इन्टर कन्टिनेन्टल होटल्स ग्रुपमा गेट कलेज, आईएचजी एकेडेमीबीच सहकार्य

काठमाडौं । इन्टर कन्टिनेन्टल होटल्स् ग्रुप (आईएचजी) ले नेपालमा आफ्नो आधिकारिक शैक्षिक प्रतिष्ठानका रूपमा ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट) लाई चयन गरेको छ । यसअघि नेपालमा होटल सोल्टी क्राउन प्लाजा, इन्टर कन्टिनेन्टल होटल्स् ग्रुपको आधिकारिक ध्वजाबाहक होटल रहँदै आएको छ । शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच इन्टर कन्टिनेन्टल होटल्स ग्रुप र गेट कलेजबीच सहकार्य समझदारी पत्रमा हस्ताक्षर भएको छ । आईएचजी दक्षिणपूर्वी एसियाका प्रमुख सान्ताडी सिल्भाको विशेष उपस्थितिमा सम्पन्न समझदारी पत्रमा इन्टर कन्टिनेन्टल होटल्स ग्रुपका तर्फबाट होटल सोल्टीका महाप्रबन्धक उपाल मजुमदार र गेट कलेजका संस्थापक/ प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले हस्ताक्षर गरे । समझदारीपत्रअनुसार अब गेट कलेज नेपालका लागि आधिकारिक आईएचजी एकेडेमीका रूपमा रहने छ । विश्वकै अग्रणी होटल कम्पनी मध्येको इन्टरकन्टिनेन्टल होटल्स् ग्रुप (आईएचजी)का विश्वभर करिब १ सय देशमा रहेका ५ हजार २२१ होटलमा रहेका करिब ७ लाख ७७ हजार ६७५ कोठाबाट अतिथिलाई सेवा प्रदान गरिँदै आएको छ  

जनप्रतिनिधिका छोराछोरीले निजी विद्यालयमा पढ्न नपाउने नगरपालिकाको निर्णय

बाजुरा । सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने भएका छन् । बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि नगरभित्रका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र नवनिर्वाचित जनप्रतिनिधिका बालकालिकालाई बोर्डिङमा पढाउन नपाउने निर्णय गरिएको नगर उपप्रमुख कविता बुढा विष्टले बताए । उनले नगरपालिकाभित्रका छोराछोरी र सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले बोर्डिङमा पढाउने गरेको र सर्वसाधारणका छोराछोरी सरकारी विद्यालयमा पढ्ने भएकाले शिक्षामा एकरुपता ल्याउनका लागि बैठकबाट निर्णय गरिएको बुढा विष्टले जानकारी दिए । विभिन्न उपसमितिमार्फत आएका सुझाव र निर्णयलाई कार्यसमितिमा प्रस्तुत गर्दै नगरवासीको हितमा निर्णय गरिएको विष्टको भनाइ रहेको छ । नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा दरबन्दी कम भएका तर माध्यमिक विद्यालय सञ्चालन गरिएका विद्यालय समायोजन गरिने भएका छन् । बैठकले कृषि क्षेत्रका एक घर एक करेसाबारीको नीति पारित गरेको नगर प्रमुख पदम बडुवालले बताए । उनले प्रत्येक घरमा खानेपानी, विद्युत्ल गायतका योजना पुर्याउने गरी निर्णय पारित भएको बताए । रासस

औउलु यूनिभर्सिट अफ अप्लाईड साईन्स र किंग्स कलेजबीच सहमति

काठमाडौं । फिनल्याण्डको औउलु यूनिभर्सिट अफ अप्लाईड साईन्सले विल्डिङ यूनिभर्सिटी क्यापासिटी टु सपोर्ट विजनेश इन्कम्बिनेशन इन नेपाल परियोजना संचालन गर्ने घोषणा गरेको छ । उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुको क्षमता बृद्धि गरी विद्यार्थीहरुले संचालन गर्ने उद्यम तथा ब्यवसायहरुलाई इन्क्युवेट गरी नेपालमा रोजगारी श्रृजनालाई बढावा दिने यस परियोजनाको उदेश्य रहेको छ । सन् २०२० सम्म संचालन हुने यस तीन वर्षे परियोजनालाई कार्यान्वयन गर्न औउलु यूनिभर्सिट अफ अप्लाईड साईन्सले उच्च शिक्षाको क्षेत्रमा विशेष योगदान प¥ुयाइरहेका दुई शैक्षिक संस्थाहरु किंग्स कलेज, कुसोम, योङ इन्नोभेशन प्रा.लि र आईडिया स्टूडियो नेपालसँग साझेदारी थालेको छ । काठमाडांैमा बिहीबारको दिन एक समारोहबीच सो साझेदारी सम्बन्धि ज्ञापनपत्रमा सबै साझेदारहरुले हस्ताक्षर गरेका छन् ।