थप १४७७ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप १४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १४७७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार २७९८ जना निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । हाल नेपालमा ३५ हजार १२५ जना सक्रिय संक्रमित छन् । आज थप ६ जनाको मृत्यु भएसँगै मृतक संख्या १२२१ पुगेको छ ।
कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त
काठमाडौं । हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनले सामाजिक सन्जालमार्फत् आफु काेराेना संक्रमणमुक्त भएकाे जानकारी गराएका हुन् । ११ दिनको अस्पताल बसाइँपछि उनी घर फर्किएर आराम गरिरहेका छन् । ‘११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु, कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्,’ गजुरेलले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने उनले बताएका छन् ।
काेराेना संक्रमित डा.केसीकाे उपचार सरकारले व्यहाेर्ने, कस्ताे छ स्वास्थ्य अवस्था ?
काठमाडौँ । काेराेना संक्रमित डा. गाेविन्द केसीकाे उपचार सरकारले गर्ने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा सुधारका अभियान्ता डा. गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभाको कामना गर्दै उनकाे उपचार सरकारले नै गर्ने जनाएका हुन् । ओलीले आज एक ट्वीट गर्दै केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समेत प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्। डा. केसीको महाराजगञ्जस्थित शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ। उनकाे स्वास्थ्य अवस्था सामान्य नै रहेकाे बताइएकाे छ । कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु । — K P Sharma Oli (@kpsharmaoli) November 14, 2020