बचतकर्तालाई दिने ब्याज बढ्यो, बैंकहरुले गत बर्षभन्दा दोब्बर ब्याज दिएर निक्षेप तान्न थाले
बैंक तथा वित्तीय संस्थाहरुले तत्काल लगानी गर्न मिल्ने रकम (तरलता) अभाव हुन थालेपछि बचतकर्तालाई दिने ब्याज बढाउन थालेका छन् । रकम कम हुँदै गएपछि बैंकहरुले गत बर्षभन्दा झन्डै दोब्बर ब्याज दिएर निक्षेप तान्न थालेका हुन । दसैंअघि बैंक तथा वित्तीय संस्थाले एकवर्षे मुद्धती खातामा साढे ८ प्रतिशतसम्म ब्याज दिएका छन् । बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले सुरुमा मुद्धती र त्यसपछि बचतको पनि व्याज बढ्दै जो संकेत देखिएको शनिबारको कान्तिपुर दैनिकमा समाचार छापिएको छ । गत बर्षको असोजमा मुद्धतीको ब्याजदर ४ प्रतिसत हाराहारीमा झरेको थियो । केहीअघि नागरिक लगानी कोषले ठुलो रकम ८ प्रतिसत ब्याज पाउने गरी बाणिज्य बैंकमा राखेको छ ।
प्रभु इन्स्योरेन्सले १७ प्रतिशत लाभांश दिने, ५० प्रतिशत हकप्रद पनि
काठमाडौं, २१ असोज । प्रभु इन्स्योरेन्स लिमिटेडले १७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले कात्तिक १२ गते हुने २१ औं बार्षिक साधारण सभामा १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव अघि बढाएको हो । गत आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सले कमाएको नाफाबाट लगानी कर्तालाई सो मात्रामा बोनस सेयर दिन लागिएको हो । यसैबिच प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो पुँजी वृद्धि गरेर एक अर्ब पुर्याउने प्रस्ताव समेत सोही साधारण सभाबाट पारित गराउने भएको छ । पुँजी वृद्धिका लागि प्रभुले दुई कित्ता बराबर एक कित्ता अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । हाल प्रभु इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी ३२ करोड ९० लाख रुपैंयाँ रहेको छ ।
निक्षेप र कर्जाको ब्याजदर समान, निक्षेप र कर्जाको ब्याजदर समान देखिनु वित्तीय इतिहासकै लागि नयाँ प्रयोग
काठमाडौं १९, असोज । मुलुकको वित्तीय क्षेत्रमा यतिबेला संसारमा बिरलै हुने घटना भएको छ । निक्षेप र कर्जाको ब्याजदर झन्डै समान देखिएको घटना मुलुकको वित्तीय इतिहासका लागि दुर्लभ मानिन्छ । यो समाचार बुधबारको करोबारबाट दैनिकमा छापिएको छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता घट्दै गएपछि बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर बढाएर सात प्रतिशतसम्म पु¥याएका छन् । तर, ट्रस्ट रिसिप्टदेखि गाडी खरिदका लागि पाइने पनि बैंकहरूले सात प्रतिशत नै ब्याजदर लिइरहेका छन् । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेल अहिले मुद्दती निक्षेप र कर्जाका केही योजनामा ब्याजदर समान अवस्थामा रहेको बताउँछन् । “मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशतमा पनि नपाउने अवस्थामा पुगेको छ । तर, अटोदेखि ट्रस्ट रिसिप्ट तथा अल्पकालीन खालका कर्जा ७ प्रतिशत ब्याजदरमा गइरहेको छ,” एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पौडेलले भने । रेमिट्यान्स घटेको कारण साउनदेखि बैंकिङ प्रणालीमा निक्षेपको वृद्धिदर अघिल्लो वर्षजस्तो छैन । तर, कर्जाको माग भने बढी छ । मुद्दती निक्षेपमा नयाँ योजनासहित ब्याजदर बढाउन बैंकहरूले थाले पनि कर्जाको ब्याजदर भने तत्काल नबढ्ने बैकर्स संघका अध्यक्ष पौडेल बताउँछन् । साउनमा रेमिट्यान्स घटेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरिसकेको छ । जसका कारण शोधनान्तरसमेत दुई वर्षपछि घाटामा गएको छ । भदौदेखि रेमिट्यान्स रकम बढे पनि बैंकिङ क्षेत्रमा तरलताको अवस्थामा भने खासै परिवर्तन आउको छैन । जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल प्रतिस्पर्धाको कारण मुद्दती निक्षेपको ब्याजदर बढाउँदैमा तत्कालै कर्जाको ब्याजदर बढ्न नसक्ने बताउँछन् । “पुँजी वृद्धिसँगै बैंकहरूलाई व्यवसाय बढाउनका लागि चुनौतीपूर्ण छ,” लम्साल भन्छन् । उनले अधिक तरलता हट्दै गए पनि प्रतिस्पर्धाको कारण कर्जाको ब्याजदर बढाउन सक्ने अहिले सक्ने अवस्था नरहेको बताए । “निक्षेपको लागत बढ्ने तर, त्यो अनुपातमा कर्जाको ब्याजदर नबढेपछि कम मार्जिनमा काम गर्नुपर्ने अवस्था आउन सक्छ,” लम्सालले भने । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत संस्थागत निक्षेपको अनुपात ६० प्रतिशतबाट ५० प्रतिशतमा झार्न निर्देशन दिएको छ । जसको कारण बैंकहरूले व्यक्तिगततर्फको निक्षेप आकर्षित गर्न मुद्दती निक्षेपको ब्याजदर बढाउनुपर्ने दबाब छ ।