चार्टड एकाउन्टेन्टका छोराछोरीले कलेज अफ बिजनेस म्यानेजमेन्टमा निःशुल्क पढ्न पाउने
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघका छोराछोरीहरुले कलेज अफबिजनेस म्यानेजमेन्ट निःशुल्क पढ्न पाउने भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ र कलेज अफबिजनेस म्यानेजमेन्टका बिचमा सदस्य तथाउनीहरुको नजिकका नातेदारका छोराछोरीहरुलाई प्लस २ व्यवस्थापन संकायमा मासिक शुल्कमा सतप्रतिशत छात्रवृति दिनेगरी सम्झौता भएसँगै उनीहरुले निःशुल्क पढ्न पाउने भएका हुन् । सम्झौताका बारेमा जानकारी गराउँदै कलेजका प्रिन्सिपल सिए. सुमन न्यौपानेले कलेज डिल्लीबजारमा रहेको युवा चार्टर्ड एकाउन्टेन्टहरुको समुहद्वारा संचालनमा रहेको बताए । कलेजमा पाठ्यक्रमका अतिरिक्ति समसामयिक तथा प्राक्टिकल विधिबाट अध्यापन गराइदै आएको कलेजका प्रिन्सिपल सिए. न्यौपानेले बताए । साथै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ र बिज्हब आइटी सर्भिस प्रा.लि. (ICAN) को बिचमा समेत सम्झौताभएको छ । उक्त सम्झौतामा संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था(क्ष्ऋब्ल्) का सदस्य बनाउने लक्ष्यअनुसार बढीमा २० प्रतिशतसम्म छुट मिल्ने गरी सदस्यहरुले अनलाइनप्लेटफर्म मार्फत कक्षालिने व्यवस्था गरिएको छ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ वि.सं २०३५ सालमा स्थापनाभएको गैरनाफामूलक, गैरराज नैतिकतथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो । यसको मुख्य उद्धेश्य देशमा लेखा ब्यवसायको संरक्षण एवम् सम्र्वदन गरी सुब्यवस्थितएवम् सुचारु रुपले लेखाब्यबसाय संचालन गराउने तथा सदस्यहरुको सामूहिकहितको संरक्षण गर्नु हो । यसले गर्दा सम्पूर्ण संघका सदस्यहरुलाई अहिलेको कोभिडको महामारीमा पनि घरमै बसेर अनलाइन कक्षा लिन तथा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको सदस्यता लिन समेत टेवा पुग्ने विश्वास लिएको संघका उपाध्यक्ष रमेश धितालले बताएका छन् । संघले गरेको कोभिड सर्वेको प्रतिबेदन अनुसार चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुको हितका लागि संघले कार्यहरुगरिरहेको धितालले बताएका छन् । बैंक तथाबित्तिय संस्थाहरुसंग बिनाधितोमा प्रोफेश्नल कर्जा, बिशेष बैंकिङ्ग सेवाका लागि समेत सम्झौता भएको धितालले बताए ।
कोरोना संक्रमणको उच्च जोखिममा बैंकका कर्मचारीहरु
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थामा संक्रमणको दर बढ्न थालेको छ । धेरै मान्छेको भीडभाड हुने भएकाले बैंक तथा वित्तीय संस्था सम्भावित बढी जोखिमका क्षेत्र हुन् । हालसम्मको तथ्याङ्क अनुसार पछिल्लो समय सबैभन्दा बढी संक्रमण स्वाथ्यकर्मीमा देखिएकोछ । त्यसपछि बढी संक्रमण देखिनेमा बैंकरहरु रहेका छन् । अत्यावश्यक सेवा अन्तर्गत पर्ने र निषेधाज्ञाको समयमा पनि खुल्ने भएकाले पनि उनीहरुमा कोरोना संक्रमणको जोखिम रहेको र संक्रमणको दर पनि बढ्दै गएको हो । ग्राहकहरुको धेरै भीडभाड हुने र बैंकका कर्मचारीलाई नै संक्रमण देखिन थालेपछि पछिल्लो समय सर्वसाधारणमा त्रास फैलिँदै गएको छ । पहिले उपत्यका बाहिरका