लक्ष्मी बैंकद्वारा ८.५ % बोनश शेयर दिने घोषणा
काठमाडौँ । लक्ष्मी बैंकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट ८.५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको संचालक समितिको पुस २५ गते बसेको बैठकले चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पछि साधारण सभाले पारित गरेपछि बोनश शेयर वितरण हुने बैंकले जनाएको छ ।
८.५ % बोनस शेयर वितरण गर्ने कुमारी बैंकको घोषणा
काठमाडौँ । कुमारी बैंक लिमिटेडले ८.५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट बोनस शेयर दिने घोषणा गरेको हो । चुत्तापूजी ७ अर्ब १६ करोड ३३ लाख ९४ हजार ९ सय ७३ रुपैयाँकोे ८.५ प्रतिशत अर्थात ६० करोड ८८ लाख ८८ हजार ५ सय ७३ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने सञ्चालक समितिले प्रस्ताव पारित गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति पछि साधारण सभाले पारित गरेपछि मात्र बोनश शेयर वितरण हुने कम्पनी सचिव नरेन्द्रप्रसाद छत्कुलीले जनाएका छन् ।
नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच सम्झौता
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीसँग प्रभु लाइफ इन्स्योरेन्सको पुनर्बीमा सम्झौता भएको छ । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न गर्ने भएको छ । उक्त व्यवस्थाले चालु आर्थिक वर्षको आरम्भ देखि नै पुनर्बीमा हुने र यसबाट दुवै कम्पनी लाभदायी हुने देखिएको छ ।