नेपाल एसबिआई बैंक नाफा बढाउन असफल, ९० करोडमै खुम्चियो

काठमाडौं । नेपाल एसिबआई बैंकको नाफा घटेको छ । २०७४ पुस मसान्तमा ९१ करोड नाफा कमाएको बैंकले २०७५ पुसमा ९० करोड मात्रै नाफा कमाउन सफल भएको हो । एसबिआईले असोज मसान्तदेखि पुस मसान्त अवधीमा निक्षेप भने ९४ अर्बबाट बढाएर ९७ अर्ब पुर्याएको छ । बैंकको कर्जा लगानी पनि असोज मसान्त ८४ अर्ब रहेकोमा पुसमा ९० अर्ब पुर्याएको छ । बैंकको सिडी रेसियो भने ७७.७७ प्रतिशत रहेको छ । बैंकले ५ अर्ब ३६ करोड ब्याज आम्दानी र ३ अर्ब १७ करोड ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी २ अर्ब १९ करोड गर्न सफल भएको छ । बैंक आधार ब्याज दर ९.८२ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ५.९१ प्रतिशत रहेको छ । ०.१९ प्रतिशत खराब कर्जा रहेको बैंकको प्रति सेयर आम्दानी २४ रुपैंयाँ २१ पैसा रहेको छ ।

नेशनल माइक्रो फाइनान्सद्धारा नयाँ कर्मचारीलाई अभिमुखिकरण

काठमाडौं । नेशनल माइक्रो फाइनान्स वित्तिय संस्थाले नयाँ कर्मचारीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । २ दिनसम्म धादिङबेसीमा भएको उक्त कार्यक्रमको उदघाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले नव प्रवेशी ४४ जना कर्मचारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । अभिमुखिकरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव, जनशक्ति विभाग प्रमुख विजय घिमिरे, आन्तरिक लेखापरिक्षण विभाग प्रमुखका श्रीराम भट्टराई, संचालन विभाग प्रमुख सिताराम पंडित र लेखा विभाग प्रमुख रोशन बुर्लाकोटी विभिन्न शिर्षकहरु संस्थाको निती नियम, समुह निमार्ण तथा कर्जा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, उत्प्रेरणा गर्ने तरिका, संस्थाबाट प्रवाह गरिने सेवा तथा सुविधाहरुको साथै अन्य विषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए । चालु आर्थिक वर्षको २०७५ पुष मसान्तसम्ममा हिमाल, पहाड र तराईका गरी ५० वटा शाखा कार्यालयहरु मार्फत सातै वटा प्रदेशका ३७ वटा जिल्लाका ७० हजार भन्दा वढी विपन्न परिवारमा पहुँच पुगेको छ । हाल संस्थाको लगानीमा रहेको कर्जा २ अर्व ९१ करोड र बचत रु. ९८ करोड भन्दा वढी सदस्यहरुवाट संकलन गर्दै आएको छ ।

साधना लघुवित्तले दोश्रो त्रैमासमा कमायो ५६ लाख नाफा

काठमाण्डौ । गोरखा नगरपालिकामा केन्द्रीय कार्यालय रहेको र २०७४ मंसिर ३ गतेबाट आर्थिक कारोबार संचालन गरेको साधना लघुवित्त वित्तीय संस्थाले दोश्रो त्रैमासिक प्रगति विवरण शुक्रबार सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ५६ लाख ८३ हजार खुद मुनाफा अर्जान गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १५ लाख २१ हजार खुद घाटामा रहेको संस्थाले यसपटक प्रगति गरेको हो । चालु आवको प्रथम त्रैमासिकमा २३ लाख ४६ हजार संचालन मुनाफामा रहेको लघुवित्त ३ महिनामा ६५ लाख ८४ हजार रुपैयाले संचालन मुनाफा बढाई ८९ लाख ३१ हजार पुर्याएको छ । कुल ४ करोड ९० लाख चुक्ता पूँजी रहेको यो कम्पनीको खराब कर्जा शुन्य रहेको छ । त्यस्तै समीक्षा अवधिमा कस्ट अफ फण्ड १०.५१ प्रतिशत रहेको छ भने तरलता अनुपात ९.०२ प्रतिशत, इक्वीटीमा प्रतिफल २०.७७(बार्षिक) र सम्पत्तिमा प्रतिफल १.५८ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।