प्रभु बैंक र अर्विट मेडिकल इन्ट्रान्स प्रालिबीच सहमति, विदेश जाने विधार्थीलाई सेवा दिने
काठमाडौँ । प्रभु बैंक लिमिटेड र अर्विट मेडिकल इन्ट्रान्स प्रालिबीच शुक्रबार एक सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सहमति पत्र अनुसार अर्विट मेडिकल इन्ट्रान्स प्रालिको प्रभु बंैक लि. आधिकारिक बैक रहेको र उक्त कम्पनीसंग आवद्ध शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट शिफारिश भई आएका उच्च शिक्षा हाशिल गर्न विदेश जाने बिद्यार्थीहरुले बैंकको सबै शाखाहरुबाट सेवा पाउने छन् । सहमति पत्रमा विधार्थीहरुले बैंकका सबै शाखाहरुबाट नगद जम्मा गर्ने, बिदेशी मुद्रा सटही सुविधा, स्वीफ्ट, टीटी, अनलाइन पेमेन्ट र डाफ्ट आदिका माध्यमबाट गरिने आइइएलटीएस, टीओईइएफएल, पीटीई, सीएई, एसएटी, जीआरई, जीएमएटी र ट्यूशन फि आदी आदि शैक्षिक शुल्क भुक्तानी गर्न सक्ने र शैक्षिक कर्जा आवश्यक परेमा सर्व सुलभ तरिकाबाट कर्जा उपलब्ध गराइने उल्लेख छ । उक्त सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा अर्विट मेडिकल इन्ट्रान्स प्रालिका तर्फबाट कम्पनीका प्रवन्ध संचालक सुनिल रेग्मीले हस्ताक्षर गरेका छन् ।
आइतबारदेखि राजधानीमा व्यवस्थापन तथा आईटी शिक्षा शैक्षिक मेला हुने
काठमाडौं । नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मुल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा पाचौं व्यवस्थापन तथा आई टी सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । पाठशाला एजुकेशन फाउण्डेशनले साउन १२ र १३ मा काठमाडौंको बुद्घनगरस्थित हिरा पार्टी प्यालेसमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सिएसआइटी, बीबीए, बीएससी, सिएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएसडब्लु, बिबिएस, बिबिए बिआइ, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३१ शैक्षिक संस्थाहरुको सहभागिता रहने राजधानीमा बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । झण्डै ५० वटा स्टलहरु रहने सो दुई दिने शैक्षिक मेलामा करिब चार हजार विद्यार्थीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । नेपालमै व्यवस्थापन तथा आई.टि.तर्फ उच्च शिक्षामा गुणस्तरिय शिक्षा तथा कम खर्चमा अन्तर्राष्टिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा संस्थाको विगतका शैक्षिक मेलाले प्रमाणित गरेको पाठशाला एजुकेसन फाउण्डेशनका अध्यक्ष सञ्जय मण्डलले बताए । यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परिक्षा सकेर वसेका सात हजार विद्यार्थीको सहभागिता रहनेमा विश्वस्त रहेको उनले बताए । यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयवाट क्रमशः पोखरा विश्वविद्यालयका पाँच शैक्षिक संस्था, छ वटा त्रिभुवन विश्वविद्यालय, तीन वटा पूर्वाञ्चल विश्वविद्यालय, दुई वटा काठमाडौं विश्वविद्यालय, एक मध्यपश्चिम विश्वविद्यालय गरी पाँच वटा नेपाली विश्वविद्यालयका कलेजहरु, दुई वटा सिए र एक अन्य अध्यापन गराउने संस्थाहरुको सहभागिता रहने छ भने १५ वटा विदेशी विश्वविद्यालयका कोर्ष पढाउने संस्थाहरु जसमा युके, मलेसिया, अमेरिकी विश्वविद्यालयवाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन टे«ड सो नेपाल प्रालिका प्रबन्ध निर्देशक सुमन महर्जनले जानकारी दिए । शैक्षिक मेलाको आयोजकमा पाठशाला एजुकेशन फाउण्डेशन, इन एसोसिएसन विथ किङ्स कलेज, पावर वाई नामी कलेज छन् । पत्रकार सम्मेलनमा पाटन कलेजका पवन भट्टराई, नामी कलेजका रविन थापामगर, पाठशाला एजुकेशनका अध्यक्ष सञ्जय मण्डललगायतले नेपालमै व्यवस्थापन तथा आइटीतर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा कम खर्चमा अन्तराष्टिय डिग्री हासिल गर्न सकिन्छ भन्ने विगतका मेलाहरुले पनि प्रमाणित गरिसकेको बताए ।
