शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन
काठमाडौँ, नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ । बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्ने प्रयोजनाका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर पूरै समय खुला राखी नियमितरुपमा राजश्व बुझ्न आग्रह गरिएको हो । अर्थ मन्त्रालयलको आग्रह अनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिइएको हो । चालू आर्थिक वर्षको छ महीनाको राजश्व तिर्नका लागि पुस मसान्तसम्मको समायावधि रहन्छ । यस्तै, राजश्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडलाई समेत सदाजस्तै खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो । रासस
५ लाखको बीमासहित एभरेष्ट बैंकले ल्यायो दुई बचत योजना, कर्मचारी र रोजगारदाता दुवै लाभान्वित
काठमाडौं । एभरेष्ट बैंकले विभिन्न दुई वटा बचत योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकका लागी बीमा सुविधा प्रदान गर्ने उद्देश्यले ‘मातृभूमि बचत खाता’ र ‘कर्पोरेट स्यालरी खाता’ नामक दुई योजना सार्वजनिक गरेको हो । उक्त सेवाको लागि बैंकले द ओराइन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरी एमओयूमा हस्ताक्षर गरेको छ । लाजीम्पाटको केन्द्रीय कार्यलयमा भएको कार्यक्रममा ५ लाख रुपैयाँ बराबरको बीमा र अन्य सुविधा सहितको दुईवटा प्रोडक्ट लञ्च गरेको छ । बैंकले मातृभूमी बचत खातामा ‘विदेशको मिहेनतको कमाई, स्वदेशमै गरौँ सुनिश्चित बचत’ नारा सहित ५ लाखको बीमा र अन्य आकर्षक सुविधाको योजना ल्याएको छ । त्यस्तै, कर्पोरेट स्यालरी खातामा इन्सुरेन्स र अग्रिम स्यालरी सुविधा योजना ल्याएको छ । एभरेष्ट बैंकले आँफुले दुःख गरेर कमाएको पैँसालाई सुनिश्चित एवं राम्रो प्रतिफल प्रदान गर्ने लक्ष्यले मातृभूमी बचत खाता योजना ल्याएको हो । यस योजना मार्फत खातावालाहरुले ५ लाखसम्मको बीमा सुविधाको लाभ उठाउन सक्नेछन् । साथै कर्पोरेट खातावालाहरुले ५ लाख बीमा र अग्रिम स्यालरी सुविधाको लाभ लिन सक्नेछन् । यसबाट कर्मचारी र रोजगारदाता दुवै लाभान्वित हुने बैंकले जनाएकाे छ । एभरेष्ट बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बाह्य सन्जाल मार्फत बैंकिङ् सेवाहरु दिँदै आएको छ ।
आइएमईको दशैंमा बीस लाख योजनाको तेस्रो विजेता घोषणा, शिवुले पाए एक लाख
काठमाडौं । आइएमईको दशैंमाबीस लाख योजनाको तेस्रो विजेता घोषणा गरिएको छ । ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत अन्तिम महिनाको विजेताको रुपमा रिया मार्फत कतारबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही शिवु झागर घोषित भएका छन् । केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका सहायक प्रबन्धक श्यामकृष्ण खकुरेलले विजेता शिवुको सिफारिसमा उनको आफन्त कृष्ण गोपाल कुस्मालाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरु मध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई‘आइएमई पे’मार्फत रू.१ हजार को बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१०,००० नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रू.२० (बिस) लाख नगद प्रदान गर्ने गरि कार्यक्रमतय गरिएको थियो । १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले सेवा प्रदान गर्दै आएको छ ।