सगरमाथा इन्स्योरेन्स र चिरायु अस्पतालबीच सहकार्य, भीआइपी कार्ड होल्डरको उपचारमा विषेश छुट
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र चिरायु अस्पतालबीच अस्पतालले प्रदान गर्ने सुबिधाहरुमा छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट उपलब्ध गराईएको भीआईपी कार्ड प्रयोगकर्ताहरुका लागि र कम्पनीका कर्मचारीहरुलाई चिरायु अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुबिधामा छुट पाउने छन् । उक्त सम्झौतामा सगरमाथा ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र चिरायु’ अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चण्डेश्वर नन्दराज बैद्यले स्वास्थ्य उपचार सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
कैलाश विकास बैंकका ग्राहकलाई ब्लू क्रस अस्पतालमा आकर्षक छुट
काठमाडौँ । कैलाश विकास बैंक लिमिटेड र ब्लू क्रस अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र ब्लू क्रस अस्पतालका तर्फबाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा ब्लू क्रस अस्पतालले कैलाश विकास बैंकका सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी तथा कर्मचारीहरुलाई उपचार खर्चमा आकर्षक छुट सुविधा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।
मुनाल बचत तथा ऋण सहकारी ११ औं वर्षमा प्रवेश
काठमाडौँ । पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिहिबारबाट स्थापनाको दशौं वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ । सहकारीले आफ्नो एघारौं वार्षिक उत्सवको अवसरमा पोखरा महानगरपालिका वडा ६ लेकसाईड स्थीत कोपिला नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । एक समारोहका बिच कोपिला नेपालका संस्थापक अध्यक्ष तिर्थ थापा र कार्यकारी निर्देशक बिना सिलवाललाई सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले सहयोग रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मुनाल सहकारीका सञ्चालकहरु र कोपिला नेपालका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । संस्थाको सामाजिक उत्तरदायीत्व अन्र्तगत कोपिला नेपालले संचालन गरेको महिला सुरक्षा घरको संचालानार्थ उक्त आर्थिक सहयोग हस्तान्तरण गरेको सहकारी संस्थाका सचिब मगनलाल श्रेष्ठले बताए । सहकारीले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा यसरी नै बिभिन्न सामाजिक कार्य गर्दै आईरहेकोे जनाएको छ । २०६५ माघ ०३ गते देखी कारोवार सञ्चालन गरेको यस सहकारीको कास्की जिल्लाभरी कार्यक्षेत्र रहेको छ ।