बैंकका कर्मचारीमा कोरोना संक्रमणको दर उच्च रहेको थियो भने हाल उपत्यका भित्रका बैंकका कर्मचारीहरुमा संक्रमणको जोखिम बढ्दै गएको छ । तनहुँको बन्दीपुरस्थित बैंकमा कार्यरत एकै घरका दुई बैंकर श्रीमान् श्रीमतीमा कोरोना संक्रमणको पुष्टि भएको छ । तनहुँमा गरिमा विकास बैंकमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैंकमा कार्यरत श्रीमानमा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैंकलाई एक हप्ताको लागि कार्यालय बन्द गर्न निर्देशन दिएको थियो । त्यस्तै, नवलपुरको प्रभु बैंक शाखाका एक कर्मचारी पनि कोरोनाबाट संक्रमित भएको थिए । सिद्धार्थ बैंकको पोखरा लेकसाइड शाखाका एक कर्मचारीमा संक्रमण देखिएर उक्त शाखा एक हप्तासम्मको लागि सिल गरिएको थियो । त्यस्तै, उक्त संक्रमित व्यक्तिकै एक परिवार जो तालचोकको राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी थिए, उनमा पनि संक्रमण पुष्टि भएको थियो । बर्दियाको गुलरिया र बाँसगढी नगरपालिका तथा बढैयाताल गाउँपालिका गरेर चार बैंकका ९ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ । गुलरियाको एक बैंकका २ जना, बाँसगढीको २ वटा बैंकमा १ र ५ जना तथा बढैयाताल गाउँपालिकाको एक बैंकमा १ जना कर्मचारी कोरोनाबाट संक्रमित भएका थिए । त्यस्तै, उपत्यका पनि विभिन्न बैंकका विभिन्न शाखाका कर्मचारीहरु कोरोनाबाट संक्रमित भएका छन् । थापाथलीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्राइम बैंकको केन्द्रीय कार्यालयमा कार्यरत करिब २० जना कर्मचारी पनि कोरोनाबाट संक्रमित भएका थिए । लुम्बिनी विकास बैंकको मुख्य कार्यालयमा पनि संक्रमण देखिएको छ । बैंकका डेपुटी सीईओ उमेश रेग्मीका अनुसार उक्त कार्यालयका सबै कर्मचारी आइसोलेसनमा रहेका छन् । त्यस्तै, बैंक अफ काठमाण्डूका ३ वटा शाखाका स्टाफलाई संक्रमण देखिएको छ । उता एभरेष्ट बैंकको मुख्य कार्यालयमा पनि संक्रमण देखिएको थियो । उक्त कार्यालयमा कार्यरत दुई कर्मचारीका संक्रमण पुष्टि भएसँगै बैंकले दुई दिनसम्म उक्त कार्यालय बन्द गरेको थियो । त्यस्तै, सनराइज बैंकको गोंगबु शाखाका १० जना कार्यरत कर्मचारी मध्ये ६ जना कर्मचारीमा कोभिड १९ पोजेटिभ देखिएको थियो । यी त केही उदाहरण मात्र हुन् । हालसम्म दर्जनौंभन्दा बढी बैंक तथा वित्तीय संस्थाका कर्मचारी कोरोनाबाट संक्रमित भइसेकेका छन् । हालसम्म कुन बैंकका कति कर्मचारीमा संक्रमण देखियो भन्ने तथ्याङ्क नरहेको नेपाल बैंकर्स संघका सीईओ अनिल शर्माले बताए । ‘तथ्याङ्क राख्ने कि भन्ने प्लान भइरहेको थियो । तर अहिलेसम्म राखिएको छैन । दिनका दिन चेञ्ज भइरहन्छ । डेल्ली रिर्पोटिङ साध्य नहुने भएर अपडेट राख्नै गाह्रो । त्यसैले राखेका छैनौं’, उनले विकासन्युसँग भने । यससँगै नेपाल राष्ट्र बैंकका कर्मचारीमा पनि संक्रमण भएको थियो । संक्रमण पुष्टि भएपछि बैंकले अत्यावश्यक कर्मचारीलाई मात्र कार्यालय बोलाएर अन्य कर्मचारीलाई घरबाटै काम गर्नेगरी कार्ययोजना बनाएको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि होम आइसोलेशनमा बसेका थिए । उनीसँग सम्पर्कमा आएका