नबिल बैंक फ्रष्ट एण्ड सलिभन “बेस्ट प्राक्टीसेज अवार्ड”बाट सम्मानित
काठमाडौ, २९ कात्तिक । नबिल बैंंक फ्रस्ट एण्ड सलिभन “बेस्ट प्राक्टीसेज अवार्ड २०१६ ”को उत्कृष्ट वित्तिय संस्थाबाट सम्मानित भएको छ । सो सम्मान पूर्व अर्थमन्त्री डा.रामशरण महतद्धारा प्रदान गरिएको थियो । नबिल बैंक सन् २०१६ मा नै “उत्कृष्ट वित्तिय संस्था” बाट सम्मानित भएको यो दोस्रो पटक हो । बैंंकले १९ अगष्टमा पनि “तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” मा “सर्वोतकृष्ट वाणिज्य बैंक” सम्मान प्राप्त गरेको थियो । बैंकको तर्फबाट सम्मान थाप्न जोखिम अधिकृत अनिलकुमार खनाल गएका थिए । उनले नबिल बैंक देशकै पहिलो निजीक्षेत्रको संयुक्त लगानीमा स्थापित बैंक भएकाले ग्राहको माग अनुसार आफ्ना सेवाहरु उपलब्ध गराउँदै आएको बताउँदै त्यो नै बैंक सफल हुनुको एक मात्र सुत्र भएको बताए । सम्मान कात्तिक २४ गते प्रदान गरिएको थियो ।
भारतीय नोटको विषयमा संसदमा बहस
काठमाडौँ, २९ कात्तिक । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्याका बारेमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्दै सांसद भरतबहादुर खड्का, भारत सरकारले भारतीय रुपैयाँ ५०० र एक हजारको नोट प्रतिबन्ध लगाउँदा नेपालको विभिन्न क्षेत्रका नागरिक प्रभावित भएको भन्दै सरकारले तत्काल भारत सरकारसँग कुरा गरी समस्या समाधान गर्न आग्रह गरे । उनले सरकारले कूटनीतिक पहलमार्फत भारतीय रुपैयाँको विषयमा उब्जिएको समस्या समाधान गर्न र नेपाली जनतालाई राहत दिन तत्काल पहल गर्न ध्यानाकर्षण गरााए । सांसद यज्ञराज सुनुवारले जनता सिटामोल खान नपाएर आत्महत्या गर्नुपरेको भए पनि त्यसतर्फ सरकारले ध्यान नदिएको तर पहुँचका आधारमा विशिष्ट व्यक्तिलाई रकम बाँडिएकामा आपत्ति जनाए । उनले निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र प्रहरी प्रमुखको भेट भइरहेकामा गुनासो गर्दै त्यसले शान्ति सुरक्षामा गलत प्रभाव परेको धारणा राखे ।
गोर्खाज फाइनान्सको सुनचादी कर्जा योजना सार्वजनिक
कात्तिक ,२९ काठमाडौं । गोर्खाज फाइनान्सले न्युरोड शाखाबाट सुनचादी कर्जा योजना सार्वजनिक गरेको हो । संस्थाले २३ औ बार्षिकोत्सवको अवसर पारेर सुन चादी कर्जा योजना सार्वजनिक गरेको हो । त्यस्तैगरी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको श्री सिद्धि सालिग्राम जेष्ठ नागरीक आश्रमलाई दुई थान टेलिभिजन प्रदान गरेको छ भने भक्तपुर क्यान्सर अस्पताललाई पाँच थान ह्वील चेयर प्रदान गरेको छ । सोही अवसरमा वर्षका उत्कृष्ट कर्मचारी विष्णुप्रसाद खतिवडालाई सम्मानित गरेको छ । संस्थाले २०७२ असार मसान्त सम्ममा एक अर्व २४ करोड निक्षेप र एक अर्व दुई करोड कर्जा प्रबाह गरेको जनाएको छ । यस संस्थाले मोबाईल बैकिङ मार्फत ग्राहकहरुले बिभिन्न सेवा उपभोग गर्न सक्नेछन् । गा्रहकहरुले मोबाईल टपअप, रिचार्ज, फण्ड ट्रान्सफर, युटिलिटि पेमेन्ट, तथा सोधपुछ अनुरोध गर्न सक्नेछन् । डेबिट कार्ड सेवा मार्फत एससीटी नेटवर्क भएका सवै एटीएमबाट ग्राहकहरुले सेवा लिन सक्नेछन् ।