एभरेष्ट बैंकद्वारा टिच फर नेपाललाई ५ लाख सहयोग
काठमाडौँ । एभरेष्ट बैंकले शिक्षा क्षेत्रतर्फको संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत टिच फर नेपाललाई सहयोग निरन्तरता दिँदै चेक हस्तान्तरण गरेको छ । बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको हो । टिच फर नेपाल विश्वविद्यालयका उत्कृष्ट स्नातक र अनुभवी युवाहरुको मुभमेन्ट हो जो शिक्षामा भएको असमानतालाई अन्त्य गर्न प्रतिबद्ध रहेका छन् । उनीहरुले विगत २ वर्षदेखि नेपालका सार्वजनिक विद्यालयहरुमा अध्यापन गराइरहेका छन् । एभरेष्ट बैंकले नेपालका सरकारी तथा सार्वजनिक विद्यालयहरुमा शिक्षा, सरसफाई तथा खानेपानीमा सहयोग पुर्याइरहेको छ ।
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा फारम भर्ने अन्तिम मिति भदौ ५ गते, कसले दिन पाउँछन् परीक्षा ?
काठमाडौं। कक्षा १२ का ग्रेडवृद्धि परीक्षामा सहभागी हुन विद्यार्थीले भदौ ५ गते सम्म फारम बुझाई सक्नुपर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सुचना प्रकाशित गर्दै ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीले भदौ २ गते सम्म रकम र ५ गते सम्म फारम बुझाई सक्नुपर्ने बताएको हो। बोर्डका अनुसार कक्षा १२ को ग्रेड्वृद्धि परीक्षामा विद्यार्थीहरुले बढीमा दुई बिषयमा मात्र सामिल हुन पाउने छन्। बोर्डले परीक्षामा सहभागी हुन पाउने विद्यार्थीको आधारहरु पनि सार्वजनिक गरेको छ। ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने आधारहरू : १. अन्य सबै विषयमा c+ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा मात्र c वा d+ ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त दुई विषयमा वा ती दुई मध्ये कुनै एक विषयमा ग्रेड वृद्धि (पूरक) परीक्षा दिन सक्नेछन्। २. अन्य सबै विषयमा d+वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा मात्र d वा c प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले उक्त दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्नेछन्। ३. परीक्षाफल रद्द भएका परीक्षार्थीहरू ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन्। ४. शैक्षिक योग्यताका प्रमाणपत्र लिई सकेका परीक्षार्थीहरूले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन्। यदि सहभागी भएको पाइएमा उक्त परीक्षा स्वतः रद्द हुनेछ । ५. ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीको परीक्षा आवेदन फाराम शुल्क प्रति विद्यार्थी रु. ६०० (छ सय मात्र) का दरले हुने रकमको बैंक भौचर मिति २०७६ भदौ २ गतेभित्रको हुनु पर्नेछ । उल्लिखित म्यादभित्र परीक्षा शुल्क बापतको रकम बुझाउन छुट भएका परीक्षार्थीहरूले मिति २०७६ भदौ ५ गतेभित्र विलम्ब शुल्क सहितको रकम रु. १,२००।– (एक हजार दुईसय) बुझाई सोही दिन कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन फाराम बुझाउनु पर्नेछ । ६. परीक्षा आवेदन फाराम साथ कक्षा १२ को ग्रेड सिटको प्रतिलिपि वा धभदकष्तभ बाट डाउनलोड गरेको कक्षा १२ को ग्रेडसिट/लेजर संलग्न गर्नुपर्नेछ । फाराम बुझाउने सम्बन्धित कार्यालयहरू : १. ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङ जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, विराटनगर, मोरङ । २. खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिरहा र सप्तरी जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय लाहान, सिरहा । ३. सिन्धुली, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, जनकपुर, धनुषा । ४. चितवन, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय हेटौंडा, मकवानपुर । ५. रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप र सोलुखुम्बु जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, सिनामंगल, काठमाडौं । ६. गोरखा, लमजुङ, तनहु“, कास्की, स्याङ्ग्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ र पर्वत जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, पोखरा, कास्की । ७. गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु र अर्घाखा“ची जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, बुटवल, रूपन्देही । ८. प्युठान, रोल्पा, रुकुम, सल्यान, र दाङ जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय घोराही, दाङ । ९. बाँके र बर्दिया जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय कोहलपुर, बाँके । १०. दैलेख, जाजरकोट, सुर्खेत, मुगु, हुम्ला, जुम्ला, कालीकोट, र डोल्पा जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत । ११. कैलाली र कञ्चनपुर जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, धनगढी, कैलाली । १२. बाजुरा, बझा·, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय डडेल्धुरा ।
सम्पत्ति विवरण नबुझाउने २१४ शिक्षक परे जरिवानामा
परासी । तोकिएको समयमा सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने नवलपरासीका २१४ शिक्षक जरिवानामा परेका छन् । आर्थिक वर्ष २०७४/७५ को सम्पत्ति विवरण नबुझाउने २१४ शिक्षकलाई कारवाहीस्वरुप जरिवाना तिर्न आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । कार्यालयले ती शिक्षकहरुलाई प्रतिशिक्षक रु पाँच हजारका दरले अविलम्ब जरिवाना दाखिला गर्न आग्रह गरेको छ । नयाँ आव शुरु भएको ६० दिनभित्रमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेको उल्लेख गर्दै शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख डोलराज पाण्डेले भन्नुभयो, “सम्पत्ति विवरण बुझाउन अटेरी गरेका शिक्षकको सूची मन्त्रालयबाट प्राप्त भएको छ, त्यो सूचीमा केही अवकाश पाएका, सरुवा भएर गएका, दोहोरिएका र सम्पत्ति विवरण बुझाइसकेका समेत नाम भेटिएको छ”, उनले थपे, “त्यो सूची छानबिन गरी नबुझाएका शिक्षकलाई अविलम्ब विवरण फारम भर्न र जरिवाना बुझाउन निर्देशन दिएका छौँ ।” यसरी, सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुले विद्यालय किताबखानामा र अस्थायी शिक्षकहरुले सम्बन्धित स्थानीय तहमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेको कार्यालयले जनाएको छ । रासस