरि उपयुक्त विकल्प सहितका परामर्श दिएर उनीहरुलाई समस्याबाट मुक्त राखि खुशी र सुखी बनाउन प्रयासरत हुन्छ । त्यसैले ज्योतिष विद्यामा सोसल साईन्स र मनोविज्ञानको पक्ष सिक्काको दुई पाटा झै जोडिन आउँछ ।