बीमा समितिको निर्णय कार्यान्वन नगर्न उच्च अदालतको अन्तरिम आदेश, विजय शाहले जिम्मेवारी सम्हाले
काठमाडौं, २ मंसिर । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाहलाई नियुक्त गर्ने कम्पनीको सञ्चालन समितिको निर्णय बदर गर्ने बीमा समितिको निर्णय कार्यान्वन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । कम्पनीले गत असोज १ गतेदेखि लागू हुनेगरी थप चार वर्षको लागि शाहलाई पुन प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको थियो । तर बीमा समितिले असोज ३० गते एनएलजी इन्स्योरेन्स कम्पनीलाई पत्र लेखेर बीमकको संस्थागत सुशासन निर्देशिका अनुसार शाहलाई पुनः नियुक्त गर्न नमिल्ने जनाउँदै कम्पनीको निर्णय उल्ट्याइ दिएको थियो । तर बीमा समितिको निर्णय कानुनी रुपमा गलत भएको भन्दै कम्पनीले न्यायको उच्च अदालतमा अपिल गरेको थियो । उच्च अदालतले बीमा समितिको निर्णय तत्काल लागू नगर्न नगराउने अन्तरिम आदेश दिएको उच्च अदालत स्रोतले बतायो । अदालतको अन्तरिम आदेशका आधारमा शाहले बुधबारदेखि कार्यालयमा हाजिर भई नियमित काम थालेका छन् । यो पनि पढ्नुहुोस् ः बीमा समितिमा प्रतिगमन, विजय शाहकाे नियुक्ती बदर, संस्थागत सुशासन निर्देशिकाको भूतलक्षित व्याख्या
यती डेभलपमेन्ट बैंकले लघु बित्त कर्जा लिनेकाे बीमा गर्ने, नेशनल लाईफ इन्स्योरेन्ससँग सम्झौता
काठमाडौं, २ मंसिर । यती डेभलपमेण्ट बैंकले बैंकबाट लघु बित्त कर्जा उपभोग गर्ने आफ्ना ऋणीहरुलाई “लघु अमृत जीवन बीमा” गरीदिन नेशनल लाईफ इन्स्योरेससँग सहकार्य गर्ने सम्झोतो गरेको छ । उक्त योजना अन्तर्गत ऋणीहरुलाई ५ हजार देखि ७ लाख रुपैयाँ सम्मको जोखिम बहन गर्नकोे लागि बीमा सेवा उपलब्ध गराईने छ । यदी कथंकदाचीत ऋणीको मृत्यु भएमा पुरा बिमाङ्क रकम ऋणीको हकवालाले प्राप्त गर्न सक्ने छन् । साथै मृतकको दाह संस्कार बापत बीमाङ्क रकमको १० प्रतिशत वा रु २५ हजार मध्ये जुन कम हुन्छ सो रकम बीमीतलाई भुक्तानी गरिने छ । दुर्घटनाको कारण स्थायी रुपमा पूर्ण अपाङ्गता भएमा अवस्था हेरी ५० प्रतिशत् देखि शत्प्रतिशतसम्म क्षति पुर्ति रकम बीमितलाई भुक्तान गरीने छ । बैंकबाट लघु बित्त कर्जा उपभोग गर्ने ऋणीहरु प्रत्यक्ष रुपमा “लघु अमृत जीवन बीमा” योजनाबाट लाभान्वित हुने बैंकले जनाएको छ ।
नेशनल लाइफ इन्स्योरेन्सले ३० प्रतिशत बाेनस सेयर र त्यसपछि १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै
काठमाडौं, ३० कात्तिक । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले करिव ३२ प्रतिशतल लाभांश प्रस्ताव गरेको छ । यस कम्पनीले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सञ्चाकल समितिले गरेको उक्त प्रस्ताव बीमा समितिले अनुमोदन गरेको कम्पनीले जनाएको छ । साथै नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत बोनस सेयर वितरणपछि १०० प्रतिशतका दरले हकप्रद सेयर निश्काशन गर्ने भएको छ । दुबै प्रस्तावलाई सेयरधनीबाट अनुमोदन गराउन कम्पनीले मंसिर २९ गते साधारण सभा बोलाउने निर्णय समेत गरेको छ ।