स्ट्याण्डर्ड चार्टर्डको सिइओमा दस्तिदार नियुक्त

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड(एससीबी नेपाल) मा नयाँ प्रमुख कार्यकारी अधिकृत(सिइओ)का रुपमा अनिरभन घोष दस्तिदार नियुक्त भएका छन् । बैंकिङ क्षेत्रका २५ वर्षको अनुभव भएका भारतीय नागरिक तस्तिदारलाई बैंकको सञ्चालक समितिको माघ ७ गते बसेको बैठकले सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । ब्रुनाईका प्रमुख कार्यकारी रहेका दस्तिदारलाई चार्टर्ड नेपालको सिइओ नियुक्त गर्ने निर्णय गरिएको हो । जोसेफ सिल्भानुसलाई चार्टर्ड समूहले फिर्ता बोलाएपछि नयाँ सिइओ नियुक्त गरिएको हो । नयाँ सिइओको कार्यकाल फेब्रुअरी १५ देखि शुरु हुने कम्पनी सचिव बिमल सिंहले जनाएका छन् ।

गुह्येश्वरी मर्चेन्टको नाफा ३ करोड ३४ लाख, सबै सूचक सुधारात्मक

काठमाडौं । गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३४ लाख रुपैंया खुद मुनाफा कमाएको छ । फाइनान्सले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले नाफा बढाएर सो आकारमा पुर्याएको छ । फाइनान्सले पुस मसान्तसम्म कुल ३२ अर्ब ९६ करोड निक्षेप संकलन गरी ३९ अर्ब ३ करोड रुपैंया कर्जा प्रवाह गर्दा उक्त फाइनान्सको सीसीडी अनुपात ६८.३० प्रतिशतमा सीमित भएको छ । यो अनुपात भनेको फाइनान्सले अझै ठूलो मात्रामा मर्जा लगानी गर्नसक्ने अवस्था हो । उक्त अवधिमा फाइनान्सले ७ करोड ४५ लाख रुपैंया खुद ब्याज आम्दानी गर्दा ५ करोड ५८ लाख रुपैंया बराबरको प्रशासनिक खर्च गरेको छ । फाइनान्सको पुँजी पर्याप्तता अनुपात २६.४० प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.६८ प्रतिशत, कस्ट अफ फण्ड १०.३४ प्रतिशत, आधार ब्याजदर १२.७६ प्रतिशत र ब्याजको स्प्रेडदर ४.८१ प्रतिशत रहेको छ ।

गुडविल फाइनान्सको साधारण सभा चैत १० मा, ५.२६ % नगद लाभांश वितरण गरिने

काठमाडौँ । गुडविल फाइनान्स लिमिटेड(वित्तीय संस्था) को २४ औँ वार्षिक साधारण सभा चैत १० गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको माघ ६ गते बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभाको लागि कम्पनीको शेयर नामसारी दाखिल खारेज गर्ने मिति माघ २७ देखि फागुन १० गतेसम्मका लागि बन्द गर्ने निर्णयपनि गरिएको छ । ८० करोड चुक्ता पूँजी रहेको कम्पनीको साधारण सभामा ५.२६३ प्रतिशतका दरले ४ करोड २१ लाख ५ हजार २ सय ६३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिने छ । साधारण सभाले अध्यक्षको प्रतिवेदन छलफल सहित पारित गर्ने कम्पनी सचिव स्वयम्भु शाक्यले जनाएका छन् ।