कैलाश विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । कैलाश विकास बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुले एकद्धार सेवा प्रणालीमार्फत निर्जिवनबीमा सेवा उपलब्ध गराउने उद्देश्यले शुक्रबार(आज) उक्त इन्स्योरेन्ससँग सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका सम्पूर्ण शाखामार्फत कैलाश विकास बैंकका ग्राहकहरुले बैंकका जुनसुकै शाखाबाट सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न र दावी भुक्तानी प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकले सम्पुर्ण प्रकारको निर्जिवन बीमा सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

जनता बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता, नयाँ शाखा सञ्चालनमा

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । बिहीबार सम्पन्न उक्त सम्झौतामा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा उक्त इन्स्योरेन्सको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले बुधबारदेखि गोरखाको सुलिकोट गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीयतहमा बैंक शाखा पुर्याउने नीतिअनुरुप कम्पनीले सो स्थानमा नयाँ शाखा खोलेको हो । उक्त शाखा बैंकको ९६औं शाखा हो ।

सगरमाथा इन्स्योरेन्सको एकैदिन थप ९ वटा शाखा सञ्चालनमा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले एकैदिन थप ९ वटा शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहीबार(आज)देखि ६ वटा शाखा तथा ३ वटा उपशाखा गरी सो मात्राको कार्यालयबाट ग्राहकलाई बीमा सुविधा दिने भएको छ । कम्पनीले आजबाट सिमरा लगायत सुनसरीको धरान, पोखराको लेखनाथ, रुपन्देहीको मनिग्राम, सल्यानको श्रीनगर र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको हो । त्यसैगरी कम्पनीले चितवनको टांढी, पाल्पाको तानसेन र रुकुमको मुसिकोटमा उपशाखा कार्यालयहरु एकसाथ संचालनमा ल्याएको हो । कम्पनीले बीमा सेवाको पहुँचलाई देशका ग्रामिण क्षेत्रसम्म पुर्याउने उद्देश्यका आफ्नो सेवालाई विस्तार गरेको हो । कम्पनीका सञ्चालक पद्म ज्योतितथा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रले बारा जिल्लाको सिमरास्थित नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याई निर्जिवन बीमा सेवाको क्षेत्रमा कम्पनीको व्यवसाय विस्तार गर्न कम्पनी सक्षम भएको जानकारी दिएका छन् ।