अष्ट्रेलियामा यी काम गर्नेको धेरै माग, पीआर पाउने सम्भावना बढी
काठमाडौं। नयाँ आर्थिक बर्षको सुरुवातसँगै अष्ट्रेलियाको गृह मन्त्रालयले अत्यधिक मागमा भएका पेशाहरुको बारेमा सुची निकालेको छ। अष्ट्रेलियन सरकारले अत्यधिक मागमा भएका पेशालाई पिआर पाउन सहज बनाईदिने गरेको छ। यद्यपि प्रत्येक विद्यार्थीको परिस्थिति फरक हुन्छ र उनिहरुलाई व्यक्तिगत रूपमा मूल्याङ्कन गरिनुपर्दछ तर अष्ट्रेलियन सरकारले केहो यस्ता पाठ्यक्रमहरूलाई सुचीमा राखेका छन् जसको मार्फत विद्यार्थीले अष्ट्रेलियामा पिआर पाउनलाई सजिलो बाटो निर्माण गर्न सक्छन्। अष्ट्रेलियामा स्थायी निवासीको रुपमा काम गर्न, पिआर आवेदकहरुको लागि विभिन्न विकल्पहरू छन्। ति मध्येको एउटा सहज तरिका भनेको मागमा भएका पेशासँग सम्बन्धित बिषय पढ्नु हो। अष्ट्रेलियामा पिआर लिएर स्थायी बसोवास गर्ने उद्देश्यका साथ आएका आप्रवासी विद्यार्थीहरुले सही बिषयको छनोट गर्न जाने उनिहरुलाई पिआर पाउन केही हदसम्म सहज हुने गर्दछ। पिआर पाउनको लागि तपाईको पेशा,सबै योग्यता र कामको अनुभव उपयुक्त निकायद्वारा मूल्याङ्कन गरिन्छ जसले तपाई पिआरको लागि योग्य हुनुहुन्छ वा हुनुहुदैन भन्ने कुरा निर्धारण गर्दछ। पिआरको लागि २०१९ मा अष्ट्रेलियन सरकारले निकालेको उपयुक्त पेशा सुची यस्तो छ : १। कृषि र पोल्ट्री खेती(Agriculture and poultry farming) फूल खेती (Flower grower) उखु उत्पादक (Sugar cane grower) कुखरा पालक किसान (Poultry farmer) सुंगुर पालक किसान (Pig farmer) पशु पालक किसान (Dairy Cattle Farmer) २। हस्पिटालिटी (Hospitality) कुक (Cook) सेफ (chef) वाइन उत्पादक (Winemaker) आवास तथा आतिथ्य प्रबन्धकहरू (Accommodation and Hospitality Managers) ३। हेल्थकेयर (Healthcare) आँखा बिशेषज्ञ (Optometrist) बालरोग बिशेषज्ञ (Paediatrician) आर्थोपेटिस्ट (Orthoptist) व्यावसायिक चिकित्सक (Occupational therapist) पोषणविद् (Dietitian) ४। शिक्षा (Education) पूर्व-प्राथमिक शिक्षक (Early Childhood (Pre-primary School) teacher) प्राथमिक शिक्षक (Primary teacher) ट्युसन टिचर (Private tutor or teachers) माध्यमिक शिक्षक (Middle school teacher) ५। भवन निर्माण (Building and construction) निर्माण अनुमानक (Construction estimator) निर्माण परियोजना प्रबन्धक (Construction project manager) परियोजना निर्माणकर्ता (Project Builder) वास्तुकला, भवन र सर्वेक्षण प्राविधिक प्राविधिक (Architectural, building and surveying technicians) ५। ईन्जिनियरिङ् (Engineering) अेरोनौटिकल ईन्जिनियर (Aeronautical Engineer) कृषि ईन्जिनियर (Agricultural Engineer) बायोमेडिकल ईन्जिनियर (Biomedical Engineer) भवन र ईन्जिनियरिङ् टेक्नीशियन (Building and Engineering Technician) रासायनिक ईन्जिनियर (Chemical Engineer) सिभिल इञ्जिनियर (Civil Engineer) ६। सूचना प्रबिधि (Information technology) आईसीटी ग्राहक सहयोग अधिकारी (ICT Customer Support Officer) आईसीटी सुरक्षा विशेषज्ञ (ICT Security Specialist) सफ्टवेयर इन्जिनियर (Software Engineer) सफ्टवेयर र एप्लिकेसन प्रोग्रामर (Software and applications programmers) दूरसंचार नेटवर्क प्लानर (Telecommunications Network Planner)