बीमा समितिमा फेरि पस्यो अख्तियार

काठमाडौं, २७ असोज । बीमा समितिमा पुन अख्तियार छिरेको छ । समिति उच्च ब्यवस्थापनले विगतमा गरेका तीन विषयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अख्तियारको अनुसन्धान टोलीले समितिका अध्यक्षसहित उच्च ब्यवस्थापनसँग गत साता बयान लिएको छ । समितिका पूर्व कार्यकारी निर्देशक विनोद अर्याललाई पदवाट हटाएको, अर्याल नै संचालक रहेको कम्पनीलाई शंकास्पद बीमा दाबी भुक्तानी दिइएको र समितिका विभिन्न कोषमा रहेको रकम कम ब्याज आउने कल एकाउन्टमा राखी समितिलाई हानी नोक्सानी पु¥याएको विषयमा अनुसन्धान थालिएको हो । ‘समितिका पूर्वकार्यकारी निर्देशकलाई गैरकानुनी रुपमा पदवाट हटाएको, अर्याल नै संचालक रहेको कम्पनीलाई गैरकानुनी रुपमा शंकास्पद तरिकाले बीमा दाबी भुक्तानी गरिएको र समितिको पैसा कम ब्याज आउने कल एकाउन्टमा राखी हानी नोक्सानी पु¥याएको विषयमा अनुसन्धान थालिएको हो, समितिका उच्च ब्यवस्थापन र सरोकारवाला ब्यक्तिहरुसँग गत साता बयान लिइएको छ,’ अख्तियार स्रोतले भन्यो । अख्तियारको अनुसन्धान टोलीले समितिका पूर्वअधिकारी शेखर अर्यालसँग पनि बयान लिइसकेको छ । उनी अर्यालकै कार्यकालमा समितिवाट वाहिरिहेका थिए । अख्तियारले सो विषयमा यसअघि पनि अनुसन्धान गर्दै फाइल थन्क्याउदै गरेको थियो । यसपटक भने अन्तिम टुंगो लगाउने गरी अनुसन्धान थालिएको अख्तियार स्रोतको भनाइ छ ।

अर्थमन्त्रीमा पौडेललाई रोक्न बामदेव र शंकर सक्रिय, ओली भने बनाउने पक्षमा

काठमाडौं, २७ असोज । एमाले उप महासचिव बिष्णु पौडेललाई अर्थमन्त्री बन्नबाट रोक्न बामदेव गौतम र शंकर पोखरेलहरुले कडा संघर्ष गरिरहेको तथ्य खुलेको छ । गौतम र पोखरेलकै सक्रियतामा सोमबार प्रधानमन्त्री केपी ओलीको अथक प्रयासका बाबजुद पौडेलले अर्थमन्त्रीको सपथ खान पाएनन् । आफुलाई पार्टी महाधिवेशनमा उप महासचिवमा हराउन मुख्य भूमिका खेलेको भन्दै शंकर पोखरेलले पौडलको बिरोध गरेको एमाले श्रोतले बतायो । श्रोतका अनुसार राधा ज्ञवालीलाई उर्जा मन्त्री बनाउन सिफारिस गरेका पौडेल र बामदेव गौतमबिच उर्जा मन्त्रालयकै कामकाजका शिलशिलामा मनमुटाब बडेको थियो । पौडेल र गौतमले एक अर्काका कारण उर्जा मन्त्री ज्ञवाली भ्रष्टाचार काण्डमा मुछिएको आरोप लगाउँदै आएको बताईन्छ । मन्त्री छान्ने बिषयमा ओलीसँग बसेको गुटको बैठकमा गौतमले पौडेलको खुलेर बिरोध गरेका थिए भने पोखरेलले पनि पौडेललाई पठाउन नहुने धारणा राखेका थिए । प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त हुने तयारीमा रहेका पोखरेलले पौडेललाई अर्थ मन्त्री बनाउँदा सरकार नैतिक संकटमा फस्ने टिप्पणी गरेको श्रोतले बतायो । पौडेलको औपचारिक अध्ययनको बिषयलाई लिएर ओली समुहमा उनीमाथी औलाँ ठड्याइएको छ । यद्यपी केपी ओली भने पौडेललाई कुनै हालतमा अर्थ मन्त्री बनाउने पक्षमा लागिपरेको श्रोतले बतायो । बरिष्ठ नेता माधव नेपाल समेत पौडेललाई अर्थ मन्त्री बनाउने कुराको बिरोध नगरेको श्रोतले बतायो । मंगलबार साँझ बसेको एमाले शिर्ष नेताहरुको अनौपचारिक बैठकले बरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष विद्या भण्डारीलाई मन्त्री छान्ने जिम्मा दिएको श्रोतले बतायो ।

झलनाथ, विद्या,  नेम्बाङ  र लालबाबु राष्ट्रपतिको दौडमा

काठमाडौं, २७ असोज । एमालेले राष्ट्रपति र एकिकृत माओवादीले सभामुख लिने सहमति भएसँगै एमालेमा राष्ट्रपतिको बहसले तिब्रता पाएको छ । मुलतः एमालेमा राष्ट्रपति बनाउने बिषयमा चार नेताको नाम अघि सारिएको छ । पुर्व प्रधानमन्त्री झलनाथ खनाल राष्ट्रपतिका स्वभाविक र पुराना दावेदार हुन् । उनलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नवौं महाधिवेशन अघि नै राष्ट्रपति बनाउने आश्वासन दिएको एमाले वृतमा चर्चा छ । राष्ट्रपति बन्न पाउने आशमै खनालले महाधिवेशनमा गोप्यरुपमा ओलीलाई सघाएका थिए । एमालेभित्र राष्ट्रपतिको अर्का दावेदार हुन निवर्तमान सभामुख सुभाषचन्द्र नेम्बाङ । नेम्बाङलाई राष्ट्रपति बनाउन केपी ओली पनि सकारात्मक नै छन् । तर नेम्बाङ क्रिस्चियन धर्मावलम्बी भएकाले राष्ट्रपति बनाउन केहि अप्ठेरो रहेको एमाले श्रोतले बतायो । पार्टी उपाध्यक्ष तथा मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति पदकी अर्की प्रतिष्पर्धी हुन् । प्रधानमन्त्री केपी ओली समेत उनलाई राष्ट्रपति बनाउने भित्रि खेलमा सामेल छन् । बरिष्ठ महिला नेतृ तथा मदन भण्डारी पत्नी भएकाले पनि उनलाई राष्ट्रपति बनाउन ओली र उनी निकटकाहरु दिलोज्यन दिएर लागिपरेका छन् । त्यसो त मुलुकको पहिलो महिला राष्ट्रपति बनाएर इतिहास लेख्ने अभियानमा समेत उनीहरु लागिपरेका छन् । राष्ट्रपतिको रेसमा सामेल भएका अर्का उम्मेदवार हुन निवर्तमान सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डित । डिभि, पिआर र ग्रीन कार्डधारी कर्मचारीलाई कारवाहीको बाटोमा ल्याएर वाहवाही कमाएका पण्डित मधेशी मुलका समेत हुन् । मधेशी जनताको सेन्टीमेन्ट र राष्ट्रवादी सोँचको जगमा पण्डितलाई राष्ट्रपति बनाउन माधव नेपाल समुह लागिपरेको छ ।