एक इञ्जिनियरमा कोरोना संक्रमण पुष्टि भएसँगै उनी स्वेच्छिक रूपमा आफूआइसोलेशनमा बसेका हुन् । कोरोना संक्रमणको दर बढेसँगै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई पनि आलोपालो प्रणालीमा कर्मचारी व्यवस्थापन गरी वित्तीय सेवा दिन र घरबाट काम गर्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । ‘कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रुपमा घर, अस्पताल वा होटलमा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने । संक्रमितको सम्पर्कमा आएका वा कन्ट्रयाक टे«सिङमा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटल क्वारेन्टिनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले बेहोर्नु पर्नेछ’ परिपत्रमा भनिएको थियो । दुई सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्ला र काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो गरी कार्यसम्पादन गराउन समेत निर्देशन दिएको थियो । राष्ट्र बैंकले अहिले डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन निर्देश गरेको थियो । इलाका बाहिर खटिएका कर्मचारी सस्थामा फर्कदा पीसीआर परीक्षण गराई रिपोर्ट नेगेटिभ आएमा मात्र कार्यालयमा आउने व्यवस्था बैंक तथा वित्तीय संस्थाले गर्नुपर्नेछ । बाँकी कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाले घरबाटै काम गर्ने व्यवस्था मिलाई सो अवधिको हाजिरी हुने व्यवस्था गर्दै पूरा तलब दिन निर्देश गराएको थियो । त्यसपछि बैंकर्स संघले पनि साधारण कामका लागि पनि बैंक नआई डिजिटल माध्यमलाई नै बढी प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको थियो । बैंकिङ कारोबार गर्नका लागि डिजिटल बैंकिङ्गको माध्यमबाट प्रायः जसो सबै प्रकारका दैनिक कारोबार गर्न सकिने हुनाले डिजिटल बैंकिङ्गसेवाको अझ बढी प्रयोग गर्नुपर्ने संघले बताउँदै आएको छ । यस्तै, डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राविधिक समस्या भएमा, पासवर्ड बिर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंकको शाखामा फोन मार्फत् सम्पर्क गर्न समेत संघले अनुरोध गरेको छ । ‘हामीले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड भित्रै बसेर काम गरिरहेका छौं । सरकारको प्रोटोकल हुन्छ । त्यसबाहेक हामीले ग्राहकसँग डिल गर्दा गर्नुपर्ने प्रोटोकल फलो गरेर काम गरिरहेका छौं । बाँकी इन्टर्नल गाइडलाइन्स तयार गरेका छौं । हाल त्यसरी नै काम गरिरहेका छौं’, संघका सीईओ शर्मा बताउँछन् ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा. रविन खड्का नियुक्त
काठमाडाैं । कर्णाली प्रदेशको सामाजिक विकाश मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा. रविन खड्का नियुक्त भएका छन्। प्रदेश सरकारले सोमबार डा. खड्कालाई निर्देशकको जिम्मेवारी दिएको हो। चिकित्सक संघका अध्यक्ष समेत रहेका उनी यसअघि भरतपुर अस्पताल र कर्णाली प्रादेशिक अस्पतालका निर्देशक समेत भइसकेका छन्। याेसँगैं यसअघि उक्त स्थानमा रहेकी डा. रिता जोशी भण्डारीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ।